Hello Sotang

Hello Sotang सूचना, समाचार, आशा र ज्ञान
Hello Sotang हाम्रो अभियान ।

लक्ष्मी मातालाई आफ्नो घरमा स्वागत गर्न शिवटार बजार क्षेत्रका विभिन्न घरहरूमा बनाइएका रङ्गोलीहरू❤️     📷️: प्रमोद राई
20/10/2025

लक्ष्मी मातालाई आफ्नो घरमा स्वागत गर्न शिवटार बजार क्षेत्रका विभिन्न घरहरूमा बनाइएका रङ्गोलीहरू❤️

📷️: प्रमोद राई

लक्ष्मीपूजाको सन्ध्यामा देखिएको शिवटार बजार ❤️     📷️: प्रमोद राई
20/10/2025

लक्ष्मीपूजाको सन्ध्यामा देखिएको शिवटार बजार ❤️

📷️: प्रमोद राई

सम्पत्तिको देवी मानिने लक्ष्मी माताले सबैको घरमा बास गरुन् ।लक्ष्मी पूजा २०८२ को शुभकामना!!!
20/10/2025

सम्पत्तिको देवी मानिने लक्ष्मी माताले सबैको घरमा बास गरुन् ।
लक्ष्मी पूजा २०८२ को शुभकामना!!!

कुकुर तिहारको शुभकामना!!!हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचीन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभए...
20/10/2025

कुकुर तिहारको शुभकामना!!!
हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचीन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

देउसी कसरी भट्याउने, थाहा छ तपाईलाई ?
19/10/2025

देउसी कसरी भट्याउने, थाहा छ तपाईलाई ?

लिखुपिके गाउँपालिकाद्वारा आयोजित भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ सोलुखुम्बुबाट प्रतिनिधित्व गर्दै सोताङका ५ खेलाडी ...
19/10/2025

लिखुपिके गाउँपालिकाद्वारा आयोजित भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ सोलुखुम्बुबाट प्रतिनिधित्व गर्दै सोताङका ५ खेलाडी हरू क्रमश: सञ्जय बस्नेत, पवन बस्नेत, केशव कट्वाल, भोजविक्रम बस्नेत र मोहन बस्नेत उनीहरू सम्मिलित टीम फाइनलमा पुगेको छ भने फाइनलमा लिखुपिके २ गोलीसँग खेल रहेको छ । उक्त टोलीमा राष्ट्रिय खेलाडी दुर्गा बहादुर खड्काका साथै कोशी प्रदेशका खेलाडीहरू क्रमश: रोमन बस्नेत, मनोज घिमिरे र विष्णु बस्नेत समेत रहेका छन । खेल भोलि हुँदैछ र खेलको प्रत्यक्ष प्रशारण शिखरपाटी फेसबुक पेजमार्फत हुनेछ ।

श्री रविना आजाद जे भि ले निर्माण सम्पन्न गरि १५ शैयाको सोताङ प्राथमिक अस्पताल आज सोताङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ ...
19/10/2025

श्री रविना आजाद जे भि ले निर्माण सम्पन्न गरि १५ शैयाको सोताङ प्राथमिक अस्पताल आज सोताङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

 #काग_तिहारको_शुभकामना !!!काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपा...
19/10/2025

#काग_तिहारको_शुभकामना !!!
काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ। यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

असीम राईको आर्थिक सहयोग र सोताङ गापा माओवादी केन्द्रको सक्रियतामा हुलु पञ्चकन्या कालिका देवीस्थान नजिकै सहिद धुर्व बस्ने...
19/10/2025

असीम राईको आर्थिक सहयोग र सोताङ गापा माओवादी केन्द्रको सक्रियतामा हुलु पञ्चकन्या कालिका देवीस्थान नजिकै सहिद धुर्व बस्नेतको सम्झनामा धर्मशाला निर्माण कार्य सम्पन्न भएको छ ।

📷️: धनकुमार विक

तिहार नजिकिए सँगै ढकमक्क फुलेको सयपत्री फूल ❤️
18/10/2025

तिहार नजिकिए सँगै ढकमक्क फुलेको सयपत्री फूल ❤️

राष्ट्रिय प्रशासरण लाइनको विद्युत् अवरुद्ध हुने सम्बन्धि सूचना!!!
17/10/2025

राष्ट्रिय प्रशासरण लाइनको विद्युत् अवरुद्ध हुने सम्बन्धि सूचना!!!

असोज ३० गतेबाट हराइरहेका सेते वीर राई भेटिए, परिवारसँग सम्पर्क गरि जिम्मा लगाईदै
17/10/2025

असोज ३० गतेबाट हराइरहेका सेते वीर राई भेटिए, परिवारसँग सम्पर्क गरि जिम्मा लगाईदै

Address

Sotang
Gudel
56004

Alerts

Be the first to know and let us send you an email when Hello Sotang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Sotang:

Share