NayaKhabar

NayaKhabar news

नेपाल प्रिमियर लिग २ को मिनि अक्सनको समाप्ती पछि  ११ खेलाडी सहितका टोलीहरु यस्ता देखिए । तपाईंको विचारमा कुन टोलीका लागि...
10/08/2025

नेपाल प्रिमियर लिग २ को मिनि अक्सनको समाप्ती पछि ११ खेलाडी सहितका टोलीहरु यस्ता देखिए ।
तपाईंको विचारमा कुन टोलीका लागि अक्सन सबैभन्दा राम्रो भयो र कुन टोली सबै भन्दा बलियो देखियो ?
अनि तपाईं कुन टिमको समर्थक हो?

27/07/2025

युवा संघकाे झन्डा सगरमाथामा फहराएकी युवान्तीकालाइ विद्या भण्डारीको प्रेस मिटमा गएको कारण कार्वाही ।

आर्थिक मामिला मन्त्री राम राना फाकफोकथुममा: ‘बेलि व्रिज ’ को भव्य उद्घाटनफाकफोकथुम, श्रावण १ – कोशी प्रदेशका आर्थिक मामि...
17/07/2025

आर्थिक मामिला मन्त्री राम राना फाकफोकथुममा: ‘बेलि व्रिज ’ को भव्य उद्घाटन

फाकफोकथुम, श्रावण १ – कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री राम राना ज्यूको प्रमुख आतिथ्यतामा फाकफोकथुम गाउँपालिकामा निर्माण सम्पन्न भएको गौरवको योजना अन्तर्गतको फाकफोक खोला वेलिब्रिज (सेतो पुल) आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

नेपालीहरुको महान चाड साउने संक्रान्तिका दिन उद्घाटनको मुख्य साईत जुराई विधिवत् पूजापाठ गरी, मन्त्री रानाले रातो रिबन काटेर पुलको उद्घाटन गर्नुभयो। कार्यक्रममा फाकफोकथुमका राजनीतिक, सामाजिक र समकालीन व्यक्तित्वहरूले झुम्मिएर मन्त्री रानाको स्वागत गरेका थिए।

उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री रानाले भने, “पुल बनेकोमा जति फाकफोकथुमबासी खुसी छन्, म त्योभन्दा दोब्बर खुसी छु। असारमै मेरा समकालीन साथीसँग भेट्ने अवसर मिल्यो।” उहाँले आगामी दिनमा फाकफोकथुममा विकास पूर्वाधारका लागि थप योजना तथा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

मन्त्री रानाले पालिकाको केन्द्र आम्चोक भएकाले सन्त ज्ञानदिलदासको जन्मस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभयो। “सन्त ज्ञानदिलदाससँग तत्कालीन राजा–महाराजहरू प्रत्यक्ष भेट गरेर आशीर्वाद लिएको ऐतिहासिक अभिलेखसमेत भेटिएको छ,” उहाँले बताए।

फाक, फोक, थुम भन्ने शब्दहरूको समायोजनबाट बनेको “फाकफोकथुम” नामको ऐतिहासिक महत्वलाई स्मरण गर्दै उहाँले राष्ट्रिय पुनःसंरचना आयोगमा समेत यस्तै आधारमा सिफारिस गरिएको उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र खनाल ज्यूले पुल निर्माण नागरिकसँगको प्रतिवद्धताको एक सफल उदाहरण भएको बताउँदै पालिकामा अन्य योजनाहरू पनि सुचारु रहेको जानकारी दिनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष ज्यूले स्वागत मन्तव्य दिँदै, “पुल बनेपछि आम नागरिकले प्रत्यक्ष धन्यवाद दिनु भएको छ, यो हामी सबैको सफलता हो,” भन्नुभयो।

सामाजिक, धार्मिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा पुलको नाम “सेतो पुल” राखिएको घोषणा गरिएको हो।

मन्त्री रानाले अन्त्यमा स्थानीय सरकार र जनतालाई आग्रह गर्दै भने, “यो पुलको संरक्षण गरौं, यसको दीगो उपयोगको सुनिश्चितता गरौं, यही समाजसेवा हो।”
स्रोत :- दिपेन्द्र लिम्बू

इ.न.पा–१० गाेदक सिमल गोलाइ–माईजोेगमाई गा.पा माइबेनी–तिल्केनी वैकल्पिक सडकजोगमाई खोलामा बेलीबृज निर्माण सम्पन्नमेची राजमा...
05/07/2025

इ.न.पा–१० गाेदक सिमल गोलाइ–माईजोेगमाई गा.पा माइबेनी–तिल्केनी वैकल्पिक सडक
जोगमाई खोलामा बेलीबृज निर्माण सम्पन्न

मेची राजमार्गको राजदुवाली सडक खण्डको वैकल्पिक मार्गकाे रूपमा निर्माण भइरहेकाे इलाम नगरपालिका–१० गाेदक सिमल गोलाइदेखि माईजोेगमाई गाउँपालिका माइबेनी–तिल्केनी सडक अन्तर्गत पर्ने जोगमाई खोलामा बेलीबृज निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

यो महत्वपूर्ण पूर्वाधार विकास कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्नुहुने सम्पूर्ण निकाय, स्थानीय सरकार, प्राविधिक तथा श्रमिक वर्ग, जनप्रतिनिधि र समुदायप्रति गहिरो आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

नयाँबजार दुधाङ्ग हुँदै इलाम सडक खण्ड अन्तरगत दुधाङ्ग पुल आसपास,तिनतले ड्रागन फल फर्म र अल्ले खोल्सा स्थित अतिनै बिग्रेको...
02/07/2025

नयाँबजार दुधाङ्ग हुँदै इलाम सडक खण्ड अन्तरगत दुधाङ्ग पुल आसपास,तिनतले ड्रागन फल फर्म र अल्ले खोल्सा स्थित अतिनै बिग्रेको बाटो आज माइजोगमाइ ५ निवासी समाजसेवी युवा ब्यवसायी महेश चन्द्र सापकोटाले आफ्नो ब्यक्तिगत मेसिन उपलब्ध गराई बाटो मर्मत गर्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद !!! Mahesh Sapkota

देउमाईमा भानुभक्त माविको "प्रशस्ति" गीत सार्वजनिक, नगर प्रमुखबाट लोकार्पणदेउमाई, असार ९ — देउमाई नगरपालिका–४ स्थित भानुभ...
24/06/2025

देउमाईमा भानुभक्त माविको "प्रशस्ति" गीत सार्वजनिक, नगर प्रमुखबाट लोकार्पण

देउमाई, असार ९ — देउमाई नगरपालिका–४ स्थित भानुभक्त माध्यमिक विद्यालयको सम्पूर्ण पक्ष समेटिएको “प्रशस्ति” शीर्षक विद्यालय गीतको लोकार्पण गरिएको छ। गीतको रचना विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं देनपा–४ निवासी प्रकाशचन्द्र खनालले गर्नुभएको हो। सार्वजनिक (लोकार्पण) कार्यक्रम नगरप्रमुख सूर्य पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रममा विद्यालयका प्रअ वासुदेव कट्टेलले स्वागत मन्तव्य राख्दै "प्रशस्ति" गीतलाई ऐतिहासिक उपलब्धि र देउमाई नगरको पहिलो औपचारिक विद्यालय गीतका रूपमा उल्लेख गर्दै प्रशंसा गर्नुभयो।

नगर प्रमुख पोख्रेलले गीतले विद्यालयको सम्पूर्ण विशेषता बोकेको उल्लेख गर्दै गीतकार, संगीतकार र विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले नगरपालिकाबाट यस्ता रचनात्मक कार्यमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

गीतकार खनालले गीतका विशेष पक्षबारे विस्तृत व्याख्या गर्नुभयो भने संगीत संयोजन र स्वर इलाम नगरपालिकाका संजोग गौतमको रहेको जानकारी गराइयो। कार्यक्रममा शिक्षिकाहरूले सार्वजनिक गीतमा आकर्षक नृत्य प्रस्तुति दिएका थिए भने बालबालिकाले समेत बाल गीत प्रस्तुत गरी दर्शकहरूको मन जिते।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अर्जुन फुएलले गर्नुभएको थियो।

– देउमाईबाट अर्जुन दृष्टि ( Arjun Khanal )

देउमाई सरकारको नीति कार्यक्रम: सम्भावनाभन्दा भरिएको कार्यान्वयन यात्रादेउमाई नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक...
20/06/2025

देउमाई सरकारको नीति कार्यक्रम: सम्भावनाभन्दा भरिएको कार्यान्वयन यात्रा

देउमाई नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सरसर्ती अध्ययन गर्दा यदि कार्यान्वयन पक्षमा पनि त्यत्तिकै प्रतिबद्धता देखियो भने नगरले समृद्धिको दिशामा ठुलाे फड्को मार्नसक्ने प्रष्ट देखिन्छ।

अहिले असार महिनाको चटारोमा परेका नागरिकहरूसँग नीति कार्यक्रम अध्ययन गर्न समय नहुन सक्छ, तर जनप्रतिनिधिहरूमाथिको विश्वास भने कायमै देखिन्छ। देउमाई नगरप्रमुख सूर्य पोखरेलले प्रस्तुत गरेका नीति कार्यक्रमहरूमा रहेको दुरदर्शिता उहाँका अघिल्ला सफल कार्यकालहरूसँग जोडेर हेर्दा आगामी दिनहरूमा अझ प्रभावकारी कार्यान्वयनको आशा गर्न सकिन्छ।

शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधारजस्ता आधारभूत सेवालाई प्राथमिकतामा राखिएको छ भने करको दायरा विस्तार गर्दै पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने योजना नीति कार्यक्रमको सकारात्मक पक्षका रूपमा देखिन्छ। अधुरा रहेका विकास योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता पनि कार्यक्रमभित्र समावेश हुनु स्वागतयोग्य पक्ष हो।

आजको प्रविधिमैत्री युगलाई आत्मसात गर्दै सञ्चार माध्यम तथा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न खोजिएको देखिन्छ। आफूलाई प्रचार गर्न पत्रकारलाई नगद झोलामा हाल्ने परम्परागत प्रवृत्तिबाट अलग रही नगरले पारदर्शिता कायम गर्न खोज्नु सकारात्मक अभ्यास मान्न सकिन्छ।

त्यसैगरी, समाजका पछाडि परेका वर्गहरू — गरिब, अपाङ्ग, असहाय आदिलाई आत्मनिर्भर बनाउने खालका तालिम समावेश हुनु, कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूलाई सशक्त बनाउन कार्यक्रम अघि बढाइनु, नगर सरकारको समावेशी सोचलाई प्रतिबिम्बित गर्छ।

यस्ता बहुआयामिक नीति तथा कार्यक्रमहरूले देउमाईबासी जनताको हितमा केन्द्रित प्रयास देखाउने भएकाले यदि कार्यान्वयनमा सम्पूर्ण पक्षले समान सहयोग पुर्‍याएमा देउमाईको समृद्धिको सपना साकार पार्न सकिन्छ।

– अर्जुन दृष्टि, देउमाई–२( Arjun Khanal )

17/06/2025

नेपालटार मंगलबारे सडकको अबस्थामा

देउमाई - नेपालटार,मंगलबारे सडको विषयमा अहिले जति नै कुरा कथुर्याए पनि हामी नेपालटार देखि मंगलबारेका जनतालाई त्यसको पृष्ठ...
17/06/2025

देउमाई - नेपालटार,मंगलबारे सडको विषयमा अहिले जति नै कुरा कथुर्याए पनि हामी नेपालटार देखि मंगलबारेका जनतालाई त्यसको पृष्ठभुमि सबै जानकारी छ। त्यो सडक निर्माण गर्ने क्रममा क-कस्ले कति कति हाने कुन कुन नेताका गफ कति त्यो हामीलाई राम्रो सँग जानकारी भएकाले ईन्द्रका अगाडी स्वर्गको बयान नगरेकै राम्रो ?? झोलामा २,४ हजार माल आउनेका पन्नाका लेखाइले माखो मर्दैन ढुक्क भए हुन्छ।
अब के हुन्छ - बिकास गराईको मोडल अनि जनता प्रतिको भावनालाई बुझेर सधैं जनताको पक्षमा काम गर्ने र नीति नियम बनाउन सक्ने आशा लाग्ने नेता देउमाई नगर प्रमुख सुर्य दा को पँहुच सम्म उत्त सडक नआए सम्म अब यस्तै हो भनेर चित्त बुझाउनुको बिकल्प देखिन्न। जवजव बेलासे अनि नेपालटार ,मंगलबारे सडक सहज बनाउने समय आउँछ त्यति वेला मेरो पहुँच भन्दा बाहिर होईन भन्ने उत्तर कहिल्यै नदिएर जनताको भावना बुझेर नगरपालिकाको बजेटले सकेसम्म सडक समस्याको समाधान गर्न सफल देउमाई नगर प्रमुख सुर्य दा को नेतृत्व नै आगामी दिनमा अपरिहार्य देखिन्छ। अर्जुन दृष्टिलाई जे भएको छ त्यो लेख्न र बोल्न आईतवार बार्नु पर्दैन। उहाँको कार्यकालमा देउमाईमा भएको बिकास नै काफी छ। बयान गर्नु पर्दैन। भौगोलिक बिकटताका कारण केही समय असहज भए पनि उहाँको नेतृत्वले काम गर्छ भन्ने पुष्टि भै सकेको देखिन्छ।
कच गर्न नसकिने - पटकपटक आफ्नु दलको नेतृत्वमा सरकार भएका समयमा र अहिले एमाले ,कांग्रेसको नेतृत्वको सरकार भएका समयमा पनि उहि हालतमा नेपालटार,मंगलबारे सडक रहेकाले दुई पटक मन्त्री हुने माननीय राम राना , २५ वर्ष सम्म एमालेले केही गरेन सबै कुराको जिम्मेवारी म लिन्छु भन्ने माननीय गोबिन्द गिरि , जिल्लाको नेतृत्वमा बस्नु भएका हाल एमाले जिल्ला अध्यक्ष आदरणीय गणेश बराल, दमक छेउछाउ बाट घुमेर माङसेबुङ पुग्ने जिसस प्रमुख जय प्रकाश राई उहाँहरुको घर जाने मुख्य सडक नेपालटार ,मंगलबारे सडकको अहिलेको अवस्था हेर्दा उहाँहरुलाई आगामी हुने जुनसुकै निर्वाचनमा पनि कच गर्न सकिन्न। भन्ने ठहर जनताले गरिसकेका छ्न। भने संघिय सांसद माननीय सुहाङ नेम्बाङ लाई ८४ सम्मको समय दिएका छन । सम्बन्धित सबैमा ध्यानाकर्षण होस।।
अर्जुन दृष्टि देउमाई २( Arjun Khanal )

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन        इलाम, असार २, २०८२ – ...
17/06/2025

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन
इलाम, असार २, २०८२ – इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशन मिति २०८२ साल असार २ गते इलामको होटल इलाम पाटी घरमा सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा केचना कञ्चनजङ्घा पर्यटन प्रवर्द्धन समितिका कार्यकारी प्रमुख श्री केसव धौरालीको उपस्थिति रह्यो। प्रमुख अतिथि धौरालीले इलाम क्षेत्रको अपार पर्यटकीय सम्भावना औंल्याउँदै स्थानीय तह, सरोकारवाला निकाय र समुदाय बीच समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा इलामको पर्यटन क्षेत्रको संरक्षण, प्रवर्द्धन र समृद्धिका लागि समितिको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। अधिवेशनमा बोल्ने वक्ताहरूले इलामको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको बताए।
नयाँ कार्यसमितिमा श्री प्रेम सापकोटा अध्यक्ष चयन हुनुभएको छ भने उपाध्यक्षमा श्री दिव्या भट्टराई, महासचिवमा श्री देवी पौडेल, सचिवमा श्री ज्ञानु दाहाल, कोषाध्यक्षमा श्री कमला बाँस्कोटा रिजाल चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा श्री सुशिला सापकोटा, श्री देवेन्द्र शंकर, श्रीमती शारदा उप्रेती पराजुली, श्री उमेशचन्द्र महत, श्री खेमसागर खनाल, श्री दिनेश श्रेष्ठ, श्री गणेश घिमिरे, तथा श्री सिर्जना श्रेष्ठ रहेका छन्।
नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
समितिका तर्फबाट आगामी दिनहरूमा स्थानीय पर्यटन विकासका लागि ठोस योजना र कार्यक्रमहरू ल्याइने प्रतिवद्धता समेत जनाइएको छ।

गाउँपालिकाको आगामी आ. व. २०८२/८३ को नीति तथा कार्यक्रम तर्जुमा भैरहेकोले देश बिदेशमा छरिएर रहनु भएका फाकफोकथुमबासी आम ना...
10/06/2025

गाउँपालिकाको आगामी आ. व. २०८२/८३ को नीति तथा कार्यक्रम तर्जुमा भैरहेकोले देश बिदेशमा छरिएर रहनु भएका फाकफोकथुमबासी आम नागरिकहरुले महत्वपुर्ण राय सुझाव पालिकाको आधिकारिक इमेलमा उपलब्ध गराई पालिकाको नीति तथा कार्यक्रमलाई मेरो होइन हाम्रो नीति बनाउन सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौँ। 🙏🙏

इलामको माई नगरपालिका ७ का विपन्न १६ परिवारलाई वडाले बिजुलीको मिटर बक्स नि:शुल्क वितरण गरेको छ ।
10/06/2025

इलामको माई नगरपालिका ७ का विपन्न १६ परिवारलाई वडाले बिजुलीको मिटर बक्स नि:शुल्क वितरण गरेको छ ।

Address

Nepal 1
Ilam
ILAM

Website

Alerts

Be the first to know and let us send you an email when NayaKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share