22/06/2025
२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिट प्राप्त गर्दै बहुमत ल्यायो, एमालेले ६९ सिटमा जित हासिल गर्दै दोस्रो भयो भने बाबुराम भट्टराईले नेतृत्व गरेको जनमोर्चाले ९ सिट ल्याउदै तेस्रो बन्यो बाँकी दुइटा राप्रपाको ४ सिट, विभिन्न पार्टीले १० सिटमा र स्वतन्त्रले ३ सिटमा जित हासिल गर्यो । बहुमत सिट जितेको कांग्रेसले सरकार बनायो भने बाँकी बलियो प्रतिपक्षी बने र सभामुख दमननाथ ढुंगानालाई बनाइयो । सरकार बनेको दिनदेखि नै सदनमा महाकालीको कुरा उठ्न थाल्यो, भारतले पञ्चायत ढाल्नको लागि सहयोग गर्नुको मुख्य सर्त नै महाकाली सम्झौता थियो भने मदन भण्डारीले राजा स्वीकार गर्नुको मुख्य उदेश्य नै प्रत्यक्ष रुपमा वैदेशिक हस्तक्षेप नहोस भनेर थियो । महाकाली सम्झौता विरुद्ध मदन भण्डारीले ससक्त रुपमा संसदमा आवाज उठाउन थाले, कांग्रेसले पेलेरै जाने निति लिएको थियो, त्यही अनुरुप कांग्रेस अगाडी बढ्यो, मदन भण्डारीको नेतृत्वमा संसद अवरुद्ध भयो, कांग्रेसले पेलेर अगाडी बढ्यो सभामुख दमननाथ ढुंगाना कांग्रेसको कठपुतली झै बने संसद अवरुद्धको बाबजुद संसदलाई चल्न दिइराखे..... संसदको यो रुप देखेर राजा बिरेन्द्रले सभामुख ढुंगानालाई दरबार बोलाएर सोधे दमननाथ संसदमा भएको चै के हो ? दमननाथले बेलिबिस्तार लगाए ! फेरि राजाले सोधे ! अनि तिमी सम्पुर्ण संसदको सभामुख कि कांग्रेसको मात्रै सभामुख हौ ? यदि कांग्रेसको मात्रै हो भने भोलि नै राजिनामा देउ, संसदमा यस्तो लफडा म चाहन्न ! प्रतिपक्षीहरु पनि जनताबाट निर्वाचित जनप्रतिनिधिहरु नै हुन्, उनिहरुले पनि देश र जनता कै पक्षमा आवाज उठाएका होलान्, तिम्ले समन्वयकारी भुमिका खेल्नुपर्ने हो कि सत्ता पक्षको आडमा प्रतिपक्षीलाई पेलेर जानुपर्ने हो ?? सक्छौ मिलाउ सक्दैनौ सभामुखबाट राजिनामा देउ.... राजाले यति भनिसकेपछी भोलिपल्टै कांग्रेस महाकाली सम्झौताबाट पछाडी हट्यो, संसद आरामले सूचारु भयो...... हिजो पो राजा थिए र कहि गलत जस्तो लाग्यो भने औंला ठड्याउथे अहिले त राष्ट्रपति कांग्रेसको कलो घिचेको मान्छे, सभामुख एमालेको कलो घिचेको मान्छे.... सरकार कांग्रेस र एमालेको ! अनि सुन्ने कसले, सम्झाउने कसले..... हाक्थु तेरो गणतन्त्र । Written by : अरुण नेपाली लुइँटेल