31/08/2026
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नुवाकोटको बेत्रावतीमा पुरिएको एक घरबाट ठूलो संख्यामा शव फेला परेका छन्। प्रारम्भिक विवरणअनुसार एउटै घरभित्र २० भन्दा बढी शव भेटिएका हुन्।
नुवाकोट प्रहरी प्रमुख एसपी विपिन रेग्मीले घरको एउटै कोठामा धेरै शव भेटिएको पुष्टि गर्दै संख्या यकिन गर्न बाँकी रहेको बताएका छन्। वर्षा र अँध्यारोका कारण तत्काल सबै शवको गणना गर्न नसकिएको उनको भनाइ छ।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार घरभित्र २२ वटा शव फेला परेका छन्। उद्धार टोलीले केही शव बाहिर निकाले पनि अझै १६ वटा शव घरभित्रै रहेको उनले बताएका छन्।
स्थानीय जनप्रतिनिधिका अनुसार धेरै शव पहिचान गर्न कठिन हुने अवस्थामा छन्। प्रहरीले मंगलबार बिहान पुनः खोज तथा उद्धार अभियान सञ्चालन गर्ने जनाएको छ।Nigarani online tv online tv@topfans