Samyantra Media & Culture

Samyantra Media & Culture Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samyantra Media & Culture, Media/News Company, Biratnagar, Haraincha.

२० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न
28/09/2025

२० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न

विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भए.....

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न
23/09/2025

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न

वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सुन्दरह.....

सुकुना क्याम्पसकी प्रभा थापा भइन् बीबीएमा नेपाल प्रथम  बीबीए को पाँचौं सेमेस्टरको नतिजामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा उ...
22/09/2025

सुकुना क्याम्पसकी प्रभा थापा भइन् बीबीएमा नेपाल प्रथम
बीबीए को पाँचौं सेमेस्टरको नतिजामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा उत्पादन गर्दै आएको सुकुना बहुमुखी क्याम्पसकी छात्रा प्रभा थापा नेपाल प्रथम बन्न सफल भएकी छन्।
हालै प्रकाशित नतिजामा प्रभा ४ जीपिए ल्याएर नेपालकै प्रथम भएकी हुन् ।
सुकुना बहुमुखी क्याम्पस हाल सुन्दरहरैँचाको मात्र नभई समग्र देशकै शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
नतिजामा अर्चना रिजाल ३.९९ जीपीए ल्याएर नेपाल दोस्रो भएकी छिन् भने योवी गुरुङ, स्मृति बस्नेत र प्रकृति लुइटेलले ३.९८ जीपिए ल्याउन सफल भएका छन् ।

20/09/2025

बेलबारीले एकैपटक चारजना सामाजिक ब्यक्तिहरु गुमाएको छ । असोज २ गते अर्थात बिहीबार साँझ लगभग एकै समयमा बेलबारी -३ न....

पुनःनिर्माणका नाममा पैसा नउठाउन बेलबारी नगरपालिकाको आग्रह
20/09/2025

पुनःनिर्माणका नाममा पैसा नउठाउन बेलबारी नगरपालिकाको आग्रह

बेलबारी नगरपालिकाले पुनःनिर्माणका नाममा रकम संकलन नगर्न आग्रह गरेको छ । नगरपालिकाले एक बिज्ञप्ति प्रकाशित गरी .....

बेलवारीले एकैदिन गुमायो दुइ सामाजिक ब्यक्तिहरु बेलबारीले एकैदिन  दुइजना सामाजिक ब्यक्तिहरु गुमाएको छ ।बिहीबार साँझ लगभग ...
19/09/2025

बेलवारीले एकैदिन गुमायो दुइ सामाजिक ब्यक्तिहरु
बेलबारीले एकैदिन दुइजना सामाजिक ब्यक्तिहरु गुमाएको छ ।
बिहीबार साँझ लगभग एकै समयमा बेलबारी -३ निबासी शेषराज घिमिरे बेलबारी २ लालभित्तीका हाेमबहादुर पिठाकाेटे मगरकाे निधन भएपछि बेलबारीले दुइजना सामाजिक ब्यक्तित्व गुमाएको हो । पुर्व प्रहरी रहेका दुवैजना मध्ये घिमिरे विभिन्न संघ संस्था मार्फत सामाजिक क्षेत्रमा सक्रिय थिए । नेपाली कांग्रेसमा आवद्ध घिमिरेले पछिल्लो समय लोहोन्द्रा गंगाधाम निर्माण समितिमा रहेर महत्वपूर्ण योगदान गरेका थिए । घिमिरे बेलबारी भोजपुर सेवा समितिका अध्यक्ष समेत हुन् ।
पिठाकोटे भुतपुर्व सैनिक-प्रहरी संघ मार्फत संचालित बेतना सेक्युरिटी सर्भिस र पुष्पान्जली सहकारीको ब्यबस्थापनमा सक्रिय थिए ।

जेएनजीको आन्दोलनमा सहिद भए बेलबारीका युवा पनि, शब पर्खदै परिवार जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर बेलबार...
11/09/2025

जेएनजीको आन्दोलनमा सहिद भए बेलबारीका युवा पनि, शब पर्खदै परिवार
जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर बेलबारी ११ का १८ वर्षीय श्रीयम चौलागाईंको पनि मृत्यु भएको छ ।
सोमबार बिहान कलेजबाट फर्कंदै गर्दा आफ्नी बहिनीलाई ‘म केहीबेरमा फर्कन्छु’ भनेर बानेश्वरमा ओर्लिएका श्रीयम अब कहिल्यै घर नफर्कने गरी अस्ताएका छन् । भ्रष्टाचार अन्त्य र सुशासनको नाराले आकर्षित भएका उनी माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लागेर मारिएका थिए ।
मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका थिए । हाल काँडाघारीमा बस्दै ग्लोबल कलेजमा अध्ययनरत उनी राजनीतिमा सक्रिय नभए पनि जेनजीको आन्दोलनलेआकर्षित गरेको थियो ।
सोमबार उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनतिर हिँडे । तर, विडम्बना अब उनी सहिद भए । परिवार र आफन्तले गुमायौं, ’ सोमबार अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा ट्रमा सेन्टर पुग्दा मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेका श्रीयमका मामा केशव कार्कीले भने, देखेपछि ‘सम्हालिन धेरै बेर लाग्यो । ४ दिन बितिसक्दा पनि परिवार र आफन्तले श्रीयमको शव पाउन सकेका छैनन् ।
अहिले शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा राखिएको बताइन्छ । यसबीच श्रीयमका बुवा गणेश चौलागाईंले सामाजिक सञ्जालमार्फत बिन्ती गर्दै भनेका छन्, ‘जेनजीको नेतृत्व गर्नु हुनेहरुलाई सहिद परिवारको अनुरोध छ । कहिलेसम्म हामी हाम्रो छोराको लास कुरेर बस्ने हो रु कम से कम लास दिनुहोस् । त्यही नै हाम्रो लागि ठूलो सहयोग हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सरकार निर्माणमा अन्योल देखिएको बेला जेनजी नेतृत्व सहिद परिवारसँग सम्पर्कमै नआएको भन्दै परिवारजन असन्तुष्ट छन् । मामा केशवले भने, ‘यो श्रीयमको मात्र कुरा होइन । आन्दोलनमा ज्यान गुमाएका सबै युवाको कुरा हो । जेनजीले कम्तीमा उनीहरुलाई सहिद घोषणा गर्नुपर्छ । हामीले भविष्य गुमायौँ, अब मृतक नानीहरुलाई सहिद घोषणा गरिदिए मात्र केही भए पनि न्यायको अनुभूति हुनेछ ।’
अहिलेसम्म लास नपाएर शोकमा डुबेका श्रीयमका परिवारका सदस्यले अन्तिम इच्छा भने एउटै राखेका छन् ,‘हाम्रो छोराको लास फर्काइदेऊ । त्यही नै हाम्रो लागि न्याय हुनेछ ।’
https://samyantramedia.com/archives/49480

Belbari nagar palika
10/09/2025

Belbari nagar palika

09/09/2025
बेलबारीका सबैजसो वडाध्यक्षहरुले पनि दिए राजीनामा gen-z ले गरेको सामाजिक सञ्जालको प्रतिबन्ध र भ्रस्टचार विरुद्धको आन्दोलन...
09/09/2025

बेलबारीका सबैजसो वडाध्यक्षहरुले पनि दिए राजीनामा
gen-z ले गरेको सामाजिक सञ्जालको प्रतिबन्ध र भ्रस्टचार विरुद्धको आन्दोलनलाई पूर्णरूपमा समर्थन गर्दै कलिला बालबालिको हत्या र बर्बर दमनको विरोध गर्दै कांग्रेसबाट निर्वाचित बेलबारी १ का वडाध्यक्ष मणि पुलामी, एमालेबाट निर्वाचित बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ, वडा ३ का वडाध्यक्ष योगेप्रसाद सुवेदी, बेलबारी ४ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चन्द्र लिम्बू, एमालेबाट नै निर्वाचित बेलबारी ७ की वडाध्यक्ष सुनिता चौधरी, कांग्रेसबाट निर्वाचित बेलबारी ९ का वडाध्यक्ष शालिकराम बस्नेत र बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवाले पार्टी र जनप्रतिनिधिबाट राजीनामा दिएका छन् ।
यसअघि मेयर दिलप्रसाद राई र उपमेयर दिलप्रसाद राइले पनि राजीनामा दिइसकेका छन् ।

बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले  पार्टी र जनप्रतिनिधिबाट राजीनामा दिएका छ्न ।
09/09/2025

बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले पार्टी र जनप्रतिनिधिबाट राजीनामा दिएका छ्न ।

09/09/2025

एमाले बेलबारी पार्टी कार्यालय

Address

Biratnagar
Haraincha
5600

Telephone

9810462562

Website

Alerts

Be the first to know and let us send you an email when Samyantra Media & Culture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samyantra Media & Culture:

Share