21/08/2026
नेपाली/खस भाषाको उद्गमस्थल सिँजामा अब 4G सँग जोडियो।
जुम्लाको हाट सिँजास्थित गुठीज्युलामा नेपाल टेलिकमको नयाँ टावर सञ्चालनसँगै कनकासुन्दरी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा 4G सेवा विस्तार भएको छ।
दुर्गम भूगोलसम्म गुणस्तरीय सञ्चार सेवा पुर्याउँदै डिजिटल विभाजन घटाउने अभियान निरन्तर अघि बढ्दैछ।