16/05/2026
नेपाल लाई भु-राजनीतिक खाल्डोमा हाल्ने सबै भन्दा खतरनाक र राष्ट्रघाती परियोजना "MCC" हो। अमेरिकाले MCC मार्फत कुनै देशमा अनुदान वा बिकास मात्रै दिन्छ भन्ने बुझाइमा हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ।
विस्वको अर्थ-राजनीतिक संघर्ष लाई नियाल्दा, सर्वशक्तिमान राष्ट्र बन्ने दौडमा विकसित र ठुला देशहरुले आफ्नो वर्चस्व बढाउन आआफ्नै रणनीतिक योजना बनाएर लागू गरिरहेको छ। त्यस्तो रणनीतिक योजनाको मुख्य काम भनेको कुनै देशमा भएको आर्थिक स्रोत वा गतिविधिको स्वामित्व हात पार्ने नै हुन्छ।
त्यतिमात्र होइन, आर्थिक चलखेल मार्फत गैरसरकारी संस्था सन्चालन गरि त्यो देशको नागरिक लाई खेताला बनाइ बिस्तारै राजनीतिक धार नै आफू अनुकुल बनाउन कुनै कसुर बाकी राख्दैनन्।कुनै देशको एकता भड्काएर जनस्तर बाट राष्ट्रिय विघटनको बिजारोपण सुरु गर्छ।
सहयोग वा बिकासको आवरणमा देश र जनाताको अहितमा काम गर्ने "राष्ट्रघाती MCC सम्झौता" भित्र्याउने पात्रहरू मध्येको मुख्य पात्रहरू बाबुराम भट्टराई, शेर बहादुर देउवा, केपी शर्मा ओलि, पुस्प कमल दाहाल प्रचण्ड, स्वर्णिम वाग्ले, गगन कुमार थापा, माधव कुमार नेपाल, झलनाथ खनाल आदि हुन।
जनाताले आर्जेको देशमा, जनता कै कर बाट खाएर, देश र जनता कै अहितमा काम गर्ने यी महान व्यक्तिहरू लाई के उपहार दिदा ठिक होला त? आफ्नो प्रतिक्रिया दिनुहोस् ।