Local Sandesh

Local Sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Local Sandesh, News & Media Website, Ilam.
(1)

Official page of www.localsandesh.com
Contact : 9851106275 email : [email protected]
youtube : https://www.youtube.com/
Functions under the management of Bigyapan Agency Nepal Suryodaya Municipality -10 Fikkal

गोपाल चौहानद्वारा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणानेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत इलाम निर्वाचन क्षेत्...
10/09/2026

गोपाल चौहानद्वारा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा गोपाल चौहानले उम्मेदवारी घोषणा

माईजोगमाई र सन्दकपुरमा विभिन्न दलका कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेशइलाम । इलामका माईजोगमाई गाउँपालिका–६ र सन्दक...
10/09/2026

माईजोगमाई र सन्दकपुरमा विभिन्न दलका कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश

इलाम । इलामका माईजोगमाई गाउँपालिका–६ र सन्दकपुर गाउँपालिका–५ मा विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। विभिन्न दलमा आबद्ध कार्यकर्ताहरू परिवर्तनको चाहना र नयाँ राजनीतिक विकल्पप्रतिको विश्वासका साथ पार्टी प्रवेश गरेको श्रम संस्कृति पार्टीले जनाएको छ।

पार्टी प्रवेशलाई केवल सङ्ख्यात्मक वृद्धि मात्र नभई परम्परागत राजनीतिक शैलीप्रतिको जनअसन्तुष्टि र नयाँ राजनीतिक संस्कारप्रतिको बढ्दो अपेक्षाका रूपमा हेरिएको छ। कार्यक्रममा सहभागीहरूले पुराना राजनीतिक दलहरूले लामो समयसम्म सत्ता र अवसर प्राप्त गरे पनि आमजनताको जीवनस्तरमा अपेक्षित परिवर्तन ल्याउन नसकेको धारणा राखेका थिए।

श्रम संस्कृति पार्टीका नेताहरूले परिवर्तन केवल भाषण, नारा र चुनावी प्रतिबद्धताबाट सम्भव नहुने बताएका छन्। उनीहरूले व्यवहार, नीति, श्रम र परिणामबाट राजनीतिक परिवर्तन प्रमाणित हुनुपर्नेमा जोड दिएका छन्।

पार्टी प्रवेशका क्रममा राजनीतिक विचार र यात्रा परिवर्तन गर्नु प्रत्येक नागरिकको लोकतान्त्रिक अधिकार भएको उल्लेख गरिएको छ। पार्टी परिवर्तन गर्दैमा व्यक्तिको जात, धर्म, संस्कार वा पहिचान नमेटिने भन्दै सहभागीहरूले आफ्नो विवेक र राजनीतिक रोजाइअनुसार नयाँ विकल्प रोज्न पाउने अधिकार सुरक्षित रहेको बताएका छन्।

कार्यक्रममा श्रम संस्कृति पार्टीले आफूलाई पनि जनताको प्रश्न र खबरदारीभन्दा माथि नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टी सत्तामा पुगेपछि पुरानै राजनीतिक शैली, प्रवृत्ति र स्वार्थको बाटोमा अघि बढे जनताले त्यसलाई प्रश्न गर्ने, खबरदारी गर्ने र आवश्यक परे अर्को विकल्प खोज्ने अधिकार राख्ने पार्टीको भनाइ थियो।

“हाम्रो लक्ष्य केवल कुर्सी परिवर्तन गर्नु होइन, शासन गर्ने संस्कार परिवर्तन गर्नु हो,” पार्टीका नेताहरूले भने, “झण्डा परिवर्तन मात्र होइन, जनताको अवस्था परिवर्तन र नेता परिवर्तन मात्र होइन, समग्र राजनीतिक संस्कार परिवर्तन आवश्यक छ।”

माईजोगमाई–६ र सन्दकपुर–५ मा भएको पार्टी प्रवेशले इलामको ग्रामीण क्षेत्रमा नयाँ राजनीतिक विकल्पप्रति चासो र बहस बढ्दै गएको संकेत गरेको स्थानीय सहभागीहरूको भनाइ छ।

10/09/2026

बनेको छ पहराले रगतमा मित्र मगरको बाँसुरी धुन

रसुवा बाढीपिडित सहयोगार्थ बिशेष सांगितिक कार्यक्रम फिक्कल चोक बजार  अलङ्कार ब्याण्डको प्रस्तुति संगै राहत संकलन बिशेष का...
10/09/2026

रसुवा बाढीपिडित सहयोगार्थ बिशेष सांगितिक कार्यक्रम फिक्कल चोक बजार
अलङ्कार ब्याण्डको प्रस्तुति संगै राहत संकलन बिशेष कार्यक्रम २०८३

आयोजक : S.T.F सिनियर टीम फिक्कल

सहयोगि संस्थाहरु: United Fikkal Club,Suryodaya JCI 2026 , MTB RIDERS Ilam , Shree Nidhi Hospital Fikkal, Pump City Youth Club , karfok yuwa Club

10/09/2026

भुपेन्द्र राईको सेक्सोफोनमा फिक्कलमा अलङ्कार ब्यान्डको वाढी पिडित सहयोगार्थ कन्सर्ट

चिया सहकारीबाट प्रधानमन्त्री दैवीप्रकोप कोषमा रकम जम्मा भोटेकोसी नदिमा आएको बाढीबाट ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्...
10/09/2026

चिया सहकारीबाट प्रधानमन्त्री दैवीप्रकोप कोषमा रकम जम्मा
भोटेकोसी नदिमा आएको बाढीबाट ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्जली र मृतात्माको आत्मा शान्तिको कामना, घाईते र उपचाररतहरुको स्वास्थ्य लाभको कामना साथै हराईरहेकाहरुको सिघ्र उद्धारको लागि कामना गर्दै प्रधानमन्त्री दैवीप्रकोप कोषमा हाम्रो सुन्दरपानी चिया उत्पादक सहकारी संस्था लि सूर्योदय नगरपालिका ९, सुन्दरपानी, ईलामको तर्फबाट एकाउन्न हजार एक सय एघार रुपैयाँ मात्र जम्मा गरिएको जम्मा गरेको छ ।

सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङमा नेपाल
10/09/2026

सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङमा नेपाल

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ओमानविरूद्ध खेलिरहेको छ। प्रतियोगिताको सेमिफाइनलमा ...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
10/09/2026

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। कोशी, बागमती, गण्डकी...

नेपाली कांग्रेस इलाम क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा हरिकला श्रेष्ठको उम्मेदवारी घाेषणा ।नेपाली कांग्रेसको आसन्न ऐति...
09/09/2026

नेपाली कांग्रेस इलाम क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा हरिकला श्रेष्ठको उम्मेदवारी घाेषणा ।
नेपाली कांग्रेसको आसन्न ऐतिहासिक १५औँ महाधिवेशनअन्तर्गत इलाम प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा हरिकला श्रेष्ठले उम्मेदवारी घोषणा गरेकि छन् ।
उनले महाधिवेशनलाई भव्य, सभ्य, एकताबद्ध र सफल बनाउन सम्पूर्ण पार्टीपङ्क्ति, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी जनसमुदायमा सहयोग र समर्थनका लागि हार्दिक अपिल गरेकि छन् ।
विचार, विधि, समावेशिता, युवा आकांक्षा र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै पार्टीको नवजीवन, रूपान्तरण तथा जनविश्वास पुनर्स्थापनाका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले जानकारि दिइन् ।
सम्पर्क:
📞 ९८१२६८०३६९, ९८११६१०२५६९

Address

Ilam

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:30
Friday 06:45 - 18:30
Sunday 06:00 - 16:15

Telephone

+97727540040

Alerts

Be the first to know and let us send you an email when Local Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Local Sandesh:

Shortcuts

Share