03/08/2026
गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा अविरल वर्षापछि आएको पहिरोले एक तीनतले पक्की घर पूर्ण रूपमा ध्वस्त भएको छ। घरभित्र रहेका ५८ वर्षीय टोखान महतो घाइते भएका छन्। उनको उद्धार गरी प्रादेशिक अस्पताल गोरखामा उपचारका लागि पठाइएको छ। घटनामा अर्को एक पक्की घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।