29/05/2026
मकवानपुरका ३ बक्सर फाइनलमा, रोसिकी ‘बक्सर अफ द डे’ घोषित
हेटौंडामा जारी अल नेपाल ओपन यू–२२ बक्सिङ प्रतियोगिताको सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन्। प्रतियोगितामा मकवानपुरका तीन जना बक्सर फाइनल प्रवेश गर्न सफल भएका छन्।
RDS बक्सिङ क्लबका रोसिकी शाही खड्गी ५० केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै ‘बक्सर अफ द डे’ घोषित भएका छन्। उक्त पुरस्कारका लागि युवा व्यवसायी प्रचण्ड खनालले सहयोग गरेका थिए।
कार्यक्रममा समाजसेवी सुदिप ठकुरी र प्रकाश बस्नेत अतिथिका रूपमा उपस्थित रहेका थिए। प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो १ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।