Ilam Khabar

Ilam Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam Khabar, News & Media Website, .

06/08/2025

चिसो भुइँमा सुतिरहेकी बालिकालाई सूर्योदय नगरपालिका महिला बालबालिका शाखाको समन्वयमा नगरप्रहरीले यसरी गरे उद्घार...

06/08/2025

मालपोत तथा नापी कार्यालय नहुँदा सेवाग्राहीले झन्झट बेहोर्नु परेको भन्दै पालिकाहरूमा मालपोत र नापी कार्यालय सहित अन्य सेवा सुविधा प्रवाह गराउन इलाम क्षेत्र नं २ का सांसद सुहाङ नेम्वाङको संसदमा सरकारको ध्यानाकर्षण।

सूर्याेदयकी सर्वाेत्कृष्ट सम्पदा !सूर्याेदय नगरपालिका १२, आठघरेकी सम्पदा ढकाल २०८१ सालको कक्षा १२ को परीक्षामा 3.9 GPA ल...
05/08/2025

सूर्याेदयकी सर्वाेत्कृष्ट सम्पदा !

सूर्याेदय नगरपालिका १२, आठघरेकी सम्पदा ढकाल २०८१ सालको कक्षा १२ को परीक्षामा 3.9 GPA ल्याएर सूर्याेदय नगरकै सर्वाेत्कृष्ट बन्न सफल भएकी छिन् । उनी फिक्कल माविकी विद्यार्थी हुन् । कक्षा ११ मा पनि उनले नगरमै सर्वाेत्कृष्ट GPA ल्याएकी थिइन् ।

सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । पत्रकार अधिकारी प्रेस चौतारी नेपाल, इलाम ...
04/08/2025

सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । पत्रकार अधिकारी प्रेस चौतारी नेपाल, इलाम शाखाका अध्यक्ष, राष्ट्रिय समाचार समिति ९रासस०को इलाम सम्वाददाता , डिजिटल अनलाईन पत्रिका इलाम खबर डटकमका सम्पादक तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका इलाम तथा झापा श्रोत व्यक्ति हुनुहुन्छ ।

इलामः इलामको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२र ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्.....

02/08/2025

सूर्योदयमा सेक्स्ड सिमेन: २५ महिनामै ब्याएर २२ लिटर दुध

इलाम: दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यसहित सूर्योदय नगरपालिकाले प्रवर्द्धन गरेको 'सेक्स्ड सिमेन प्रविधि' प्रभावकारी बन्दै गएको छ। यस प्रविधिबाट जन्मेका बाछीहरू ब्याएसँगले उच्च मात्रामा दुध दिन थालेपछि कृषकहरू उत्साहित भएका छन्।

सूर्योदय नगरपालिका–४ थुलुङ गाउँका कृषक विशाल थुलुङका अनुसार सेक्स्ड सिमेनबाट जन्मिएको उहाँको गाईको बाछी २५ महिनाको उमेरमै ब्याएर अहिले दैनिक २२ लिटरभन्दा बढी दूध दिइरहेको छ।

“मैले विशेष स्याहारसहित राखेको थिएँ। अहिले २० लिटर दुध दिइरहेकी छ। अझ राम्रो स्याहार गरेमा यो मात्रा बढ्ने सम्भावना देखिएको छ ।” कृषक थुलुङले बताउनुभयो।

उहाँ भन्नुहुन्छ, “हामीजस्ता साना किसानका लागि यस्ता प्रविधिले धेरै फाइदा पुग्छ। पहिले सामान्य गाई पाल्दा ८–१० लिटर दुध पाइन्थ्यो, अहिले भने एकै गाईबाट दोब्बरभन्दा बढी उत्पादन भएको छ। नगरपालिकाले यस्तो प्रविधिमा जोड दिएकोमा धन्यवाद दिन चाहन्छु।”

नगरपालिकाले कृषकलाई वैज्ञानिक तथा प्राविधिक सहयोगसहित गुणस्तरीय सिमेन उपलब्ध गराउँदै आएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो। यस अभियानले दुग्ध उत्पादनमा मात्र नभई कृषकको आम्दानीमा समेत उल्लेखनीय सुधार ल्याएको उहाँको भनाई छ ।

सूर्योदय नगरपालिकाका पशु सेवा शाखाले आगामी दिनमा थप कृषकलाई यस प्रविधिमा समेट्ने योजना बनाएको जनाएको छ।

01/08/2025

माधवलाई झलनाथको प्रतिप्रश्न: मलाई पार्टी छोड भन्ने तपाईं कुन तानाशाह हो?

बोका पाठी पाएपछि उत्साहित किसानइलाम: इलाम नगरपालिका–४ ले स्थानीय किसानहरूलाई पशुपालनमा प्रेरित गर्ने उद्देश्यले बोका पाठ...
31/07/2025

बोका पाठी पाएपछि उत्साहित किसान

इलाम: इलाम नगरपालिका–४ ले स्थानीय किसानहरूलाई पशुपालनमा प्रेरित गर्ने उद्देश्यले बोका पाठी वितरण गरेको छ। उत्पादनशील पशुपालनमार्फत आम्दानी बढाउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा दर्जनौं किसानलाई गुणस्तरीय ४ बोका र ३४ पाठी वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए।

कार्यक्रममार्फत कृषिमा आत्मनिर्भरता र व्यावसायिकताको प्रवर्द्धन हुने स्थानीय सरकारको अपेक्षा रहेको छ। किसानहरूले बोका पाठी पाएपछि पशुपालन व्यवसाय विस्तारमा सहज हुने प्रतिक्रिया दिएका छन् ।

29/07/2025

'नजरदेखि नजर वेग्लिएको वेला ।'
तपाईंसँगपनि यस्तै कथा भए हामीलाई पठाउनुहोला। हामी तपाईंको‌ सामाग्री प्रकाशन गर्नेछौं।
सामाजिक सन्जालमा भेटिएको एउटा लेख...

जितपुर माध्यमिक विद्यालय-TECS (Jeetpur Technical Institute)मा‌ प्रि-डिप्लोमा भर्ना खुला।इलाम: जिल्लाको जितपुर नवमिमा अवस...
25/07/2025

जितपुर माध्यमिक विद्यालय-TECS (Jeetpur Technical Institute)मा‌ प्रि-डिप्लोमा भर्ना खुला।

इलाम: जिल्लाको जितपुर नवमिमा अवस्थित JEETPUR TECHNICAL INSTITUTE (Jeetpur Secondary School-TECS) ले एसइइ (SEE) परीक्षा उत्तीर्ण गरेका एवंम् NG आउने विद्यार्थीहरूका लागि प्रि-डिप्लोमा तहको कोर्समा भर्ना खुला गरेको छ।

शिक्षालयले निम्न विषयमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छः

१)प्रि-डिप्लोमा पशु विज्ञान
- लाइभस्टक प्रोडक्सन एनिमल हेल्थ(LP/AH)
- भेटेरिनरी जे टि ए(VJTA)

शिक्षालयले इलाम र वरपरका क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो भविष्य प्राविधिक क्षेत्रमा निर्माण गर्न यो अवसर प्रयोग गर्न आह्वान गरेको छ। इच्छुक अभिभावक तथा विद्यार्थीहरूले निम्न नम्बरमा शिक्षालयसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने जनाइएको छ।
-9842728904
9843441316
+9779842134076

ज्योती माविमा नतिजा सुधारका लागि अन्तर्क्रियाइलाम: सूर्योदय नगरपालिका-१३ स्थित  ज्योती माध्यमिक विद्यालयले कक्षा ८ र कक्...
24/07/2025

ज्योती माविमा नतिजा सुधारका लागि अन्तर्क्रिया

इलाम: सूर्योदय नगरपालिका-१३ स्थित ज्योती माध्यमिक विद्यालयले कक्षा ८ र कक्षा १० को नतिजा सुधार गर्न अभिभावक तथा सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा एसईई परीक्षामा १००% नतिजा ल्याउने विषयगत शिक्षकहरूलाई विशेष सम्मान गरिएको छ। साथै विद्यालयले "Student of the Month" कार्यक्रम सुरु गर्दै प्रत्येक महिनामा उत्कृष्ट विद्यार्थीलाई छनोट गरी सम्मान गर्ने योजना सार्वजनिक गरेको छ।

नतिजा सुधारका लागि विद्यालय, विद्यार्थी र अभिभावकबीच पारस्परिक जिम्मेवारी बाँडफाँट हुने गरी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ।

कार्यक्रमले विद्यार्थीको शैक्षिक प्रगति र विद्यालय–अभिभावक सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो। नगरप्रमुख राईले शिक्षा क्षेत्रको विकासमा विद्यालय, शिक्षक, अभिभावक र स्थानीय सरकार सबैको साझा भूमिका रहने बताउनुभएको छ।

"नतिजा सुधार र शिक्षामा गुणस्तर कायम राख्न यस्ता अन्तर्क्रियात्मक कार्यक्रम प्रभावकारी माध्यम हुन्।"उहाँले भन्नुभयो,"विद्यार्थीहरूलाई प्रेरित गर्न र शिक्षकको योगदानलाई कदर गर्न विद्यालयले सुरु गरेको सम्मान कार्यक्रम सराहनीय छ।"

नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

रत्न कुमार वान्तवामा डिप्लोमा भर्ना खुलाइलाम: जिल्लाको साखेजुङमा अवस्थित रत्न कुमार वान्तवा बहुप्राविधिक शिक्षालयले एसइइ...
24/07/2025

रत्न कुमार वान्तवामा डिप्लोमा भर्ना खुला

इलाम: जिल्लाको साखेजुङमा अवस्थित रत्न कुमार वान्तवा बहुप्राविधिक शिक्षालयले एसइइ (SEE) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि विभिन्न डिप्लोमा कोर्सहरूमा भर्ना खुला गरेको छ।

शिक्षालयले निम्न पाँच विषयमा तीन वर्षे प्राविधिक शिक्षा प्रदान गर्दै आएको छः
१. डिप्लोमा सिभिल इन्जिनियरिङ
२. डिप्लोमा बाली विज्ञान
३. डिप्लोमा बन विज्ञान
४. डिप्लोमा पशु विज्ञान
५. डिप्लोमा फार्मेसी

शिक्षालयका शिक्षक तथा समन्वयक मदन चौलागाईंका अनुसार फार्मेसीबाहेकका सबै कोर्सहरूको सम्पूर्ण तीन वर्षे शुल्क रु. ७५,००० मात्र रहेको छ। फार्मेसी कोर्सको शुल्क भने रु. १,५५,००० मात्र तोकिएको छ।

तर, धरौटी र ब्लक स्टडी बाहेक हेर्दा फार्मेसीको वास्तविक तीन वर्षे शुल्क रु. १,३५,००० मात्र पर्छ भने अन्य कोर्सहरूको रु. ५५,००० मात्र हुने बताइएको छ।

शिक्षालयले इलाम र वरपरका क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो भविष्य प्राविधिक क्षेत्रमा निर्माण गर्न यो अवसर प्रयोग गर्न आह्वान गरेको छ। इच्छुक अभिभावक तथा विद्यार्थीहरूले समन्वयक मदन चौलागाईं सँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने जनाइएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Ilam Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Khabar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share