10/09/2026
केराबारीमा भएको रक्तदान कार्यक्रमबाट ८४ प्रिन्ट रगत संकलन
मोरङ्गको केराबारीमा विहिबार भएको रक्तदान कार्यक्रमबाट ८४ प्रिन्ट रगत संकलन भएको छ ।
केराबारी बचत तथा ऋण सहकारी संस्था लि., मोरङ्ग सुनसरी सेवा समाज र शुभ खानेपानी तथा सरसफाइ संस्थाको संयुक्त आयोजना र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोमा भएको रक्तदान कार्यक्रममा ८४ प्रिन्ट रगत संकलन भएको हो ।
केराबारी मच्छिन्द्र चोकमा विहान ७ बजेदेखि संञ्चालन भएको रक्तदान कार्यक्रममा फेवा सेकेण्डरी बोर्डिङ स्कुल, सार्वजनिक माविका शिक्षक, मच्छिन्द्र माविका विद्यार्थी,विभिन्न सामुदायिक संस्थाका कर्मचारी, सहित विभिन्न संघ संस्थाका प्रतिनी तथा व्यापारी व्यवसायी लगायतले रक्तदान गरेका थिए ।
भोटेकोशी बाढी पिडित संगै देशको विभिन्न क्षेत्रमा बढ्दो रगतको अभाव हुन नदिन र नियमित सामाजिक परोपकारी कार्य अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको शुभ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा मोरङ सुनसरी सेवा समाज नेपालका सल्लाहकार गोकुल थापाले जानकारी दिए ।।