Thaha Sandesh Daily

Thaha Sandesh Daily Thaha Sandesh Daily is a leading daily paper of Makwanpur District.

11/06/2026

हेटाैंडाकी राेसमेरीले जितिन ग्राण्ड एसईई अवार्ड
हेटाैेंडा- बिद्यालय शिक्षाकाे पहिलाे गेट एसईई परिक्षा उतिर्ण हुने बिद्यार्थीहरु बिचकाे प्रतिश्पर्धा हेटौंडा-७ कि राेसमेरी थिङ्गले हात पारेकी छन् ।
काठमाडौंमा सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित ग्राण्ड एसईई अवार्ड–२०२६ मा सहभागीहरुलाई पछि उनले ग्राण्ड मिस एसईईकाे उपाधि उचालेकी हुन् ।
निर्णायकहरूले व्यक्तित्व, प्रस्तुति कला, आत्मविश्वास, प्रतिभा प्रदर्शन तथा समग्र क्षमताका आधारमा विजेताहरू छनोट गरेका थिए ।
विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई ताज, पदक, स्यास तथा सम्मानपत्र प्रदान गरिएको थियो।
हेटाैंडा-७ मा रहेकाे तासिर ईङ्गलिस बाेर्डङ्ग स्कुलबाट एसईई परिक्षा उतिर्ण गरेकी उनले उपाधी सहित नगद ५० हजार हात पारीन् ।
बिजेता बनेकी थिङ्गले नि: शुल्क २ बर्षेे ईयर हाेस्टेज, २ बर्षे कलाकारीता तालिम सहितका पुरस्कार हात पारेकी छन् । अध्ययन सँगै कला क्षेत्रमा पनि लगाब रहेकाे बताउने उनी करियरमा दूबै पक्षलाई समेटेर अघि बढाउने बताउँछिन् ।
एसईई उत्तीर्ण विद्यार्थीहरूमा रहेको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हाे ।
समारोहको आकर्षणका रूपमा विजेतालाई ताज पहिर्याउने विशेष क्षण रहेको थियो। सहभागीहरूले विभिन्न राउण्डमा आफ्नो क्षमता प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरूको मन जितेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, फेशन शो तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो ।
भिडियाे : सामाजिक सञ्जाल ।

सबैले खोजी कार्यमा सहयोग गरौ !!हेटौंडा उपमहानगरपालिका-५ पिप्ले निवासी हाम्रा शुभचिन्तक आवेश लामाको छोरी अन्दाजी बर्ष १५ ...
08/06/2026

सबैले खोजी कार्यमा सहयोग गरौ !!
हेटौंडा उपमहानगरपालिका-५ पिप्ले निवासी हाम्रा शुभचिन्तक आवेश लामाको छोरी अन्दाजी बर्ष १५ की इभा लामा हेटौंडा- ४ भुटनदेबी स्कुल गेट अगाडि वारिष्टा सिकन गएको र आज दिउसो अन्दाजी २ बजे वारिष्टा सिक्ने स्थानबाट निस्किएकोमा अहिले सम्म परिवारको सम्पर्कमा नगएको र मोबाइल समेत अफ भएको कारण नानीलाई जहाँ कहि देख्नु भयो भेट्नु भयो भने नजिकको प्रहरी कार्यालय मा सम्पर्क गरि सहयोग गर्नु हुन अनुरोध छ ।
सम्पर्क : 9855067342/ 9801367342/ 9855072453
जिल्ला प्रहरी कार्यालय मकवानपुर इलाका प्रहरी कार्यालय पालुङ्ग इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाका प्रहरी कार्यालय भीमफेदी Live To Win Dipendra Rokka Chhetri Subash Bidari Ram Krishna Koirala Ram Thapa Dan Bahadur Karki Sabin Neupane Uddab Satyal Sunil Moktan Janak Man Dangol Bidari Kanchhu Rupa RJ Rupak Kaliraj Bishal Raj Mahat Sunil Giri

08/06/2026

उपमहानगरको २७ ठाउँमा ‘हाइ माक्ट लाइट’
हेटौंडा उपमहानगरपालिकाले नगरको २७ ठाउँमा ‘हाइ माक्ट लाइट’ जडान गरेको छ । रात्रिकालको यात्रालाई सहज बनाउँन उपमहानगरले हेटौंडा–४ हुप्राचौरको ४ स्थान, हेटौंडा–१ तरकारी बजार २ वटा सहित २७ मुख्य चोकहरुमा ‘हाई माक्ट लाईट’ जडान गरेको हो ।
उज्यालो उपमहानगर अभियान अनुसार नेपाल बिद्युत प्राधिकरणसँगको समन्वयमा जडान भएको लाईटले रातमा हेटौंडाको मुख्य क्षेत्र झलमल देखिएको छ । लाईटका कारण जरुरी कामको शिलसिलामा रातको समयमा हिड्डुल गर्न सहज भएको छ ।
उपमहानगरले हेटौंडा बसपार्क, टोनीहेगन पार्क, न्युरेनी जाने बाटो, बस्तिपुर चौक, हात्तीगौडा चौक, पदमपोखरी चौक, बदेलधाप चौक, मयुरधाप, गुम्बा चौक, मानवसेवा आश्रम चौक, हेटौंडा–८ फायरलाईन म्याजिक पार्क, हेटौंडा–८ कालिका टोल, हेटौंडा–१५ प्रणामी चौक, चिसापानी चौक, हटिया चौक, फुर्केचौर चौक, चुच्चेखोला चौक, चौघडा चौक, क्याम्पडाँडा चौक, संगम चौकमा लाइट जडान भैसकेको छ ।
जडान भएका मध्य हुप्राचौरको २ वटा लाईटको सेन्सरमा समस्या आएकाले सञ्चालन हुन नसकेको बताइएको छ । त्यस्तै उपमहानगरले हेटौंडा बजारको बिभिन्न सडकहरुमा लाईटिङ गरेर उज्यालो बनाउँन लागेको छ ।

सुमाे दुर्घटनामा चार जना गम्भीर हेटाैंडा- हेटाैंडा-काठमाडौं सडक खण्डकाे मकवानपुरको ईन्द्रसराेवर गाउँपालिका- ३ धारा खाेला...
06/06/2026

सुमाे दुर्घटनामा चार जना गम्भीर
हेटाैंडा- हेटाैंडा-काठमाडौं सडक खण्डकाे मकवानपुरको ईन्द्रसराेवर गाउँपालिका- ३ धारा खाेलामा भएकाे सडक दुर्घटनामा भएकाे छ ।
हेटौंडाबाट काठमाडौं जाँदै गरेकाे ना १ ज ७२०७ नम्बरकाे सुमाे र काठमाडौं बाट हेटौंडा तर्फ आउँदै गरेकाे बिएए ९७६८ नम्बरकाे बाेलेराे गाडी ठाेकिदा दुर्घटना भएकाे छ । घटनामा बनेलेराे गाडीका चालक र सुमाेमा सवार १४ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनिहरुलाई उपचारको लागि काठमाडौं पठाईएकाे छ । घाईते मध्य ४ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले सुमो चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका - १४ का ४५ बर्षिय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उपमहानगरले खाेल्याे छात्रवृत्ति फर्महेटौंडा- नगरवासीले सहज रुपमा शैक्षिक गतिविधिमा सहभागी गराउनका लागि हेटाैंडा उपमहानगर...
03/06/2026

उपमहानगरले खाेल्याे छात्रवृत्ति फर्म
हेटौंडा- नगरवासीले सहज रुपमा शैक्षिक गतिविधिमा सहभागी गराउनका लागि हेटाैंडा उपमहानगरपालिले छात्रवृत्तिकाे लागि आवेदन खुला गरेकाे छ ।
नगरभित्र रहेका सावर्जनिक शैक्षिक सस्थाकाे माध्यमिक तह अध्ययन गर्न चाहने बिद्यार्थीलाई लक्षित गर्दै बुधबारबट छात्रवृत्तिकाे आवेदन खुल्ला गरीएकाे हाे ।
माध्यमिक तह (कक्षा ११ र १२) सञ्चालन भएका बिद्यालयमा शैक्षिक सत्र २०८३/०८४ का लागि छात्रवृत्ति परिक्षाकाे फर्म अनलाईन मार्फत भर्न सकिने छ ।
२०८२ सालकाे एसईई परिक्षामा सहभागी भई ग्रेडेड भएका बिद्यार्थीले जेठ २० देखि २७ गते सम्म अनलाइन मार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाईएकाे उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएकाे छ । आवेदन पछि उपमहानगरले परिक्षामा मार्फत छात्रवृत्तिकाे व्यवस्था गर्ने बताईएकाे छ ।

02/06/2026

लाग्याे ट्रान्सफरमरमा आगाे !
सरकारी अड्डा तथा बागमती प्रदेश सभा सचिवालय रहेकाे क्षेत्रमा बिद्युत आपूर्ति गर्ने ट्रान्सफरमर पड्केर आगलागी भएकाे छ ।
लामाे समय धुवाँ निरस्केकाे ट्रान्सफरमर पछि पड्किएकाे हाे । अड्डामार्गमा बिद्युत आपूर्ति बन्दहुँदा एक दर्जन भन्दा बढि कार्यालयकाे काममा अवराेध भएकाे छ । याे क्षेत्रमा प्रदेशका मन्त्रालय, प्रशासन कार्यालय, जिल्ला अदालत, हेटौंडा उपमहानगरपालिका सहितका कार्यालय पर्दछन् ।

वातावरणमा वृक्षारोपण सम्पन्नविश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडामा बृक्षारोपण गरीएको छ ।उपमहानगरपालिकाको सहयोग तथा ...
02/06/2026

वातावरणमा वृक्षारोपण सम्पन्न
विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडामा बृक्षारोपण गरीएको छ ।
उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा भएको बृक्षारोपण हेटौंडा–१ पाथिभरा मन्दिर जाने सडक छेउँमा गरीएको हो । सडक छेउँमा ठुलो गुलमोहर, टिकुमा, बगेनविली जातका १०० बढी फुलका बिरुवाहरू रोपिएको थियो ।
बृक्षा रोपणमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले वृक्षारोपणले भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण अभियान भएको बताईन् । उनले वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता जरुरी रहेको भन्दै बिरुवाको संरक्षणमा स्थानीय समुदायको जिम्मेवारी महत्वपुर्ण भएको बताइन् । नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा उपमहानगरपालिका निरन्तर लागिरहेको जानकारी दिइन् ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको
कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, उपमहानगरका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, कार्यक्रम संयोजक देवकुमार श्रेष्ठलगाएतको आतिथ्यता रहेको थियो ।
वृक्षारोपणले पाथीभरा मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न र हरियाली विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

लागु औषधकाे प्रयाेग बढ्दै, तिन दिनमै १३ जना पक्राउ
01/06/2026

लागु औषधकाे प्रयाेग बढ्दै, तिन दिनमै १३ जना पक्राउ

हेटाैंडामा जेठ १८ गते !!
30/05/2026

हेटाैंडामा जेठ १८ गते !!

चोरीकाे आराेपमा २ जना पक्राउ हेटाैंडा- वडा प्रहरी कार्यालय हेटाैंडाले चाेरी तथा डाँका गरेकाे आराेपमा २ जनालाई हेटौंडा- ५...
28/05/2026

चोरीकाे आराेपमा २ जना पक्राउ
हेटाैंडा- वडा प्रहरी कार्यालय हेटाैंडाले चाेरी तथा डाँका गरेकाे आराेपमा २ जनालाई हेटौंडा- ५ सानाेपाेखरा चाेकबाट पक्राउ गरेकाे छ ।
बिहिवार (आज बिहान) ३:३० बजे शंकास्पद रुपमा हिडिरहेका मकवानपुरगढी- ८ बुढीचौर घर भई हाल हेटौंडा- ७ कमाने डेरा गरी बस्ने २३ बर्षिय चुडामणी खड्का र २१ बर्षिय टेकबहादुर खड्कालाई पक्राउ गरेकाे हाे । उनिहरुकाे शरीर तथा झोला चेकजाँच गर्ने क्रममा प्रहरीले पहेँलो धातुकाे २ थान चुरा, १ थान औठी, २ थान झुम्का फेला पारेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले उनिहरुकाे साथबाट ताल्चा काट्ने बाेल्डरकट, घडी र सुन राख्ने बट्टा र नगर ४ हजार ११५ रुपियाँ फेला पारेकाे प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Address

Hetauda Bazar

Telephone

+9779855067589

Website

Alerts

Be the first to know and let us send you an email when Thaha Sandesh Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thaha Sandesh Daily:

Shortcuts

Share