27/08/2026
हार्दिक अपील गर्दछु।।
नेपाल सरकार प्रति।।
प्रकृति प्रकोपलाई कसैले छेक्न सकिन्दैना।
रसुवाको भोटेकोशी नदीमा आज बिहान तिब्बततर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्त दुःखी र चिन्तित भएको छु। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपील गर्दछु।
विपद्को यस घडीमा नागरिकको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन आग्रह गर्दछु🙏🙏।।