Nirantar News

Nirantar News This is the official page of nirantarnews.com operated by youth journalists from Nepal. We provides We provides progressive views and analytical news to readers.

हेटौँडा–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौँ जाने यात्रुहरूलाई लक्षित गरी सिजनअनुसारका ताजा नासपाती तथा विभिन्न ताजा तरकारी ...
16/08/2026

हेटौँडा–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौँ जाने यात्रुहरूलाई लक्षित गरी सिजनअनुसारका ताजा नासपाती तथा विभिन्न ताजा तरकारी बिक्रीका लागि टेकर बजारको पसलमा राखिएका छन् ।

ग्याँस लिन जानुस् है ... काठमाडौ उपत्यकामा साउन ३१ गते आइतबार पनि ग्याँस बितरण गरिदैछ
16/08/2026

ग्याँस लिन जानुस् है ...
काठमाडौ उपत्यकामा साउन ३१ गते आइतबार पनि ग्याँस बितरण गरिदैछ

बिहान सबैलाई नियन्त्रण गरिरहेको काठमाडौको सडक बत्ती
16/08/2026

बिहान सबैलाई नियन्त्रण गरिरहेको काठमाडौको सडक बत्ती

Voice Of Kids Nepal-5 को बिजेता खोटाङकी सुवाश्ना खड्का केसी भएकी छिन् । 💐
16/08/2026

Voice Of Kids Nepal-5 को बिजेता खोटाङकी सुवाश्ना खड्का केसी भएकी छिन् । 💐

ललितपुर महानगरद्धारा पुनर्निर्मीत सप्तपाताल पोखरीको  उद्घाटनललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्म...
15/08/2026

ललितपुर महानगरद्धारा पुनर्निर्मीत सप्तपाताल पोखरीको उद्घाटन

ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तापाताल पोखरीको शनिवार एक विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो । पोखरीको महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रूपमा गरेका हुन् ।

लिच्छविकालदेखि अस्तित्वमा रहेको सप्तपाताल पोखरी पाटनको परम्परागत जल व्यवस्थापन प्रणालीको महत्वपूर्ण हिस्सा थियो । चक्रपथ निर्माण तथा विस्तारसँगै नल्लु–टीका भैरव क्षेत्रबाट सप्तपातालसम्म पानी ल्याउने करिब १४.२ किलोमिटर लामो परम्परागत राजकुलो प्रणालीका विभिन्न खण्डमा अवरोध भएपछि पोखरीमा पानीको आपूर्ति घट्दै गएको थियो ।

पानीको स्रोत सुक्दै गएपछि पोखरी चौरमा परिणत भएको र अतिक्रमणमा परेको थियो । पोखरी संरक्षणका लागि स्थानीयवासी र लगनखेल वातावरण सुधार संस्थाले लामो समयदेखि पहल गर्दै आएका थिए । संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पूर्ण स्थापितको नेतृत्वमा भएको संरक्षण अभियानपछि सर्वोच्च अदालतले पोखरीकै नाममा जग्गाको लालपुर्जा कायम रहने गरी फैसला गरेको थियो ।

जग्गा पोखरीको नाममा कायम भएपछि महानगरपालिकाले पुनर्निर्माण अघि बढाएको हो ।

उच्च अदालत बार पाटनको निर्वाचनमा मतदान सम्पन्नकाठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्...
15/08/2026

उच्च अदालत बार पाटनको निर्वाचनमा मतदान सम्पन्न

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ ।

कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।

बारमा नौ पदाधिकारीसहित १९ कार्यसमिति नयाँ कार्यसमिति चयन हुनेछ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान तय भए पनि बीचमा सामान्य विवाद आएपछि आधा घण्टा थप गरिएको थियो ।

उक्त निर्वाचनमा बृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको छ ।

बृहत प्रगतिशिल तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्ररेलले नेतृत्व गरेका छन् ।

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल, केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा एमाले अध्यक्ष केपी ओली ।...
15/08/2026

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल, केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा एमाले अध्यक्ष केपी ओली । फिक्कल बजार, इलाम ।२०८३ श्रावण ३० गते
#इलाम

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवसकाठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार भारतको ८०औँ स्वतन्त...
15/08/2026

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार भारतको ८०औँ स्वतन्त्रता दिवस समारोहपूर्वक मनाइएको छ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा फहराएका थिए। त्यसपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधन प्रसारण गरिएको थियो।

समारोहमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र सेनाका दिवंगत ११ सैनिकका विधवा तथा नजिकका हकदारलाई सम्मान गरे। सो अवसरमा एजीआईएफअन्तर्गत ८ करोड २० लाख रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गरिएको थियो।

प्रतियोगिताका विजेता सम्मानित
स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको छ।

‘विकसित भारत’ विषयमा आधारित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई राजदूत श्रीवास्तवले सम्मान गरे।

२२ शैक्षिक संस्था र पुस्तकालयलाई पुस्तक
भारतीय दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

दूतावासका अनुसार उक्त पहलले नेपाली शिक्षा क्षेत्रलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मकवानपुरका अभियन्ता विशालराज महतलाई ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’बाट सम्मान गरिएको छ। महतलाई आरोही बिट्सले सम्मा...
15/08/2026

मकवानपुरका अभियन्ता विशालराज महतलाई ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’बाट सम्मान गरिएको छ। महतलाई आरोही बिट्सले सम्मान गरेको हो ।

महतले पछिल्लो समय हेटौँडामा अन्याय र भ्रष्टाचारविरुद्धको अभियान, नागरिकका सवालमा खबरदारी तथा असहाय र पीडितका पक्षमा कार्य गर्दै आएका छन् ।

हेटौँडा–५, सानोपोखरा निवासी महत लामो समयदेखि आम नागरिकका समस्या बोकेर सम्बन्धित निकायको ढोका ढकढक्याउनेमा पर्छन् ।

नेपाली काङ्ग्रेसको इतरसमुहको भेलामा मकवानपुको नेतृ महालक्ष्मी उपाध्याय डिनाले सहमहामन्त्रीको रुपमा आफ्नो मन्तव्य व्यक्त ...
15/08/2026

नेपाली काङ्ग्रेसको इतरसमुहको भेलामा मकवानपुको नेतृ महालक्ष्मी उपाध्याय डिनाले सहमहामन्त्रीको रुपमा आफ्नो मन्तव्य व्यक्त गरेकी छन् । यश हिसाबले डिना अब देउवा समुहमा खुलेको प्रष्ट भएपछि मकवानपुरको कांग्रेस राजनीतिमा के कस्ता तरंग ल्याउला त ?

Address

Hetauda
Hetauda Bazar
44107

Alerts

Be the first to know and let us send you an email when Nirantar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirantar News:

Shortcuts

Share