Radio Anmol

Radio Anmol Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio Anmol, Radio Station, Hetauda/4, Hetauda Bazar.

प्युठान जिल्लामा स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर परिसरमा भक्तजनलाई खुवाउन लगाइएको रायोको साग । समुद...
30/10/2025

प्युठान जिल्लामा स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर परिसरमा भक्तजनलाई खुवाउन लगाइएको रायोको साग । समुद्र सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ ।
तस्बिर:- बि.के

मकवानपुरे गायक जनक लामाको नयाँ गित बजारमा आएको छ । काभ्रेली हिरो बोलको गीत उनले बजारमा ल्याएका हुन् । गीत तलको जनक लामाक...
30/10/2025

मकवानपुरे गायक जनक लामाको नयाँ गित बजारमा आएको छ । काभ्रेली हिरो बोलको गीत उनले बजारमा ल्याएका हुन् । गीत तलको जनक लामाको अफिसियल युट्युब च्यानलमा गएर सुन्न सक्नुहुनेछ ।

Kavreli Hero | Janak Lama | Sumina Lo | Chetan Lama | Ajay Blon | New Tamang Selo | New Tamang Song | Tamang Selo | Tamang Song______________________________...

आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे
23/10/2025

आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे

यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन काल...
22/10/2025

यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।

आज धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजैयमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र ...
20/10/2025

आज धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यसैबीच, आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार पनि मनाइँदै छ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

संवादका लागि सात दललाई प्रधानमन्त्रीको पत्रप्रधानमन्त्री सुशीला कार्कीले सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालवाट...
20/10/2025

संवादका लागि सात दललाई प्रधानमन्त्रीको पत्र

प्रधानमन्त्री सुशीला कार्कीले सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालवाटारमा बोलाएकी छन् ।
निर्वाचनबारे छलफल गर्नका लागि मंगलबार ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई २/२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र लेखेर पठाएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग अलग वार्ता गरिसकेकी छन् ।

Mutu Dekhi Mutu Samma By Chandra Ghalan Youtube Version Episode 625-SabiSaugat https://youtu.be/yP0_yN6mwxs
17/10/2025

Mutu Dekhi Mutu Samma By Chandra Ghalan Youtube Version Episode 625-SabiSaugat
https://youtu.be/yP0_yN6mwxs

Mutu Dekhi Mutu Samma By Chandra Ghalan Youtube Version Episode 625-SabiSaugat"Mutu Dekhi Mutu Samma," translated as "Heart to Heart," is a radio program tha...

17/10/2025

"तिलिचो बेसक्याम्प, मनाङ जिल्लामा आजैदेखि संचालनमा आएको 4G सेवाको प्रयोग गरेर नेपाल टेलिकममा कार्यरत फिल्ड इन्जीनियर - निरज गुप्तासँग भिडियो कलमार्फत कुराकानी गर्दा एकदम खुसि लागेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा पनि हिजोदेखि 4G सेवा सुरु भएको छ ।"
- जगदीश खरेल, सञ्चारमन्त्री

मर्मत नहुँदा जोखिममा हेटौँडाको राप्ती पुल
13/10/2025

मर्मत नहुँदा जोखिममा हेटौँडाको राप्ती पुल

हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको राप्ती खोलामा बनेको राप्ती पुल मर्मतसम्भार अभावले जोखिमयुक.....

होराइजन अटो हेटौंडामा पल्सर बाइक किन्दा पौडेलले जिते ५० हजार
12/10/2025

होराइजन अटो हेटौंडामा पल्सर बाइक किन्दा पौडेलले जिते ५० हजार

हेटौंडा । बजाज मोटरसाइकलको अधिकृत विक्रेता होराइजन अटो प्रा.लि. हेटौंडा–१० बाट पल्सर १५० एसडी खरिद गर्दा चितवन भ.....

कामधेनुको साधारणसभा सम्पन्न,पत्रकार पराजुली सम्मानित
11/10/2025

कामधेनुको साधारणसभा सम्पन्न,पत्रकार पराजुली सम्मानित

हेटौंडा । मकवानपुरका पत्रकार अनिल पराजुली आज सम्मानित भएका छन् । हेटौँडा उपमहानगरपालिका–६ स्थित कामधेनु बहुउद्...

मापदण्ड भन्दा धेरै सुरक्षा कर्मचारी राखेको मा पूर्व प्रधानमन्त्री प्रचण्डको (३४) र केपी शर्मा ओलीको (२७) जनालाई गृहमन्त्...
09/10/2025

मापदण्ड भन्दा धेरै सुरक्षा कर्मचारी राखेको मा पूर्व प्रधानमन्त्री प्रचण्डको (३४) र केपी शर्मा ओलीको (२७) जनालाई गृहमन्त्रालयले आज फिर्ता बोलाएको छ ।

Address

Hetauda/4
Hetauda Bazar
44107

Alerts

Be the first to know and let us send you an email when Radio Anmol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Anmol:

Share

Category