Nepal Red Cross Society Gulmi District

Nepal Red Cross Society Gulmi District Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Red Cross Society Gulmi District, News & Media Website, Gulmi Tamghas.

27/08/2026

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी न.....

नेपाल रेडक्रस साेसाइटी गुल्मी जिल्ला शाखाकाे आयाेजना  तथा हस्तिचाैर उपशाखा इस्मा गाउँपालिकाकाे आतिथ्यतामा १३औ  गुल्मी जि...
15/06/2026

नेपाल रेडक्रस साेसाइटी गुल्मी जिल्ला शाखाकाे आयाेजना तथा हस्तिचाैर उपशाखा इस्मा गाउँपालिकाकाे आतिथ्यतामा १३औ गुल्मी जिल्ला स्तरीय उपशाखा गाेष्ठी सफलतापुर्वक सम्पन्न भएकाे छ । गाेष्ठीमा उपस्थित हुनुहुने ईश्मा गाउपालिका अध्यक्ष , उपाध्यक्ष , वडाअध्यक्षहरु, जिल्ला कार्यसमिति पदाधिकारीहरु, जनप्रतिनिधिहरु र गुल्मी जिल्लाका २४ वटै उपशाखाका सभापति तथा प्रतिनिधिहरु, पालिका शाखा तदर्थ समिति सयाेजकहरुकाे सहभागितामा सम्पन्न भएकाे छ । २ दिन सम्म चलेकाे गाेष्ठिमा रेडक्रस अभियान, अन्तराष्ट्रिय, नेपाल रेडक्रस, गुल्मी जिल्ला शाखा सम्बन्धि प्रस्तुति, उपशाखाका भुमिका समस्या सम्भाव्यता र उपायहरु, जुनियर तथा युवा रेडक्रस परिचालन र अभिलेखिकरणमा उपशाखाहरुकाे भुमिका, मानवीय सेवा, विपद् राहत व्यवस्थापन मा उपशाखाकाे भुमिका, आर्थिक श्रोत व्यवस्थापन तथा परिचालन आदि लगायतकाे विषयमा प्रस्तुति र छलफल भएकाे थियाे ।साथै २ दिन सम्म अहाेरात्र खटेर गाेष्ठि सफल पार्न खाना, बास र अन्य सम्पूर्ण कार्यक्रम ब्यबस्थापन गर्नुहुने हस्तीचाैर उपशाखा परिवार, हिमालय मा.वि.का संरक्षक, शिक्षक नायक, साथै विद्यालय परिवार, सामाजिक व्यक्तित्वहरु, रेडक्रस कर्मीहरु, इस्मा गाउपालिका परिवार लाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । साथै आगामी कार्यक्रमहरुमा यहाँहरुको यस्तै उत्कृष्ट सक्रियता सहित सहयोगको अपेक्षा गर्दछौं ।
कार्यक्रम मिति :२०८३-०२-३० र ३१
स्थान : हस्तिचाैर उपशाखा इस्मा गाउँपालिका गुल्मी
जय रेडक्रस !
जय मानवता !!

नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखा अन्तर्गत  जुनियर तथा युवा रेडक्रस सर्कलहरुसँग सम्बन्धित ३९ औं जिल्ला स्तरीय गोष...
08/06/2026

नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखा अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरुसँग सम्बन्धित ३९ औं जिल्ला स्तरीय गोष्ठी रुरुक्षेत्र गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालय, जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा सम्पन्न भएको छ। उक्त गोष्ठी सम्पन्न गर्न विद्यालय स्तर, उपशाखा स्तर, पालिका स्तरका सम्पूर्ण चरणहरू पार गर्दै गोष्ठी सफल बनाउन निरन्तर खटिरहनु भएका सम्पूर्ण जुनियर तथा युवा सर्कलहरु, अभिभावक ज्यूहरु, शिक्षक नायक तथा सह शिक्षक नायक मित्रहरू, विद्यालयका संरक्षकज्यूहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरु, सम्पूर्ण उपशाखा तथा उपशाखा स्तरीय जुनियर तथा युवा समितिहरू, जुनियर तथा युवा सर्कल पालिका समन्वय समितिहरू,पालिका शाखा तदर्थ समितिहरू, शिक्षा शाखा, सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, जिल्ला शाखा कार्य समिति तथा सम्पूर्ण फोकल पर्सन ज्यूहरु, रुरुक्षेत्र गाउँपालिका, जनज्योति माध्यमिक विद्यालय, रिमुवाका वि.व्य.स., संरक्षक, शिक्षक नायक, सम्पूर्ण विद्यालय परिवार, सामाजिक व्यक्तित्वहरु सहित रेडक्रस कर्मी र रेडक्रस प्रेमी ज्यूहरुमा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस समिति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं साथै आगामी कार्यक्रमहरुमा यहाँहरुको यस्तै उत्कृष्ट सक्रियता सहित सहयोगको अपेक्षा गर्दछौं।जय रेडक्रस जय मानवता।
कार्यक्रम मिति :२०८३-०२-२४
स्थान : जनज्योति मा.वि रुरुक्षेत्र गा. पा. रिमुवा, गुल्मी
गाेष्ठीका फाेटाहरु👇️

३९ औ जिल्ला स्तरिय गाेष्ठि सम्बन्धमा
04/06/2026

३९ औ जिल्ला स्तरिय गाेष्ठि सम्बन्धमा

आज मे ८ विश्व रेडक्रस दिवस । हरेक वर्ष रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर मनाइँदै आइएको विश्व रे...
08/05/2026

आज मे ८ विश्व रेडक्रस दिवस । हरेक वर्ष रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर मनाइँदै आइएको विश्व रेडक्रस दिवस यस वर्ष विश्वभर मानवताको लागि एकबद्ध होऔँ United in Humanity भन्ने नाराका साथ दिवस मनाईदैछ ।

नेपाल रेडक्रस सोसाइटीको सदस्यता शुल्क सम्बन्धि जानकारी
12/03/2026

नेपाल रेडक्रस सोसाइटीको सदस्यता शुल्क सम्बन्धि जानकारी

Address

Gulmi Tamghas

Telephone

+97779520163

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society Gulmi District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Red Cross Society Gulmi District:

Shortcuts

Share