01/07/2025
** सम्पूर्णमा अनुरोध - विशेष गरी अहिले मेरो विरोधमा उत्रिनु भएका साथीहरूमा **
पहिले सुरु पुरै पोडकास्ट नसुनीकन हचुवाको आधारमा धारणा नबनाउनु होला र अरूले तोडमोड गरेर नुबुझिकन भनेको कुरा नसुन्नुस्, मैले बोलेको नै सुन्नुहोला। मैले स्पष्ट रूपमा भनेको छु - म कुनै तन्त्रको अन्धोवादी होइन - नेपाल (राजतन्त्र र गणतन्त्र)मा जन्मे राजतन्त्रको (बेलायत) देशमा पढे र कम्युनिस्ट (चिन) देशमा गएर काम गरे।
मेरो कुरा के हो भने - घर भूकम्पले भत्कायो अब भूकम्पलाई गाली गरेर नबसौँ। जे भयो भयो। फेरि घर बनाउने हो भने त्यसलाई कसरी भूकम्प प्रतिरोधात्मक बनाउने, सजावट कसरी गर्ने, भाडा कति सम्म उठाउन सकिन्छ, भूगोल र माटो कस्तो छ भनी परीक्षण गरी विस्तृत लगानी कति लाग्ने हो, समय कति लाग्ने हो -सबै योजना बनाएर निर्णय गर्नुपर्छ। यस राजतन्त्रको लागि पनि कम्तीमा ५ वर्ष लाग्छ र २००-४०० जनाको दिमाग लगाउनु पर्छ। प्रकृतिले हामीलाई सोच्न सक्ने क्षमता दिएको छ अब नसोचीकन योजना नबनाई हचुवाको तालमा घर भत्कियो भनेर जस्ताको त्यस्तै घर उठाउने हो भने ५-१० वर्ष भित्रै तपाइ हामीलाई फेरि अर्को भुकम्प गएर त्यही घरले थिचेर ज्यान जान सक्छ ।
हाम्रा अधिकांश आन्दोलन भावना बगेर भएका छन् । अब यसो नगरौँ। सोचौँ, विस्तृत योजना बनाऊ।८४ मा सुशासन लगायतको मुद्दा लिएर जाऔँ, काँग्रेस एमाले मावोवादिको भाँडो पुरै डिटोल लगाएर सफा गरौँ, एकले अर्काको खुट्टा तान्ने काम नगरौँ। यति भन्दा आपत्ति कहाँनिर छ ? अझै पनि बुझ्नुभएन भने भन्नुहोला।