01/06/2025
गजल✍️
सुरु सुरुमा जे बोले पनी प्यार लाग्छ
बिस्तारै तेहि बोली नै औजार लाग्छ
यहाँ अन्धो भएर हिड्छन प्रेम गर्ने हरु
आँखा खुल्छ जब ठक्कर दुइचार लाग्छ
कपडा बदले जस्तै बदलिन्छ सम्बन्ध
मलाइ त सम्झिदा पनि दिकदार लाग्छ
मुस्कान त केहि पलको लागि मात्र हो
धेरै जसो त नयनहरुमा असार लाग्छ😶
✍️: अविरल यात्री