Life Through My Lens

Life Through My Lens Content Creater From Hetauda. Covering News & Trends.
(1)

त्रिभुवन मा.वि.मा पर्यटन बारे सचेतना र अभिमुखीकरणहेटौंडा / त्रिभुवन मा.वि.मा पर्यटन बारे सचेतना र अभिमुखीकरण कार्यक्रम ग...
01/09/2026

त्रिभुवन मा.वि.मा पर्यटन बारे सचेतना र अभिमुखीकरण

हेटौंडा / त्रिभुवन मा.वि.मा पर्यटन बारे सचेतना र अभिमुखीकरण कार्यक्रम गरिएको छ । मा.वि.का कक्षा १ देखि कक्षा १० सम्मका विध्यार्थीहरुलाइ लक्षित गरि सो कार्यक्रम गरिएको विध्यालयकी सहायक प्र.अ.शर्मिला ढकालले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले मनाउन लागेको पर्यटन वर्ष २०८३/०८४ लाई लक्षित गरि सो कार्यक्रम गरिएको हो । कार्यक्रममा आन्तरिक तथा बाहिय पर्यटक आकर्षक ठाउँ हरुको संरक्षण , प्रवर्द्धन र प्रचार - प्रसार कसरी गर्ने , आफ्नो स्कुलको कक्षा कोठा , स्कुल परिषर कसरी सफा राख्ने , विध्यालयलाइ जङ्क फुड रहित कसरी बनाउने , बिध्यालयको १०० मिटर वरपर सम्म धूम्रपान , मध्यपान , पानसुपारी , गुट्का रहित कसरी बनाउने , विध्यालयलाइ विध्यार्थी मैत्री कसरी बनाउने , बृक्षा रोपण लगायतका विषयहरुमा विध्यार्थीहरुलाइ बताइएको थियो ।

त्रिभुवन मा.वि.का शिक्षक यादवराज बरालले सहजीकरण गर्नुभएको कार्यक्रममा विध्यार्थीहरुलाइ ब्यवहारीक ज्ञानको लागि स्कुलका कक्षा कोठा , स्कुल वरपर सरसफाइ र बृक्षा रोपणमा समेत सहभागी गराइएको थियो । कार्यक्रममा विध्यालयका प्र.अ. रामकुमार बर्तौला , सहायक प्र.अ.द्वय बैकुण्ठ नेपाल , शर्मिला ढकाल , शिक्षक दिनेश उप्रेती लगायतको आतिथ्यता रहेको थियो । Tribhuwan Secondary School Hetauda 11-Murchunga News

म यस्तो गीत गाउँ छु जुनियर सिजन २ प्रतियोगिताको तैयारी गर्दै ड्रीम्स म्युजिक स्कुल  हेटौंडा / ड्रीम्स म्युजिक स्कुलले म ...
01/09/2026

म यस्तो गीत गाउँ छु जुनियर सिजन २ प्रतियोगिताको तैयारी गर्दै ड्रीम्स म्युजिक स्कुल
हेटौंडा / ड्रीम्स म्युजिक स्कुलले म यस्तो गीत गाउँछु जुनियर सिजन २ गायन प्रतियोगिता गराउने भएको छ ।

म यस्तो गीत गाउँ छु जुनियर सिजन १ को फाइनल गराइसकेको ड्रीम्स म्युजिक स्कुलले भर्खरै डान्स मेरो मनको जुनियर सिजन १ को फाइनल सकाएको छ । हेटौंडा ४ स्थित स्कुल रोडमा अवस्थित म्युजिक स्कुलमा सम्मान कार्यक्रमको आयोजना गर्दै यस्तो जानकारी गराइएको हो ।

यस्तै म्युजिक स्कुलले डान्स मेरो मनको जुनियर सिजन २ पनि छिट्टै गर्ने भएको छ । कार्यक्रममा डान्स मेरो मनको जुनियर सिजन १ का प्रथम , द्वितीय , तृतीय हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने प्रतियोगिताका निर्णायक सुभाष गहतराज , पासाङ लामा , सन्ध्या आचार्य , पेमा लामा , सबै समाचार डटकम अनलाइन पत्रीकाका अध्यक्ष गोविन्द प्रसाद न्यौपाने लगायतलाइ सम्मान गरिएको थियो ।

कार्यक्रम ड्रीम्स म्युजिक स्कुलका निर्देशक अनन्त खुलालको अध्यक्षतामा भएको थियो । Ma Yasto Geet Gauchhu Season 2 Hetauda-Murchunga News

रसुवा बाढीमा परेका हेटौँडा ५ का उद्वार गरिएका तथा अन्यको पछिल्लो अपडेट (मेयर मीना कुमारी लामाका अनुसार)हेटौडा ५ निबासी स...
31/08/2026

रसुवा बाढीमा परेका हेटौँडा ५ का उद्वार गरिएका तथा अन्यको पछिल्लो अपडेट (मेयर मीना कुमारी लामाका अनुसार)
हेटौडा ५ निबासी सुबोध सापकोटा सकुशल घर फर्कन सफल!
हेटौडा ५ निबासी प्रदिप सापकोटा सकुशल रहेको पारीवारीक श्रोतले जनाएको छ!
हेटौडा ५ निबासी प्रमिला राई १४ जाना साथीहरू सहित सकुशल रहेको जानकारी प्राप्त !
हेटौडा ५ निबासी ई.निरज श्रेष्ठको खोजी कार्य जारी,
हेटौडा ५ निबासी स्व उद्धब खड्का भाईको शब सनाखत गरी दाहासंस्कार सम्पन्न!

3B हाइड्रो फेवामा कार्यरत हेटौडा –५ निवासी प्रदीप सापकोटा भदौ १० गते रसुवा भोटेकोसीमा आएको बाढी पछि सम्पर्कविहीन हुनुभएक...
30/08/2026

3B हाइड्रो फेवामा कार्यरत हेटौडा –५ निवासी प्रदीप सापकोटा भदौ १० गते रसुवा भोटेकोसीमा आएको बाढी पछि सम्पर्कविहीन हुनुभएको छ । उहाँको खोजी कार्यमा सबै लागौँ ।
कुनै जानकारी दिनुलिनु परेमा
सम्पर्क नम्बर ः ९८५११४२५६४,९८४५९४४१८७
Pradip Sapkota Sahayog Apil-Murchunga News

रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट पीडित भएकाहरूको राहत तथा उद्धारका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रध...
28/08/2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट पीडित भएकाहरूको राहत तथा उद्धारका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले संस्थागत तर्फबाट १५ लाख रुपैयाँ र प्राध्यापक तथा कर्मचारीहरूको तर्फबाट ५ लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो। Hetauda School Of Management-Murchunga News

नागरिक समाजकालागी अनुकुल वातावरणको अवस्थाबारे बैठक                     हेटौंडा / हेटौंडामा नागरिक समाजकालागी अनुकुल वाता...
28/08/2026

नागरिक समाजकालागी अनुकुल वातावरणको अवस्थाबारे बैठक हेटौंडा / हेटौंडामा नागरिक समाजकालागी अनुकुल वातावरणको अवस्था बारे प्रदेश स्तरीय बिज्ञहरुको बैठक बसेको छ ।

बैठकमा गैरसरकारी संघसंस्था , निजी क्षेत्र , सामाजिक संघसंस्था हरुलाइ काम गर्न कति सहज छ अथवा सहज छैन भन्ने विषयमा छलफल भएको थियो । यस्तै हरेक क्षेत्रमा युवाहरुको सहभागीता कत्तिको छ लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा उठान गरिएको समस्याहरु छाया प्रतिवेदनका रुपमा अन्तर्राष्ट्रिय फोरममा दक्षिण एसियाको प्रतिनिधित्व गर्दै प्रस्तुत हुने कार्यक्रमका प्रमुख अतिथी गैसस महासंघका केन्द्रिय सचिव बुद्धशरण लामाले बताए ।

गैसस महासंघ बागमती प्रदेशको आयोजनामा भएको एकदिवसीय कार्यक्रममा मानव अधिकार आयोग , वन तथा वातावरण विज्ञ , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम गैसस महासंघ बागमती प्रदेशका का.व.अध्यक्ष कमलकुमार विश्वकर्माको सभाध्यक्षतामा भएको थियो । Gaisasa Mahasangh Program-Murchunga News

सीता माविको ४९औँ अभिभावक भेलाबाट नयाँ नेतृत्व चयनहेटौंडा । मनहरी गाउँपालिका–२, भुन्द्रुङ्टाँडीस्थित श्री सीता माध्यमिक व...
28/08/2026

सीता माविको ४९औँ अभिभावक भेलाबाट नयाँ नेतृत्व चयन
हेटौंडा । मनहरी गाउँपालिका–२, भुन्द्रुङ्टाँडीस्थित श्री सीता माध्यमिक विद्यालयको ४९औँ अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ (पिटिए) गठन गरेको छ ।

भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ र शिक्षक–अभिभावक संघको अध्यक्षमा सूर्यबहादुर गोले सर्वसम्मत चयन भएका छन् । व्यवस्थापन समितिको सदस्यमा सन्ध्या वाइबा, वीरबहादुर स्याङ्तान र विष्णुकुमारी जिम्बा चयन भएका छन् ।

त्यस्तै, शिक्षक–अभिभावक संघको सदस्यमा चमेलीमाया थिङ, ज्ञानबहादुर दोङ, विविमाया बल, दीपक ब्लोन, राजु थिङ र हिरामान बल चयन भएका छन् । बाँकी सदस्य बैठकमार्फत थप गरी दुवै समिति पूर्णता दिने निर्णय गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन तथा विद्यालय–अभिभावक समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो ।
बिहीबार सम्पन्न भेलामा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, वडा नं. २ का अध्यक्ष राजकुमार पाख्रिनलगायतको उपस्थिति थियो । Sita Mabi Manahari 2 Bhundrung Tandi-Murchunga News

खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोधकृश थिङ (कृष्ण)रसुवा बाढी पछि सम्पर्क विहिन, थाहा ५ मकवानपुरउमेर ३० वर्ष, ९८५५०७७६७५...
28/08/2026

खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध
कृश थिङ (कृष्ण)
रसुवा बाढी पछि सम्पर्क विहिन, थाहा ५ मकवानपुर
उमेर ३० वर्ष, ९८५५०७७६७५
परिवार-९८६२४२६२६८/९८६३८६४५९६

खुशीको खबर ! हेटौँडा निवासी आमाछोरीको उद्वारमकवानपुरको हेटौंडा उपमहानगरपालिका  ५ पिप्ले ढुङ्गेधारा टाेलका आमा निरु र छाे...
28/08/2026

खुशीको खबर ! हेटौँडा निवासी आमाछोरीको उद्वार
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ पिप्ले ढुङ्गेधारा टाेलका आमा निरु र छाेरी निमिसा खड्काकाे हेलिकप्टरबाट उद्वार। नगर प्रमुख र उपप्रमुखले नुवाकाेटकाे बिदुर नगरपालिका नेपाली सेनाकाे तालिम केन्द्रबाट रिसिभ गर्नु भयाे । Niru Khadka And Nimisha Khadka Hetauda Rasuwa Badhi-Murchuna News Mina Kumari Lama

हेटौँडाको टोली,रसुवा बाढी प्रभावित क्षेत्रमा Hetauda To Rasuwa Badhi-Murchunga Newsरसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण ...
27/08/2026

हेटौँडाको टोली,रसुवा बाढी प्रभावित क्षेत्रमा Hetauda To Rasuwa Badhi-Murchunga News
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा पुगेका आफ्ना नगरवासीहरूको खोजी र अवस्था बुझ्न हेटौँडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखसहितको टोली प्रभावित क्षेत्रतर्फ गएको छ।

भदौ १० गते चीन र नेपालको सीमाक्षेत्रबाट भोटेकोशीमा आएको बाढीका कारण विभिन्न पेसा र कामको सिलसिलामा रसुवा, नुवाकोट र धादिङ पुगेका हेटौँडा उपमहानगरपालिका क्षेत्रका बासिन्दाहरूसँग सम्पर्क हुन सकेको छैन। उपमहानगरपालिकाको तथ्यांक अनुसार हालसम्म उपमहानगर क्षेत्रका २० जना व्यक्ति सम्पर्कविहीन रहेका छन्।

Address

Cabritaberg

Alerts

Be the first to know and let us send you an email when Life Through My Lens posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Life Through My Lens:

Shortcuts

Share