Namaste Gorkha

Namaste Gorkha अब के दिन के रात - २४ सैँ घण्टा खबरहरूका साथ नमस्ते गोरखा

06/01/2026

अजिरकोट २, ओलाङ्ग गाउँमा यहीँ माघ २ र ३ गते बृहत खुवाई (भोज ) कार्यक्रम हुदैछ। सालैजो भाकाको बादशाह राजु गुरुङ, लोक दोहोरी गायिका जालुमाया गुरुङ लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुति हुदैछ।

03/01/2026

गोररखा महोत्सवमा मा रायनको प्रस्तुतिमा झुमे हजारौँ दर्शक

गोरखामा जारि १२ अौँ गोरखा महोत्सवमा मा गोरखा अजिरकोटका नव गायक रायन बस्यालले धमाका मच्चाएका छन्।गोरखाको भच्चेक लगायत पछिल्लो समयमा बजारमा आएको जुनु गित बाट हजारौँ दर्शक श्रोतालाई नचाएका थिए।

Rayan Bashyal MaanChhe

बुद्ध एयरकाे हवाईजहाज दुर्घटना : मिति २०८२।०९।१८ गते अन्दाजी राति ९:१० बजेको समयमा चन्द्रगढी एयरपोर्टमा काठमाण्डौबाट चन्...
02/01/2026

बुद्ध एयरकाे हवाईजहाज दुर्घटना :
मिति २०८२।०९।१८ गते अन्दाजी राति ९:१० बजेको समयमा चन्द्रगढी एयरपोर्टमा काठमाण्डौबाट चन्द्रगढी आईपुगेकाे ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको ATR 72 बुद्ध 901 एयरभद्रपुर एयरपोर्टमा ल्याणड गर्ने क्रममा फ्लाईट रन-वेको पूर्व तर्फ ओभर रन भई ३०० मिटर पूर्वपट्टि भासि क्षतिग्रस्त भएको छ । मानविय क्षती नभएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जहाज काठमाण्डाैबाट राति ८:२३ बजे चन्द्रगढीको लागि उडेको थियो ।

घट्यो पेट्रोल-डिजेलको मूल्य !नेपाल आयल निगमले प्रति लिटर पेट्रोलमा ४‌ रुपैयाँ, डिजेल/मट्‍टीतेलमा ५ रुपैयाँ र हवाई इन्धनम...
31/12/2025

घट्यो पेट्रोल-डिजेलको मूल्य !

नेपाल आयल निगमले प्रति लिटर पेट्रोलमा ४‌ रुपैयाँ, डिजेल/मट्‍टीतेलमा ५ रुपैयाँ र हवाई इन्धनमा ६ रुपैयाँले घटाएको छ भने एलपी ग्यासमा बिक्री मूल्य यथावत् राखेको छ ।

30/12/2025

बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसरमा मंगलबार तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक १ हजार जना भन्दा बढी सङ्ख्यामा सहभागी भएर बृहत् चुड्का नाच प्रदर्शन गर्दै।

https://www.facebook.com/share/1EgcdV4EYe/
29/12/2025

https://www.facebook.com/share/1EgcdV4EYe/

गाेरखा । प्रविधिमैत्री, पारदर्शी, विश्वसनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुल....

गोरखाको भच्चेकमा भेडाका बथान। चिसो बढेसँगै लेकका भेडा तल झारिएको छ।तस्बिर:- अजिरकोट खबर डट कम
28/12/2025

गोरखाको भच्चेकमा भेडाका बथान। चिसो बढेसँगै लेकका भेडा तल झारिएको छ।
तस्बिर:- अजिरकोट खबर डट कम

The Voice of Nepal Season 7 को ब्याटल राउन्ड पार गर्दै / सारा गोर्खालीको  Represend गर्दै अगाडी बढ्न सफल हुनुभएकोमा आयुष...
27/12/2025

The Voice of Nepal Season 7 को ब्याटल राउन्ड पार गर्दै / सारा गोर्खालीको Represend गर्दै अगाडी बढ्न सफल हुनुभएकोमा आयुष दर्नाललाई थप सफलताको शुभकामना !

23/12/2025

कतारमा सुनचाँदी पसल ठगी: ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार

कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएको आरोप लागेको छ ।पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका छन् । ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ ।गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै सञ्चालकहरूले लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् ।

आफूहरू ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित गोविन्द खड्काले जानकारी दिए । उजुरीअनुसार फरार भएका पसल सञ्चालक रौतहट जिल्ला जिंगडवा–९ निवासी मो. मोजाज आलम र मोहम्मद रैन रहेका छन् । दुवै जनाले करिब सात वर्षदेखि साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएको पीडितहरूले बताएका छन् । हाल कतार प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएका छन् । संघले नेपाली दूतावास कतार तथा कतारका सम्बन्धित ठगी तथा अपराधसम्बन्धी निकायसँग समन्वय गर्दै सहजीकरण गरिरहेको उनले बताए ।

साभार :- रातो पाटि

मध्यरातमा मिल्यो बालेन-रवि जोडी, एउटै गाडीको यात्राले पुरानाको 'सिन्डिकेट' तोड्ने!अब एक्लाएक्लै होइन, सँगै लड्ने ! काठमा...
23/12/2025

मध्यरातमा मिल्यो बालेन-रवि जोडी, एउटै गाडीको यात्राले पुरानाको 'सिन्डिकेट' तोड्ने!

अब एक्लाएक्लै होइन, सँगै लड्ने ! काठमाडौँ महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले मध्यरातमा दिएको यो सन्देशले नेपाली राजनीतिमा ठूलै हलचल मच्चाएको छ। दुनियाँ सुतिसक्दा बालेन शाह र रवि लामिछानेबीच भने बन्द कोठामा लामो संवाद चलिरहेको थियो। लामो छलफलपछि जब दुई नेता एउटै गाडीमा काठमाडौँको सडकमा निस्किए, तब प्रष्ट भयो— अब पुराना दलहरूको 'दिनगन्ती' सुरु भयो।

22/12/2025

गोरखा सेवा समाज कतारको कार्यक्रममा सुन्तला र स्याउ कसले छिटो खान सक्छ भनेर मनोरञ्जनात्मक खेल खेलाइएको थियो । जसमा महिलातर्फ सम्झना गुरुङ र पुरुषतर्फ बाबुराम महतले उक्त खेलको उपाधि जितेका थिए ।
जुन खेलमा सम्झना गुरूङले जिते पछिको खुसि भिडियोमा देख्न सकिन्छ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका पन्द्रुङ घर भएका फोटो पत्रकार नवीनबाबु गुरूङ सम्मानित भएका छन्।राष्ट्रिय फोटो पत्रकार ...
21/12/2025

गोरखाको बारपाक सुलिकोट गाउँपालिका पन्द्रुङ घर भएका फोटो पत्रकार नवीनबाबु गुरूङ सम्मानित भएका छन्।राष्ट्रिय फोटो पत्रकार समूहले २८ औं वार्षिक साधारण सभामा उनलाई सम्मान गरेको हो। उनी सेतोपाटी डटकममा कार्यरत छन्।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Gorkha:

Share