Saliha Islamic Girls School Gorkha Nepal

Saliha Islamic Girls School Gorkha Nepal Seeking knowledge is a duty upon every Muslim

30/10/2025

خيركم من تعلم القرآن و علمه

साँझ परेपछि पढिने दुआ
29/10/2025

साँझ परेपछि पढिने दुआ

29/10/2025

طلب العلم فريضة على كل مسلم
प्रतेक पुरुष तथा महिला मुस्लिमले ज्ञान सिक्न अनिवार्य छ।

29/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

कुनै वरदान पाएपछि "अल्हम्दुलिल्लाह" भन्नु वरदानभन्दा उत्तम हो!
29/10/2025

कुनै वरदान पाएपछि "अल्हम्दुलिल्लाह" भन्नु वरदानभन्दा उत्तम हो!

16/09/2025

समस्याहरूबाट मुक्तीको दुआ
हे अल्लाह!म पिर तथा चिन्ताबाट, आजित तथा आलस्यबाट, कायरता तथा कंजूसपनबाट, ऋणबाट र मानिसहरूको प्रभुत्वबाट तपाईंको शरण चाहन्छु।
(सहीह बुखारी: ६३६९)

19/06/2025

طَلَبُ الْعِلْمِ فَرِيْضَةٌ عَلٰى كُلِّ مُسْلِمٍ.
हरेक पुरुष तथा महिला मुस्लिमले शिक्षा आर्जन गर्न जरुरी छ।

18/06/2025
कुर्बानीको महत्वता एवम् श्रेष्ठता  #कुर्बानी (बलिदान) इस्लाम धर्मको एउटा अत्यन्तै महत्वपूर्ण उपासना हो । जुन हजरत इब्राह...
05/06/2025

कुर्बानीको महत्वता एवम् श्रेष्ठता #
कुर्बानी (बलिदान) इस्लाम धर्मको एउटा अत्यन्तै महत्वपूर्ण उपासना हो । जुन हजरत इब्राहीम अलैहिस्-सलामको सुन्नतको स्मरणमा हिज्री सम्वत् अनुसार बाह्रौं महिना अर्थात् जिहिज्जा महिनाको १० गते बिहान ईदुल्- अज्हाको नमाज पढेपछि बाट सुरु हुन्छ र १२ गते मग्रिबसम्म गरिन्छ। यस पवित्र महिनामा लाखौं मुस्लिमहरूले कुर्बानीको कर्तव्य पालना गर्दै अल्लाहका लागि लाखौं जनावरहरूको वध गर्छन्। बलिदानको कार्य सर्वशक्तिमान अल्लाहप्रति सेवकको प्रेम र स्नेहको अभिव्यक्ति हो। वास्तवमै भन्ने हो भने सर्वशक्तिमान अल्लाहको खुशी र प्रसन्नता प्राप्त गर्न सेवक स्वयंले आफ्नो जीवनको बलिदान दिनपर्ने थियो। तर यो सर्वशक्तिमान अल्लाहको कृपा हो कि उहाँले जनावरहरूको वधलाई नै यसको विकल्प बनाउनुभयो। र जसलाई सर्वशक्तिमान अल्लाहले आर्थिक रूपमा सम्पन्नता प्रदान गर्नुभयो त्यो व्यक्तिले बलिदान दिनुलाई आफ्नो महत्त्वपूर्ण धार्मिक कर्तव्य मान्दछ। र जो व्यक्ति आर्थिक रूपमा सम्पन्न हुँदाहुँदै पनि यो महान कार्यबाट वञ्चित रहन्छ भने त्यो अत्यन्तै दुर्भागी हो । अल्लाहको नाममा बलिदान दिने परम्परा हजरत आदम अलैहिस्-सलामदेखि नै चल्दै आएको छ। तसर्थ सर्वशक्तिमान अल्लाहले सूरतुल्-माइदामा हजरत आदम अलैहिस्-सलामका छोराहरू हाबिल र काबिल दुवैको कथा उल्लेख गर्नुभएको छ कि उनीहरू दुवैले अल्लाहलको नाममा बलिदान चढाएका थिए। हाबिलले एउटा राम्रो भेडाको बलिदान दिए र काबिलले केही कृषिजन्य उत्पादन अर्थात् अन्न चढाए। त्यस समयमा बलिदान स्वीकार भएको संकेत दिन आकाशबाट आगो आउँथ्यो र बलिदानलाई जलाएर भस्म पारिदिन्थ्यो। त्यसैले हाबिलको बलिदानलाई आगोले भस्म पारिदियो र काबिलको बलिदान त्यहीं रहिरह्यो। यसरी स्वीकृत हुनबाट वञ्चित हुन पुग्यो।
हजरत आदम अलैहिस्-सलामदेखि नै हरेक अनुयायीमा कुर्बानी दिने चलन चल्दै आएको पाइन्छ। यद्यपि यसको विधि र रूपमा भने केही भिन्नता छ। तिनैमध्ये बलिदानको एउटा भिन्न तथा महान रूप त्यो हो जुन सर्वशक्तिमान अल्लाहले आदरणीय सन्देष्टा मुहम्मदका उम्मत (अनुयायी) लाई ईदुल- अज्हाका दिनमा गरिने बलिदानको रूपमा प्रदान गर्नुभएको छ। जुन हजरत इब्राहीम अलैहिस्-सलामले दिनुभएको बलिदानको सम्झनामा मनाइन्छ। पवित्र हदीसहरूमा पैगम्बर (सन्देष्टा) सल्लल्लाहु अलैहि वसल्लमले बलिदानको महत्त्व र सद्गुणबारे उल्लेख गर्नुभएको छ। हजरत जैद बिन अरकम (रजि.) भन्नुहुन्छ: साहाबा रजियल्ला अन्हुमहरूले नबी (स.) संग सोधे "हे अल्लाहका रसूल! यी बलिदानहरू के हुन्? " उहाँ सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो: "यो तिमीहरूका बुबा हजरत इब्राहीमको सुन्नत (तरिका) हो।" साहाबाहरूले भने: "हे अल्लाहका रसूल! " यसोगर्दा हामीले के पाउछौँ त ?" उहाँ सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो, "हरेक रौंको साटोमा एउटा पुण्य मिल्नेछ । फेरि सोधेँ, अनि (भेडाको) ऊनमा ? उहाँ सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो: "त्यसको पनि प्रत्येक रौंको साटोमा एउटा पुण्य मिल्नेछ ।"
(इब्ने माजाह, किताबुल्-अजाही)
अर्को एउटा पवित्र हदीसमा छ कि पैगम्बर (सन्देष्टा) सल्लल्लाहु अलैहि सल्लमले आफ्नी प्यारी छोरी हजरत फातिमा रजियल्ला तआला अन्हालाई भन्नुभयो: हे फातिमा! उठ, र आफ्नो कुर्बानीको जनावर भएको ठाउँमा जाऊ र त्यसलाई लिएर आऊ, किनकी जब उसको रगतको पहिलो थोपा खस्छ तिम्रा विगतका पापहरू क्षमा हुनेछन्। उनले हरूले सोधिन्: "हे अल्लाहका रसूल! के यो उपहार हामी अहले बैतका लागि मात्र विशेष हो, कि हामी र सबै मुस्लिमहरूमा यो साझा छ ?" उहाँ सल्लल्लाहु अलैहि व सल्लमले जवाफ दिनुभयो: " यो हामी र सबै मुस्लिमहरूमा साझा छ।"
(अल-मुस्तद्रक, किताबुल्-अजाही)
एउटा अर्को हदीसमा पैगम्बर सल्लल्लाहु अलैहि सल्लमले भन्नुभएको छ: " यदि कसैले कुर्बानी गर्ने सामर्थ्य राख्दा राख्दै पनि कुर्बानी गर्दैन भने ऊ मेरो ईदगाह (ईदको नमाज पढ्ने स्थान) को नजिक पनि नआओस् ।
(सुनन्- इब्ने माजाह, किताबुल्-अजाही) हजरत अब्दुल्लाह बिन उमर रजि. द्वारा वर्णन गरिएको छ कि सन्देष्टा सल्लल्लाहु अलैहि व सल्लम मदिनामा दश वर्ष बस्नुभयो र उहाँले हरेक वर्ष कुर्बानी गर्नुभयो।
( तिर्मिजी)

महान सन्देष्टा सल्लल्लाहु अलैहि व सल्लमले वर्षेनी कुर्बानी गर्नु नै कुर्बानीको महत्त्व, सद्गुण र ताकेता के कति रहेछ भन्न पर्याप्त छ। आदरणीय अनस रजि. द्वारा वर्णन गरिएको छ कि पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमले कालो र सेतो रंगका ठूला सिङ भएका दुईवटा भेडाहरूको कुर्बानी गर्नुहुन्थ्यो र उहाँले आफ्नो खुट्टा तिनका घाँटी नजिकै राखेर आफ्नै पवित्र हातले तिनलाई हलाल्नुहुन्थ्यो।
(सहीह बुखारी)
कुर्बानीको कार्य कति महत्वपूर्ण रहेछ भन्ने कुराको अनुमान पवित्र सन्देष्टा सल्लल्लाहु अलैहि वसल्लमको यस कार्यबाट सहजै लगाउन सकिन्छ कि उहाँले आफ्नो अन्तिम हजको अवसरमा एक पटकमा सय ऊँटको कुर्बानी दिनुभयो। एउटा अन्य पवित्र हदीसमा उल्लेख छ कि सन्देष्टा सल्लल्लाहु अलैहि वसल्लमले स्वयं आफ्नै हातले सय ऊँटमध्ये तिरसट्ठी ओटा ऊँट हलाल गर्नुभयो र बाँकीलाई हजरत अली रजियल्ला तआला अन्हुलाई हलाल गर्ने आदेश दिनुभएको थियो।
(सहीह बुखारी)

Address

Raniban 8, Gorkha Bazar Dist: Gorkha
Gorkha
00000

Website

Alerts

Be the first to know and let us send you an email when Saliha Islamic Girls School Gorkha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saliha Islamic Girls School Gorkha Nepal:

Shortcuts

Share