11/12/2025
🌿 जीवनका आवश्यक आधारहरू 🌿
जसरी पखेटा बिना चराले उड्न सक्दैन,
त्यसरी नै पानी बिना माछाले बाँच्नै सक्दैन।
यी दुबै प्राणीहरू आफ्नो जीवनको आधारबाट कहिल्यै अलग हुन सक्दैनन्।
किनकि उनीहरूको अस्तित्व नै ती आधारहरूमै टिकेको हुन्छ।
हामी मनुष्य पनि यस्तै हौँ—
हाम्रो शरीर त खाना-पानीले बाँच्ला,
तर आत्मा भने येशू बिना बाँच्न सक्दैन,
मुक्ति पाउन सक्दैन,
शान्ति पाउन सक्दैन।
बाइबलले स्पष्ट भन्छ:
“बाटो, सत्य र जीवन म नै हुँ।
मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”
— येशू ख्रीष्ट
यस वचनले हामीलाई झस्काउँकि
जसरी चरालाई पंख र आकाश आवश्यक छ,
जसरी माछालाई पानी आवश्यक छ,
त्यसरी नै हाम्रो आत्मालाई उद्धारका लागि येशू ख्रीष्टको आवश्यक छ।
जब हामी उहाँको नजिक आउँछौँ,
हाम्रो जीवनमा नयाँ प्रकाश आउँछ।
अन्धकार हट्छ।
चिन्ता शान्तिमा बदलिन्छ।
दुःख आशामा बदलिन्छ।
र ह्रदयले साँचो विश्राम पाउँछ।
आजको दिन,
यदि तपाईं आफ्नो आत्मा थाकेको, खोइरिएको वा दिशाहीन महसुस गर्नुहुन्छ भने ..येशूको नजिक आउनुहोस्।
उहाँ नै जीवनको मूल स्रोत,
सत्यको एक मात्र बाटो
र अनन्त जीवन प्रदान गर्ने मुक्तिदाता हुनुहुन्छ।
हल्लेलूयाह येशू बिना आत्मा अधूरो छ।
उहाँसँगै हुँदा मात्र हामी पूर्ण बन्छौँ।
आमेन 🙇 पर्मेश्वले तपाईहरु सबैलाई आशिष दिउन जयमसीह 🙏
#येशूबाटमुक्ति #ख्रीष्टप्रेम #आत्मिकजागरण #जीवनकोसत्य #यीशूमात्रबाटमुक्ति #ख्रीष्टमार्ग #येशूप्रेम