Radio Gorkha 92.8 MHz

Radio Gorkha 92.8 MHz यो रेडियो गोरखाको आधिकारिक पेज हो । यो रेडियो गोरखाका आधिकारिक पेज हो ।

गोरखा नगरपालिकालाई पृथ्वी नारायण नगरपालिका घोषणा गर्न राप्रपा नेपाल गोरखाले माग गरेको छ । हिजो प्रमुख जिल्ला अधिकारी मार...
12/01/2024

गोरखा नगरपालिकालाई पृथ्वी नारायण नगरपालिका घोषणा गर्न राप्रपा नेपाल गोरखाले माग गरेको छ । हिजो प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा नेपालले गोरखा नगरपालिकालाई पुनः पृथ्वी नारायण नगरपालिका कायम गर्न माग गरेको हो ।

३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शुक्रवार बिहान ठुलोआँग...
12/01/2024

३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शुक्रवार बिहान ठुलोआँगन स्थित पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले एक कार्यक्रमका बीच शालिकमा माल्र्यापण गरेका हुन् । कार्यक्रमकै अवसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा राष्ट्र निर्माता सलामी समेत दिएका थिए ।
त्यस्तै दिवसको अवसरमा राप्रपा नेपाल जिल्ला कार्यसमिति गोरखाले पनि कार्यक्रम गरेको छ । गोरखा संग्रहालय परिसरभित्र भएको कार्यक्रममा राप्रपाका नेता एवं संघिय सांसद ज्ञानेन्द्र शाही, राप्रपाका जिल्ला अध्यक्ष भगवान मल्ल लगायतले मन्तव्य राखेका थिए ।

21/08/2023
सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ : गृहमन्त्रीगोरखा – उपप्रधान एवम् गृहमन...
18/08/2023

सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ : गृहमन्त्री
गोरखा – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शुरुवात गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ । गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेक आधारभूत अस्पतालको आज शुक्रवार उद्घाटन गर्दै उहाँले वर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभयो ।

‘कोही निर्दोष पस्ने काम हुँदैन’, उहाँले भन्नुभयो, ‘तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनेछ ।’ उहाँले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

‘मिटरब्याजी पीडित नागरिकलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जतिजति सुशासनको अभियान चल्दैछ र नागरिकको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षड्यन्त्र गरिरहेका छन् ।’ उहाँले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरूले राम्रोसँग बुझेको बताउनुभयो ।

सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्’, उहाँले भन्नुभयो, ‘यो नियम नै हो, यस कारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो, तिनका संरक्षक सलबलायो, सरकारलाई अप्ठेरो पार्‍यो भनेर तै चुप मै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ ।’

गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी नागरिकले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रूपान्तरण गर्न चाहेको बताउनुभयो । ‘अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौँ भनेर अनुभूति गर्न पाओस्’, उहाँले भन्नुभयो, ‘भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहान्छौँ ।’

उहाँले सङ्घीय सरकारले देशको सामाजिक र आर्थिक क्षेत्रको रूपान्तरणका लागि सुशासन र समृद्धिको अभियानलाई केन्द्रविन्दु राखेर अघि बढेको बताउनुभयो । ‘सरकार सबै खालका अपराधमाथि नियन्त्रण गर्दै र त्यसमा संलग्न दोषीलाई कानुनको कठघरामा ल्याउने र कारबाही गर्ने प्रक्रियामा अघि बढिरहेको छ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘दोषीलाई कारबाही गर्दा अब त पुग्यो भनेर विश्राम लिने पक्षमा छैनौँ, नेपालमा सुशासन स्थापित गर्न र नागरिकलाई विकासको प्रतिफल दिनका लागि हामी निरन्तर दृढतापूर्वक अगाडि बढ्नेछौँ ।’

गृहमन्त्री श्रेष्ठले मन्त्रीलाई धम्की दिएर, घेराबन्दीमा राखेर गलत प्रवृत्ति बोकेका कसैको पनि सपना पूरा हुन नदिने बताउनुभयो । ‘मन्त्रीलाई काम गर्न नदिएर, सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ’, उहाँले भन्नुभयो, ‘हामी पदका लागि पदमा गएका होइनौँ, देश र नागरिकका निम्ति काम गर्न गएका हौँ’, जुन दिनसम्म पदमा बस्छौँ, देश र नागरिकका निम्ति समर्पित भएर काम गर्छौँ । यो अभियान विर्सजन गर्दैनौँ, यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’

राहदानीको बायोमेट्रिक विवरण संकलनको काम सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यसअघि कार्यालयले बिहान ६ देखि साँझ ६ बजेसम्म  ...
21/07/2023

राहदानीको बायोमेट्रिक विवरण संकलनको काम सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यसअघि कार्यालयले बिहान ६ देखि साँझ ६ बजेसम्म सेवा दिदै आएको थियो । सेवाग्राहीको चाप घटेसँगै सेवा प्रवाहको समय अब कार्यालय बिहान १० देखि साँझ पाँचबजेसम्म मात्र हुने भएको छ ।

गोरखा नगरपालिका–७ सतिपिपलको एक घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल(एक पारदर्शक ढुंगा) गोरखा दरवार परिसरमा गोप्य ...
21/07/2023

गोरखा नगरपालिका–७ सतिपिपलको एक घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल(एक पारदर्शक ढुंगा) गोरखा दरवार परिसरमा गोप्य रुपमा राखिदिन माग गरिएको छ । गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अलौकिक सम्पत्तिको रक्षाको लागि यथाशीघ्र निर्णय गरिदिन माग समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ कलश आयल स्टोर्स गोरखाले आर्थिक सहयोग गरेको छ ।स्टोर्सका संचालक शित्तलक...
21/07/2023

नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ कलश आयल स्टोर्स गोरखाले आर्थिक सहयोग गरेको छ ।

स्टोर्सका संचालक शित्तलकाजी मास्केले बिहिवार पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टालाई एक लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गोरखा नगरपालिका स्विस टुरिजम अवार्ड २०२३ का लागि छनौट भएको छ । देशभरिबाट उत्कृष्टमा छनौट भएका स्थानीय तहले स्विजरल्याण्ड...
16/07/2023

गोरखा नगरपालिका स्विस टुरिजम अवार्ड २०२३ का लागि छनौट भएको छ । देशभरिबाट उत्कृष्टमा छनौट भएका स्थानीय तहले स्विजरल्याण्डमा नोभेम्बर ३ देखि ५ सम्म स्विस टुरिजम अवार्ड प्राप्त गर्नेछ ।

गोरखा पर्यटनको सम्भावना युक्त क्षेत्र भएकाले टुरिजम अवार्डका लागि छनौट भएको नगरप्रमुख कृष्ण रानाले बताएका छन् । गोरखा नगरपालिकाको पर्यटन विकासका निम्ति र पर्यटन सम्बन्धी पुर्वाधारहरु निर्माण भइरहेकाले गोरखा नगरपालिका छनौटमा पर्न सफल भएको उनले बताए ।

15/07/2023

गोरखाको पहिलो सामुदायिक रेडियो, रेडियो गोरखा ९२.८ मेगाहर्ज बाट संचालन हुने गोरखा डायरी सुन्न नभुल्नु होला ।
समाचार प्रस्तोता: प्रतीक्षा आले Radio Gorkha 92.8 MHz

मुख्य खबरहरु:
गण्डकी पालिकाभित्र राजश्व छली, चोरी/निकासी रोक्न र शान्ति सुरक्षा कायम गर्नका लागि तीस ठाउँमा सिसि क्यामेराबाट निगरानी सुरु

बच्चा वार्डलाई व्यवस्थित गर्नका लागि मुटु फाउन्डेशनद्वारा गोरखा अस्पताललाई ४ लाख बढीको स्वास्थ्य सामग्री वितरण /भक्तजन तथा पर्यटकको सुरक्षाका लागि मनकामना इलाका प्रहरी कार्यालयलाई (क) वर्गमा स्तरउन्नति गरिने

अजिरकोट गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८०को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न / नागरिकहरुको गुनासो र सुझाव संलकन

र गोरखा नगरपालिका १० विरेन्चोकको रत्न राज्य माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न

बृक्षारोपणमा युवाको चासो तथा भुमिका बढ्दै ।
15/07/2023

बृक्षारोपणमा युवाको चासो तथा भुमिका बढ्दै ।

गोरखा नगरपालिकाका भित्रका सम्पुर्ण वडाहरु तथा गोरखा नगरपालिकाको कार्यालय अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ३१ गते बन्द ...
14/07/2023

गोरखा नगरपालिकाका भित्रका सम्पुर्ण वडाहरु तथा गोरखा नगरपालिकाको कार्यालय अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ३१ गते बन्द हुने सूचना !

14/07/2023
गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ३ जना पक्राउ परेका छन् ।बुधबार करिब ४:४५ बजेको समयमा गोरखा...
13/07/2023

गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ३ जना पक्राउ परेका छन् ।

बुधबार करिब ४:४५ बजेको समयमा गोरखा सदरमुकाम स्थित गोरखा न.पा. वडा नं.६ हस्पिटल चोकमा भिमसेन थापा गा.पा. वडा नं.६ अश्राङ बस्ने २० बर्षका प्रेम राना मगर, गोरखा न.पा. वडा नं.३ नारेश्वर बस्ने २९ बर्षका सन्तोष थापा र गोरखा न.पा. वडा नं.८ आर्युवेदिक चोक बस्ने २७ बर्षका शिशिर रानाले मादक पदार्थ सेवन गरी डिउटीमा खटिएका प्रहरीहरुलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज दुर्व्यवहार गर्नुका साथै सार्वजनिक सडकखण्डमा हो-हल्ला गरी अशान्ति फैलाई डिउटीमा बाधा अवरोध पुर्‍याएको भन्दै पक्राउ गरेको थियो ।

साथै पक्राउ परेका ब्यक्तीहरुलाइ स्वास्थ्य परीक्षणको लागि गोरखा अस्पताल पुर्याउदा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुको अगाडि अपशब्द बोली, वचन गरी दुव्र्यवहार तथा अशान्ति मच्चाएको थियो ।

ऊनीहरुलाई स्वास्थ्य परीक्षण पश्चात गोरखा प्रहरी कार्यालय गोरखाको प्रहरी नियन्त्रणमा कक्षमा ल्याउदा पनि प्रहरी नियन्त्रण कक्षमा डिउटीमा खटिएका महिला प्रहरी कर्मचारीलाई समेत अपशब्द बोली दुर्व्यवहार गरेको हुँदा उनिहरु विरुद्ध आज बिहिवार सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

13/07/2023

गोरखाको पहिलो सामुदायिक रेडियो, रेडियो गोरखा ९२.८ मेगाहर्ज बाट संचालन हुने गोरखा डायरी सुन्न नभुल्नु होला ।
समाचार प्रस्तोता: प्रतीक्षा आले / मेलिना बराम

Address

Maidan
Gorkha
+977

Alerts

Be the first to know and let us send you an email when Radio Gorkha 92.8 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Gorkha 92.8 MHz:

Share

1st community radio of Gorkha.

यो रेडियो गोरखाका आधिकारिक पेज हो ।