Geruwa Express

Geruwa Express National News Paper of Bardiya

20/11/2021
एसपी सरूवा
20/11/2021

एसपी सरूवा

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुव...
15/11/2021

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो |

४ किलो २१.४९ ग्राम सुन पक्राउआज २०७८।०५।१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट स्थित काठम...
03/09/2021

४ किलो २१.४९ ग्राम सुन पक्राउ
आज २०७८।०५।१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट स्थित काठमाण्डौ बाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं SHA 433 नं को प्लेनबाट १४:०० बजेको समयमा नेपलगंज आएका जिल्ला झापा खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ लेटाङ गा.वि.स.वडा नं २ बस्ने वर्ष २८ को बुद्दीमान खाती लाई अं.१५:०० बजेको समयमा नेपालगंज विमास्थलको आगमन कक्ष वाहिर पट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी निजहरुलाई रोकी सोधपुछ तथा तलासी गर्दा अमिल लगुन विश्वकर्माले लगाएको दाँया /वाँया जुत्तामा रहेको सुन जस्तो देखिने २/२ विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया /वाँया जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १/१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको सुनको जस्तो देखिने तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी बरामद गरेको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

पक्राउ ब्यक्तिहरुको विवरण :-
नामथर : अमिर लगुन विश्वर्कमा
उमेर : २६ वर्ष
ठेगाना : जिल्ला झापा खादुनावारी गा.बि.स वडा नं. ६

नामथर : बुद्धिमान खाती
उमेर : २६ वर्ष
ठेगाना : जिल्ला मोरङ लेटाङ गा.वि.स.वडा नं २

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षक बढुवाको सिफारिसमा पर्न सफल ९८
23/07/2021

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षक बढुवाको सिफारिसमा पर्न सफल ९८

नेपाल प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस
22/07/2021

नेपाल प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस

संरक्षित रेडपाण्डाको छाला, भालुको पित्त सहित ३ जना पक्राउमिति २०७८।०३।२६ गते साँझको समयमा जिल्ला बाँके नेपालगंज उप-महानग...
11/07/2021

संरक्षित रेडपाण्डाको छाला, भालुको पित्त सहित ३ जना पक्राउ
मिति २०७८।०३।२६ गते साँझको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १ पुष्पलाल चोक स्थित रहेको राप्ती गेष्ट हाउस भित्र संरक्षित वन्यजन्तुका अंगको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ बाट खटिएको अनुसन्धान समुह तथा यस जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको संयुक्त प्रहरी टोलीले रातको अं.०८:४० बजेको समयमा उक्त राप्ती गेष्ट हाउसमा तलासी लिने क्रममा सो होटलको भुईतलामा रहेको कोठा नं.१० मा रहेका जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.४ वस्ने वर्ष ४९ को भक्त बहादुर पुन, ऐ.ऐ. वर्ष ४१ को केशव पुन र ऐ. शान्तीनगर गा.पा. वडा १ वस्ने वर्ष २९ को रोबिन बुढा लाई फेला पारी निजहरुको तलासी लिदा निजहरु वसेको खाट माथी रहेको SWISS GEAR लेखेको कालो झोला भित्र सेतो कपडा भित्र रहेको संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानी मुनी प्लाष्टिक भित्र रहेको चार (४) वटा भालुको पित्त जस्तो देखिने वस्तु फेला पारी बरामद गरेको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको ।

प्रहरी सहायक निरीक्षककाे लिखित परीक्षाकाे नतिजा प्रकाशित
08/07/2021

प्रहरी सहायक निरीक्षककाे लिखित परीक्षाकाे नतिजा प्रकाशित

अटोमेटिक पेस्तोल सहित मानिस पक्राउजिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१९ फुटाह स्थित हातहतियार सहित शंकास्पद मा...
07/07/2021

अटोमेटिक पेस्तोल सहित मानिस पक्राउ

जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१९ फुटाह स्थित हातहतियार सहित शंकास्पद मानिस हिडिरहेको भन्ने सूचनाको आधारमा आज मिति २०७८।०३।२३ गते अं.१४:३० बजेको समयमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ घर भई हाल ऐ.वडा नं.२१ पुरैना वस्ने वर्ष ३१ को अजिज अहमद शेषले चलाई रहेको निलो रंगको जेन्स एटलस साईकल पुरैना बाट राँझा तर्फ जादै गरेको अवस्थामा निजलाई रोकि चेकजाँच गर्दा निजको साथबाट अटोमेटिक पेस्तोल थान १ फेला पारी बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

भन्सार छलि ल्याईएका पंखा बरामदमिति २०७८।०३।२२ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला बाँके ने.ग.उ.म.न.पा.१० ट्राफिक चोक स्...
06/07/2021

भन्सार छलि ल्याईएका पंखा बरामद

मिति २०७८।०३।२२ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला बाँके ने.ग.उ.म.न.पा.१० ट्राफिक चोक स्थित जिल्ला बझाङ बुङ्गल न.पा. ३ बस्ने बर्ष ३४ को जसमन धामिले चलाई ल्याएको पेट्रोल अटोलाई रोकी चेकजँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याईएका ३० थान सानो पंखा र ४० थान ठुलो गरी जम्मा ७० थान अन्दाजि मुल्य ८०,०००।–(असि हजार) बराबरको पंखा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले निजलाई अटो सहित रित पुर्बक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बाँके नेपालगंजमा पठाईएको ।

अबैध भन्सार छलिको समान बरामद********************************मिति २०७८।०३।१९ गते दिउसोको समयमा ने.ग.उ.म.न.पा. ७ स्थित अबै...
03/07/2021

अबैध भन्सार छलिको समान बरामद
********************************
मिति २०७८।०३।१९ गते दिउसोको समयमा ने.ग.उ.म.न.पा. ७ स्थित अबैध भन्सार छलिको सामान राखेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालबाट खटिएको प्रहरी टोलिले ने.ग.उ.म.न.पा. १५ जमुनाह बस्ने बर्ष ३२ को मोनु कवडियाले ने.ग.उ.म.न.पा. ७ एम.पि. स्कुल नजिक अरबिन्द पछाईको घरमा कोठा भाडामा लिई बस्दै आएकोमा निज मोनु कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न मोटरसाईकल तथा गाडीका पाठपुर्जा, कपडा, छाता लगायत अन्दाजि मुल्य रु.८,००,०००।–(आठ लाख) बराबरको सामान राखेको अवस्थामा फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाउने तयारी भईरहेको ।

एआईजीको दरबन्दीमा डीआईजी सहकुल थापाको नाम सिफारिस
28/06/2021

एआईजीको दरबन्दीमा डीआईजी सहकुल थापाको नाम सिफारिस

Address

Gulariya

Alerts

Be the first to know and let us send you an email when Geruwa Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share