Hari Pathak chhetri/हरी पाठक क्षेत्री

Hari Pathak chhetri/हरी पाठक क्षेत्री Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hari Pathak chhetri/हरी पाठक क्षेत्री, Digital creator, Gulmi Tamghas.

11/06/2025

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

-म फर्किएको मान्छे

त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।
तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।

मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।

मैले किन अमेरिका रोजेँ?

म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।

म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।

मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।

यात्रा: आँधीभन्दा तिव्र र थकित

जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।

अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने।
नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।"

फर्किनुको पीडा

न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।

पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ ।

तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।

समाजको निर्ममता

फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!"

साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!"
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।

मेरो सपना, मेरो भविष्य :

म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।

यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।

फेरि सुरु गर्न सजिलो हुँदैन:

आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।

तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?

यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ। र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।

मेरो विन्ती:
तपाईंहरूसँग एउटै अनुरोध छ - फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।

तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।

अन्तिम शब्द:

म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिँएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ - जुन अब आफ्नो देशमै केही गर्नेछ।

रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।

कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु -फेरि एउटा सपना बोकेर।
यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर।

सुबास शर्मा - दाङ

25/05/2025

जब पत्रकारले बिल गेट्सलाई सोधे, "तपाईंभन्दा धनी व्यक्ति यस संसारमा कोही छन्?"

बिल गेट्सले मुस्कुराउँदै एक प्रेरणादायक घटना सुनाए:

*"एक पटक म एक एयरपोर्टमा थिएँ। त्यहाँ मैले एउटा पत्रिका खरिद गर्न खोजेँ, तर मेरो साथमा सटिक पैसा थिएन। त्यसबेला एउटा सानो केटा, जो पत्रिका बेचिरहेको थियो, उसले भने, 'तपाईंले लिनुहोस्, यो म तपाईंलाई उपहार दिन्छु।' म धेरै प्रभावित भएँ, तर मैले अस्वीकृत गरें। केटाले फेरि जिद्दी गर्दै भन्यो, 'मैले मेरो नाफाबाट दिइरहेको छु, तपाईंले लिन सक्नुहुन्छ।'
धेरै वर्षपछि, म त्यो केटालाई खोज्न गएँ र पाएँ कि ऊ अब सफल व्यवसायी भइसकेको छ। मैले उसलाई सोधेँ, 'तिमीलाई याद छ, तिमीले एक पटक मलाई पत्रिका उपहार दिएको थियौ?'
ऊ हाँस्यो र भन्यो, 'हो, मलाई याद छ।'
मैले भनें, 'आज म तिमीलाई त्यसको बदलामा के दिन सक्छु?'
त्यसपछि त्यो केटाले भने, 'सर, तपाईं जति धनी हुन सक्नुहुन्छ, तर तपाईं मेरो जस्तो उदारता दिन सक्नुहुन्न। किनभने मैले जब तपाईंलाई त्यो पत्रिका दिएको थिएँ, त्यो मेरो सम्पूर्ण कमाइबाट दिएको थिएँ। तर तपाईंको सम्पूर्ण सम्पत्तिबाट पनि तपाईंले त्यस्तो उदारता देखाउन सक्नुहुन्न।'
त्यो दिन म महसुस गरेँ कि साँचो धनी व्यक्ति त्यो हो, जसले अरूलाई निस्वार्थ रूपमा दिन सक्छ।"*
"साँचो धनी म होइन, त्यो केटा हो!" – बिल गेट्स .
#सामाजिकसञ्जाल

19/04/2025

जागिर कि ब्यबसाय ?
चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले भनेका छन्, "बाँदरको अगाडि केरा र पैसा राख्नुभयो भने, बाँदरहरूले केरा रोज्छन् किनभने बाँदरहरूलाई पैसाले धेरै केरा किन्न सकिन्छ भन्ने थाहा हुँदैन।"

वास्तवमा, यदि तपाइँ मानिसहरूलाई जागिर र व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने, उनीहरूले जागिर रोज्नेछन्, किनभने धेरै मानिसहरूलाई थाहा छैन कि एउटा व्यवसायले तलब भन्दा बढी पैसा कमाउन सक्छ।

गरिबहरू गरिब हुनुको एउटा कारण यो पनि हो कि गरिबहरूले लगानी गरेर व्यावसाय गर्ने हिम्मत गर्न सक्दैनन्।

हाम्रो शिक्षा पद्धति पनि जागिरमुखी छ, हामीलाई स्कूलमा के सिकाइन्छ भने, आफ्नै लागि काम गर्नुको सट्टा तलबको लागि अरुको काम गर्नु पर्छ।

तर यथार्थ के हो भने तलब भन्दा व्यवसायले दिने नाफा कैयौं गुणा धेरै हुनसक्छ, तर जबसम्म ग्यारेन्टी हुनसक्दैन तबसम्म हामी त्यो जोखिम मोल्न नै डराउछौ ।

भूषण दहालले एउटा अन्तरवार्तामा भनेका थिए, 'जागिर खाएर क्यपिटल फर्मेसन हुँदैन भन्ने बुझ्न मलाई ३० वर्ष लाग्यो ।'

हो, जागिरले बाँच्न सिकाउछ तर बढ्न होइन, जागिरले पैसा कामाउन सक्नुहुनेछ तर सम्पती होइन, जागिर तपाईंको लागि मात्र हो तर व्यवसायलाई तपाईंले छोडेको स्थानबाट तपाईंको सन्ततीले सुरु गर्न सक्छन्, यो भनेको सन्तानको भागको पनि संघर्ष तपाईं आफैले गरिदिनु हो ।

यसैले जागिरमुखी होइन, उद्यमशील हुन सुरु गर्नुहोस् ।

  for Riverland UAE 🙏❤️🥰
16/03/2025

for Riverland UAE 🙏❤️🥰

सम्माननीय प्रधानमन्त्रीज्यू,तपाईं सुन्नुहुन्न,तपाईलाई सुन्ने फुर्सद पनि छैन।यति ब्यस्त हुनुहुन्छ अन्तर्वार्ता दिन र अन्य...
19/02/2025

सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईं सुन्नुहुन्न,तपाईलाई सुन्ने फुर्सद पनि छैन।यति ब्यस्त हुनुहुन्छ अन्तर्वार्ता दिन र अन्य सामाजिक सन्जालकर्मीहरुसङ्ग।अन्तर्वार्तामा पनि गज्जब प्रश्नको सामना गर्नुभएको छ- जेल जाँदा खुसी या दुख कस्तो लाग्यो?सायद तपाईं र तपाईजस्ता नेताले सुन्न र जवाफ दिन चाहेको प्रश्न यहि हो।
हिम्मत छ भने हाम्रा र हामीजस्ता मान्छेको प्रश्नको जवाफ दिनुस् ।हुन त किसानको पीडासहितको बिचौलियाको बिल र ब्याबहारको विवरण पठाउँदा त तपाईं,तपाईको सचीवालय अनि सरकारले मज्जा मानेर बस्यो,अनि के आशा गर्नु?तर पनि तपाईं मैले र मजस्ता जनताले तिरेको करबाट तलब सुबिधा लिनुहुन्छ। यहाँसम्म कि तपाईं सुत्ने खाट र तपाईको औषधी पनि हाम्रो पैसाबाट आउने हो। तसर्थ,प्रश्नको जवाफ तपाइले दिनैपर्छ।
आज भारतमा हाम्री छोरी प्रकृति लम्सालमाथी जे भएको छ,त्यसपछिको घटना हाम्रा बालबालिकाले जे भोगिरहेका छन् ,यस बिसयमा तपाईको जवाफ चाहिएको छ।जतिबेला यो घटना सतहमा आयो- तपाईं त्यतिबेला लुम्बिनी प्रदेश सभामा बाकावीरको कथा भन्दै हुनुहुन्थ्यो( बाकावीर प्रती मेरो अगाध सम्मान छ)। दाङ्गमा गएर तपाईको महासचिवलाई हराउने दङ्गाली जनतालाई खिसिटिउरी गर्दै हुनुहुन्थ्यो प्रधानमन्त्री ज्यू।
खासमा एउटा बाउका रुपमा म चाहन्थेँ त्यतिबेला तपाइले प्रकृतिका बाबुआमा परिवारसङ्ग कुराकानी गर्नुपर्थ्यो। प्रकृतिका अभिभावक उनका आमाबाबु हुन् ,आमाबाबुका अभिभावक तपाईं । अनि आफै या परराष्ट्र मन्त्री मार्फत KIIT लाई भारतीय सरकार मार्फत हाम्रा छोराछोरीको सुरक्षाको ग्यारेन्टीका लागि भन्नुपर्थ्यो ।तर तपाईं र तपाईंको सरकार विमान दुर्घटना पछिको कार्यदल र आयोग जस्तो छ।
अनि तपाईले सुन्नुभो ,कलेजका पदाधिकारीले हाम्रा छोराछोरीलाई कसरी धम्काए?तपाईं भन्नुहोला- हामीले बिदेश पढ्न पठाको हो र? आफ्नै रहरले त गएका हुन्?तपाईं र तपाईजस्ता राजनीतिक दल र नेताकै कारण आज हाम्रा छोराछोरी हाम्रा काखमा छैनन् ।
कलेजमा पठनपाठन होइन,गुन्डागर्दी गर्न कसले सिकायो?कलेजको बिद्ध्यार्थीको आवरणमा बर्दीको पुलिस कुट्न कसले उक्सायो?त्यस्ता पात्र र प्रवृतिको संरक्षण कसले गर्यो?अनि १२ कक्षा पास हैन पढ्न थाल्दा नै बालबालिका कुन देश जाने भनेर किन सोच्दैनन् ?
प्रधानमन्त्रीज्यू,यतिबेला म तपाईलाई आरोप लगाएर तपाईको ओठे जवाफको प्रतीक्षामा छैन। तपाईलाई जोश चल्यो भने ब्यक्तिगत तहमै जवाफ फर्काउनुहुन्छ।हिजो प्रभु साहले बिदेशी कामदारको प्रसङ्ग सोध्दा म म्यानपावरको एजेण्ट हो र भन्नुभो। आज मैले बिदेश जाने विद्यार्थीको सुरक्षाको कुरा गर्दा म शैक्षिक परामर्शदाता हो र भन्नुहोला?मलाई तपाईको बिरोधी,आलोचक जे भनेपनी हुन्छ तर मेरो बिन्ती छ प्रधानमन्त्रीज्यू,तपाई त्यस्तो पात्र हो जसले मोदीसङ्ग क्यानडाका टुडो झैँ कुरा गर्न सक्छ। तपाईको जन्म दिनमा मोदी केक काट्छन्, तपाई उनको जन्म दिनमा ताली बजाउनुहुन्छ अनि तपाईले नै दाबी गर्या हैन सी र मोदीको वार्ता गराउन सक्छु भनेर।
प्रधानमन्त्रीज्यू,नेपाल र नेपाली जनतामाथी कलेज पदाधिकारीले घोर बेइज्जत गरेका छन् । उनीहरु कलेजका ब्यबस्थापक होइनन् बाउन्सर हुन् या गुण्डा । एउटी प्रकृति हत्या या आत्महत्याबाट मरिन् । अरु भारतका विभिन्न कलेजमा पढेका या पढिरहेका प्रकृतिहरु जिउँदै बारम्बार मरिरहेका छन् । उनीहरुलाई भन्दिनुस न प्रधानमन्त्रीज्यू- तिमीहरु ढुक्कले पढ्नु म छु ।
प्रधानमन्त्रीज्यू,ती कलेज पदाधिकारीले बोलेका बिसय कुटनैतिक मर्यादाका बिसय हुन्। नेपाललाई आफ्नो प्रान्त ठान्ने या हिमालयसम्म आफ्नो सीमा मान्ने भारतीय मानसिकताको डिग्रीका सर्टिफिकेटधारी हुन् तिनीहरु। उनीहरुको सरकार मार्फत् भन्न जरुरी छ नेपाल गरिब छ तर तिम्रो कलेजमा नेपाली सित्ते पढेका होइनन् । आज नेपालका विभिन्न मेडिकल कलेजमा भारतीय बिद्द्यार्थी पढ्छन् । उनीहरुप्रती हाम्रो प्रेम र माया नेपाली छोराछोरी जस्तै छ,हुनुपर्छ। अझ मेडिकल काउन्सिल त रकम बढाउने लोभमा उनीहरुको संख्या थप्दै छ। यस्तो बेला हाम्रा छोराछोरीहरु भारत या बिकसित मुलुकमा हर दिन गरिब देशका नागरिक भएर हेपिनुपर्ने हो?तिम्रो देशको GDP भन्दा हाम्रो कलेजको बजेट धेरै छ भनेर के भन्न खोजेको भनेर सोध्ने कि नसोध्ने प्रधानमन्त्रीज्यू?
त्यस्ता पदाधिकारीलाई कार्बाही भएको र ढुक्कले पढ्न या देश बिदेश जान पाउने कि नपाउने?न देशमा चैन भयो न बिदेशमा बेचैनीबाट छुट्कारा?नेपाली जाने कहाँ होला?
मर्ने कसैलाई रहर हुँदैन
मान्छे नमर्ने शहर हुँदैन ।
for prakriti.
प्रेषक,
प्रकृति लम्सालजस्तै छोरीको पिता
राजेन्द्र बानियाँ✍️
साभार: दैनिकी

16/02/2025

माईकिदेविथान मन्दिर निर्माण कार्य चलिरहेको छ ।
episode -2
#जयभगवतीमाईकिदेविथान 💐🙏

10/02/2025

मन्दिर निर्माणको कामले गति लिँदै.....❤️🙏💐
मठमन्दिर हाम्रा संस्कृति परम्परा धार्मिक आस्थाको धरोहर एबम् साझा सम्पत्ती हुन् । हाम्रा भावी पुस्तालाई पनि प्रेरणा मिल्ने यस एतिहासिक पवित्रकर्ममा हातेमालो गरेर जिर्णोद्वार माईकिथान् मन्दिर निर्माणमा जुटौंँ भन्ने यो पवित्र अभियानमा गाउँसमाजबाट आर्थिक , सामाजिक सँगै भौतिकरुपमा श्रमदानमा अहोरात्र खटनुहुने समस्त अग्रज सम्मानित व्यक्तित्व बुवा आमा दाजुभाइ दिदीबहिनी एबम् टाढा टाढादेखि मनसँग मन जोडेर सहयोग हौसला माया गर्नुहुने शुभेच्छुक शुभचिन्तक सहयोगी मनहरुमा धेरै धेरै धन्यवाद एबम् नमन् छ ।
💌मुसीकोट नगरपालिका १ , चैनडाँडा गुल्मी Hari Pathak chhetri/हरी पाठक क्षेत्री

04/02/2025

पन देखाउन नजिक बन्ने हो मन देखाउन होइन यसरी त आफ्नो र पराई एउटै दर्ज हुन्छन् ।

मेरो जन्म गाउँको ड्रोनबाट कैद दृश्य😍 Hari Pathak Chhetry Harry Hari Pathak chhetri/हरी पाठक क्षेत्री

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइ...
03/02/2025

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘बसन्त पञ्चमी’ श्रीपञ्ची पनि भनिन्छ। पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ।आज सरस्वती पूजालाई बढी महत्व दिइन्छ ।
#साभार_विभिन्न_लेखबाट

२०८१ को एसईइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अन...
14/01/2025

२०८१ को एसईइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईइ परीक्षा चैत पहिलोहप्तादेखि सुरु हुने भएको हो ।

Address

Gulmi Tamghas

Telephone

+9779867028772

Website

Alerts

Be the first to know and let us send you an email when Hari Pathak chhetri/हरी पाठक क्षेत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hari Pathak chhetri/हरी पाठक क्षेत्री:

Share