ilam Green News

ilam Green News देश तथा विदेशका सम्पुर्ण समाचार,सुचना तथा अन्य सम्पुर्ण जानकारीका लागि हाम्रो पेज लाईक गर्नुहोला !

 #इलाम २ बाट सुहाङ नेम्बाङ एकल उम्मेदवार सिफारिस ❗️आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र २ ...
03/01/2026

#इलाम २ बाट सुहाङ नेम्बाङ एकल उम्मेदवार सिफारिस ❗️
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र २ बाट नेकपा (एमाले)ले सुहाङ नेम्बाङको मात्रै नाम उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ‼️

सरकारसंग ६ बुँदे सम्झौता भएपछि Dr. Nicholous Bhusal ११ औँ दिनमा अनसन तोडेका छन्। 😮
02/01/2026

सरकारसंग ६ बुँदे सम्झौता भएपछि Dr. Nicholous Bhusal ११ औँ दिनमा अनसन तोडेका छन्। 😮

माईबेनी मेलाको तयारीमा जुट्यो आयोजक समिति🔊📣यस वर्ष पनि माईबेनी मेला लाग्ने भएको छ । माइजोगमाई ४ स्थित माई र जोगमाई खोलाक...
02/01/2026

माईबेनी मेलाको तयारीमा जुट्यो आयोजक समिति🔊📣
यस वर्ष पनि माईबेनी मेला लाग्ने भएको छ ।
माइजोगमाई ४ स्थित माई र जोगमाई खोलाको दोभानमा माइबेनी मेला यो वर्ष पनि लाग्ने भएको हो ।
मेलाको तयारीका लागि सनमान लिम्बूको अध्यक्षतामा २१ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । उपाध्यक्षमा भीमराज लिम्बू, सचिवमा देव विष्ट, सह–सचिवमा चुडामणि गुरुङ र कोषाध्यक्षमा उज्वल देवान चयन भएका छन् ।
फाइल तस्विर

BREAKING: रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति भएको छ!Agreement details to follow!
29/12/2025

BREAKING: रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति भएको छ!

Agreement details to follow!

इलाम अस्पताल तोड्फोड विषयमा इलाम अस्पतालको प्रेस बिज्ञप्ती 🌷📣
28/12/2025

इलाम अस्पताल तोड्फोड विषयमा इलाम अस्पतालको प्रेस बिज्ञप्ती 🌷📣

सरकारको कामप्रति माओबादीद्वारा बिरोध 👊इलाममा कोण सभा गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओबादी) जिल्ला समिति इलामले हालको स...
28/12/2025

सरकारको कामप्रति माओबादीद्वारा बिरोध 👊
इलाममा कोण सभा गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओबादी) जिल्ला समिति इलामले हालको सरकारको बिरोध गरेको छ । इलाम बजारमा आयोजित कार्यक्रममा यो सरकारले जन भावना बमोजिम काम गर्न नसकेको भन्दै बिरोध गरिएको हो ।

सानिमा रिलायन्सद्वारा पहिरो प्रभावित क्षेत्रलाई  नगद एक लाख इलाम / सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिरो प्रभावित क्षे...
28/12/2025

सानिमा रिलायन्सद्वारा पहिरो प्रभावित क्षेत्रलाई नगद एक लाख
इलाम / सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिरो प्रभावित क्षेत्रका बासिन्दाका लागि नगद एक लाख बितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाको मातहतमा रहेको पहिरो प्रभावित क्षेत्रलाई नगद वितरण गरेको हो । चेक इलाम नगरपालिका प्रमुख केदार थापालाई हस्तान्तरण गरेको कम्पनी इलामका कर्मचारी चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार छौ । कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेलले सो चेक हस्तान्तरण गरेका थिए ।
यस अघि पनि सानीमा रिलायन्स लाईफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व बातकको रकम हस्तान्तरण गर्दै आएको छ । चेक हस्तान्तरण गर्दै प्रदेश प्रमुख पौडेलले कम्पनीले विपद् तथा कठिन परिस्थितिमा समेत समुदायसँग सधैँ साथ र सहकार्य गर्दै आएको बताए ।

 #वैकल्पिक मार्ग प्रयोग गर्न हुन ❗️इलाम नगरपालिका वडा नं-८ तिल्केनी-बाँनिया गाउँ/बौद्धपार्क हुदै सोयाङ जाने सड़क अन्तर्ग...
28/12/2025

#वैकल्पिक मार्ग प्रयोग गर्न हुन ❗️
इलाम नगरपालिका वडा नं-८ तिल्केनी-बाँनिया गाउँ/बौद्धपार्क हुदै सोयाङ जाने सड़क अन्तर्गत जंगल क्षेत्रमा सडक निर्माण कार्य भईरहेको हुँदा सो सडक पुष १८ गते सम्मलाई बन्द गरिएकोले वैकल्पिक सडक प्रयोग गरिदिन हुन स्थानीयबासीहरुले अनुरोध गर्नु भएको छ ‼️

राजदुवालीमा कार पल्टिॅदा शेर्पा घाइतेमेची राजमार्गको इलाम राजदुवालीमा गएराति १० बजेतिर इलामबाट झापा जाॅदैगरेको मे १च २७७...
28/12/2025

राजदुवालीमा कार पल्टिॅदा शेर्पा घाइते

मेची राजमार्गको इलाम राजदुवालीमा गएराति १० बजेतिर इलामबाट झापा जाॅदैगरेको मे १च २७७६ नम्बरको कार सडकबाट खस्दा इलाम नपा ७ का लाक्पा शेर्पा घाइते भएका छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन...
28/12/2025

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ !

वकिल द्वारा इलाम अस्पतालमा तोड्फोड इलाम / इलाम अस्पतालमा एक वकिलले  तोडफोड गरेका छन ।  वकिल युवराज लिम्बुले तोड्फोड गरेक...
27/12/2025

वकिल द्वारा इलाम अस्पतालमा तोड्फोड
इलाम / इलाम अस्पतालमा एक वकिलले तोडफोड गरेका छन । वकिल युवराज लिम्बुले तोड्फोड गरेका हुन । पिकनिक खाएर फर्किने क्रममा दुर्घटनामा परेपछि घाइते भएका लिम्बुले डाक्टर उपचारमा ढिलो आएको भन्दै एम्मेरजेन्सी कक्षमा तोड्फोड गरेको बताइएको छ ।
इमरजेन्सी कक्षमा पनि डाक्टर उपचारका लागि ढिलो आउने गरेको भन्दै आक्रोशित उनले इमरजेन्सी कक्षको सिसा फोडेको बताइएको छ ।
तोड्फोडबाट इमरजेन्सी कक्षमा क्षति पुगेको अस्पताल श्रोतले जानकारी दिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने जानकारी प्राप्त नभएको बताएको छ ।

24/12/2025

Address

Ilam District
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when ilam Green News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share