
28/09/2025
कन्याममा मोटरसाइकल जुधेर भएको दुर्घटनाको विवरण :
आज बिहान ८ बजेतिर मेची राजमार्गको सूर्योदय ६ हर्कटेछेउमा इलामबाट झापा जाँदैगरेको प्र ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल जुधेर दुर्घटना हुँदा चार जना घाइते भए ।
घाइतेको विवरण :
१.४८५१ नं.को मोसा चालक जिल्ला इलाम रोङ गा.पा.०३ बस्ने वर्ष अन्दाजी वर्ष २६ को विजय तामाङको दाहिने हात र पेटको भागमा चोट लागी घाइते।
२.त्यही मोसाको पछाडि सवार झापा गौरादह ७ का अन्दाजी २० वर्षको सन्दीप सिटौलाको अनुहारमा चोट लागी घाइते ।
३.८८६७ नं.को मोसा चालक जिल्ला धनुषा लक्ष्मीनिआ २ बस्ने वर्ष अन्दाजी २२ को दीपक यादवको दुवै खुट्टा र हातमा चोट लागी घाइते ।
४.सोही मोसामा पछाडि सवार त्यही स्थानका अन्दाजी २४ वर्षे सफिरुल साफीको दुवै खुट्टा,घाँटी र अनुहामा सामान्य चोट लागी घाइते ।
स्रोत : प्रहरी