HAMRO PURWA

HAMRO PURWA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HAMRO PURWA, Media/News Company, Ilam.

सत्य तथ्य समाचार र जानकारीमूलक कुराहरु साथै लुकेका प्रतिभाहरु र नचिनिएका ठाउँको हामी प्रचार गर्ने छौ। हामिलाई साथ दिनुहोस हामी तपाईलाई चिनाउने छौ । हाम्रो पेजलाई लाइक फलो गरिदिनु होला ।

29/08/2025

Shreeantu ilam❤️
Video : facebook

Heart Breaking : श्रीमानको कुवेतमा विषक्त मदिरा सेवनका कारण मृत्यु,! श्रीमानको मृत्युको खबर सुनेपछि नेपालमा बेहोश भएकी श...
29/08/2025

Heart Breaking : श्रीमानको कुवेतमा विषक्त मदिरा सेवनका कारण मृत्यु,! श्रीमानको मृत्युको खबर सुनेपछि नेपालमा बेहोश भएकी श्रीमतीको पनि मृत्यु ।💔

कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो।
पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो ।

श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्।हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ ।

स्थाई घर झापा बर्ने भएको र केही समय अगाडिबाट उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ...
23/08/2025

स्थाई घर झापा बर्ने भएको र केही समय अगाडिबाट उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ३४ का उदय मगर साउन ३० गते दिनको 12 बजे बाट हराईरहेको र खोजी कार्य भइ रहेको आज बिहान माईजोगमाई १ प्रेमेजुङ जंगलमा घासकाटने मानिसहरुले सडेको अवस्थामा मृत शरीर फेला पारेको र नयाँबजारबाट प्रहरिको टोलि र जनप्रतिनिधिहरु जादैगरेको पत्रकार विनु खडकाले बताए । घटनाको प्रकृति हेर्दा लडेर मरेको अवस्था देखिएको समेत खडकाले बताए । थप विवरण आउन बाकीँ

मानिस हराएको सुचना !
स्थाई घर झापा बर्ने भएको अहिले उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ३४ का उदय मगर साउन ३० गते दिनको 12 बजे बाट हराईरहेको र खोजी कार्य भइरहेको हुनाले कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी वा भेना डिल्ली राम 9849062572,9842163631मा सम्पर्क गरिदिनु होला । हराएका ब्यक्ती बिरामी भएकोले सबैले यो पोस्टलाई सेयर गरेर खोज्नमा मद्धत गरिदिनु होला ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।१९२...
23/08/2025

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतिराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउनुभएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
यस्तै
हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयाेग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।

आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन सम्पूर्ण बुवाहरुप्रति समर्पणसानो हुँदा हात समाई ताते-ताते गर्दै हिँडाउनुभएका,आफ...
23/08/2025

आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन सम्पूर्ण बुवाहरुप्रति समर्पण

सानो हुँदा हात समाई ताते-ताते गर्दै हिँडाउनुभएका,
आफ्नो पेट खाली राखेर पनि छोराछोरीको पेट भर्ने,
पुराना लुगा लाएर पनि हाम्रो सपना नयाँ बनाउन खोज्ने–
त्यही अमूल्य नाउँ हो बुवा।

थकाइ, पीडा र रोग सबै लुकाएर,
दिनरात पसिना खन्याउँदै परिवारको खुशीमा रम्ने,
न त रुने ठाउँ नत कतै जाने ठाउँ छ बा तपाईको मात्र त्याग र अरुको खुसिको लागि मरिहत्ते गर्ने मेरा बा
बाहिर कठोर देखिए पनि भित्रबाट संसारकै कोमल हृदय बोकेर
हामीलाई जीवनको बाटो देखाइरहनु हुन्छ।

आजको दिनमा मात्र होइन,
हरेक दिन उहाँको सम्झना, मायाँ र आशीर्वाद हाम्रो लागि शक्तिको स्रोत हो।
म आज जहाँ छु, त्यो तपाईँकै असीम त्याग र प्रेरणाको उपज हो।

साँच्चै भन्ने हो भने,
मैले अझै पनि तपाईँका सपना अनुसार केही गर्न सकेको छैन,
तर तपाईं सधैँ आशिर्वादका साथमा हुनुहुन्छ,
बाकै कारण आट, हिम्मत र आत्मविश्वास पलाउँछ।
एक दिन अवश्य तपाईंलाई गर्व गर्ने पल दिनेछु, बा🙏❤️
तपाईको छोरा हुँ भन्दा गर्व लाग्छ बा तपाईलाई सधै माया र सम्मान 🙏❤️❤️

मानिस हराएको सुचना !स्थाई घर झापा बर्ने भएको अहिले उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका...
17/08/2025

मानिस हराएको सुचना !
स्थाई घर झापा बर्ने भएको अहिले उपचारको लागि माईजोगमाई १ लप्सिबोटेमा दिदी भेनाको घरमा आएर बस्दै गरेका बर्ष ३४ का उदय मगर साउन ३० गते दिनको 12 बजे बाट हराईरहेको र खोजी कार्य भइरहेको हुनाले कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी वा भेना डिल्ली राम 9849062572,9842163631मा सम्पर्क गरिदिनु होला । हराएका ब्यक्ती बिरामी भएकोले सबैले यो पोस्टलाई सेयर गरेर खोज्नमा मद्धत गरिदिनु होला ।

16/08/2025

🌼🙏 शुभ कृष्ण जन्माष्टमी २०८२ 🙏🌼
आज भगवान श्रीकृष्णको जन्मोत्सव, सत्य, धर्म र न्यायको प्रतीकको दिन।
यस पावन अवसरमा सबैमा प्रेम, करुणा र शान्तिको भावना जागोस् 💛 श्री कृष्णजन्माष्टमीको सम्पूर्णमा हार्दिक शुभकामना 🏵️🕉️🕉️🦚🦚🦚
"यदा यदा हि धर्मस्य..." – श्रीमद्भागवत गीता

जय श्रीकृष्ण! 🦚✨ राधे राधे

हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन...
09/08/2025

हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।

आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मन...
29/07/2025

आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने चलन वैदिक सनातनकालदेखि छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
नागपञ्चमीको शुभकामना 🙏🙏

Latest condition of TU Cricket Ground as construction work is going on. ❤️🇳🇵   Pics. Sajan Lamichhane/ CAN
27/07/2025

Latest condition of TU Cricket Ground as construction work is going on. ❤️🇳🇵

Pics. Sajan Lamichhane/ CAN

जवरजस्ती करणी कसुरको अभियुक्त पक्राउ
25/07/2025

जवरजस्ती करणी कसुरको अभियुक्त पक्राउ

माई नगरपालिका : सामर्थ्य र सम्भावना | वृत्तचित्र | Mai Municipality Documentary Ilam 2082
22/07/2025

माई नगरपालिका : सामर्थ्य र सम्भावना | वृत्तचित्र | Mai Municipality Documentary Ilam 2082

यो इलामको माई नगरपालिकाको वृत्तचित्र हो ।

Address

Ilam
इलाम

Alerts

Be the first to know and let us send you an email when HAMRO PURWA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HAMRO PURWA:

Share