Anmol Khabar

Anmol Khabar Oficial Page Of https://anmolkhabar.com/

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा सद्भाव र्‍याली निकालिएको छ । हेटौंडा-४ हुप्रचौरबाट सुरु भएक...
01/08/2026

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा सद्भाव र्‍याली निकालिएको छ । हेटौंडा-४ हुप्रचौरबाट सुरु भएको र्‍याली मेनरोड, बुद्धचोक, चेम्बर मार्ग हुँदै संगमचोक परिक्रमा गरी पुनः बुद्धचोकमा पुगेर सम्पन्न भएको थियो ।

31/07/2026

हेटौंडामा शनिबार सामाजिक सद्भाव र्‍याली आयोजना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र्‍याली गर्ने निर्णय गरेको हो । बृहत् सामाजिक सद्भाव र्‍याली शनिबार अपरान्ह ४ बजे हेटौंडा–४ स्थित हुप्राचौरबाट सुरु हुने जनाएको छ ।

30/07/2026

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा समितिको निर्णय अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो ।

30/07/2026

सिरहाको गोलबजार झडपको क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

29/07/2026

नेपाल सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ भने सहमतिपछि चिकित्सक संघले आफ्नो आन्दोलन स्थगित गरेर नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । भोलिदेखि अस्पतालमा ओपिडी सेवा सुचारु ।

स्थापना दिवसमा निवृत्त शिक्षक समाजद्वारा गुरु सम्मान तथा पुस्तक विमोचन
29/07/2026

स्थापना दिवसमा निवृत्त शिक्षक समाजद्वारा गुरु सम्मान तथा पुस्तक विमोचन

हेटौँडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले स्थापना दिवसको अवसरमा १६ जना ज्येष्ठ निवृत्त शिक्षकलाई सम्मान ग.....

28/07/2026

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् ।

नेपाल आयल निगमले असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, वाग्मती सरकार मातहतको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अहिलेसम्म भाडा समायोजन गरेको छैन ।

नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी साधन आवागमनमा रोक
28/07/2026

नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी साधन आवागमनमा रोक

जनसेवक सहकारीको स्थापना दिवस सम्पन्नहेटौँडा । हेटौंडा -४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडले  १८ औ...
28/07/2026

जनसेवक सहकारीको स्थापना दिवस सम्पन्न

हेटौँडा । हेटौंडा -४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडले १८ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले शेयर सदस्यहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नयाँ शेयर सदस्यहरूलाई स्वागत गरेको थियो । स्वास्थ्य परीक्षण कार्यक्रममा ३५ जना शेयर सदस्यको सुगर र रक्तचाप परीक्षण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष बसन्तराज गौतम को अध्यक्षतामा तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

संस्थाका अनुसार हाल सहकारीको शेयर पुँजी १ करोड २३ लाख रुपैयाँ, बचत संकलन ५ करोड ३८ लाख रुपैयाँ र ऋण लगानी ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ। सहकारीको कुल पुँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने ८८२ जना शेयर सदस्य आबद्ध छन् ।

28/07/2026

वीरगञ्जस्थित नारायणी अस्पतालका माथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले आज देशभरका प्रमुख सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द गरेका छन् । यस आन्दोलनका कारण अस्पताल पुगेका सर्वसाधारण बिरामीहरू टिकट नपाएर अलपत्र परेका छन् र अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका छन् ।

Address

Hetauda-4 Khope Galli
Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Anmol Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anmol Khabar:

Shortcuts

Share