Kirat Awaj

Kirat Awaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirat Awaj, News & Media Website, mangsebung3ilam, Ilam.
(1)

 #किरात याक्थुङ लिम्बू परम्परा अनुसार गरिने तेन्धाम्गेन मेक्खिममा आफ्नो मौलिक पोशाकमा बेहुला र बेहुली ...
10/08/2026

#किरात याक्थुङ लिम्बू परम्परा अनुसार गरिने तेन्धाम्गेन मेक्खिममा आफ्नो मौलिक पोशाकमा बेहुला र बेहुली ...

 #किरात धर्मगुरुआमा साबा पवित्रहाङमा लिङ्देन
10/08/2026

#किरात धर्मगुरुआमा साबा पवित्रहाङमा लिङ्देन

 #किरात धर्मगुरु
10/08/2026

#किरात धर्मगुरु

धार्मिक जागरण अभियान
10/08/2026

धार्मिक जागरण अभियान

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले झापाको कन्काई नगरपालिका ७ मा अवस्थित किरात मुक्साम युमा माङह...

युमा माङहिम र फाल्गुनन्द मिङसो माङहिममा अनुगमन सम्पन्न     किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले झापाको कन्क...
10/08/2026

युमा माङहिम र फाल्गुनन्द मिङसो माङहिममा अनुगमन सम्पन्न

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले झापाको कन्काई नगरपालिका ७ मा अवस्थित किरात मुक्साम युमा माङहिममा र अर्जुनधारा नगरपालिका ३ खुदुनाबारिमा रहेको लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा कार्यक्रम सम्पन्न गरेको छ ।

अभियानका संयोजक किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अवलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, कुसुम लिङ्देन, माङगेन्ना समिति सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेमको उपस्थिति रहेको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष कूलबहादुर लाओती, सदस्य पूर्णकार्की ढोली, मुन्धुमी शिक्षा व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङ लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रमको पाँचौ दिन सोमबार बुद्धशान्ति गाउँपालिका ४, मा जुनेली बस्ती अवस्थित किरात हाङसाम युमा माङहिममा पहिलो चरणको अनुगमन कार्यक्रम हुनेछ । भने, दोस्रो चरणमा टिमाईमा रहेको किरात हाङसाम तुम्भेवा माङहिममा अनुगमन कार्यक्रम हुने भएको छ ।

त्यसपछि बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा अवस्थित किरात हाङसाम थेबा माङहिममा अनुगमन र तीन वटैं माङहिमको संयुक्त आयोजनामा धार्मिक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

पहिलो चरणको कार्यक्रम झापाको कन्काई नगरपालिका ७, मा अवस्थित किरात मुक्साम युमा माङहिममा माङहिम व्यवस्थापन समितिका अध्यक्ष धनपाल कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन माङहिम व्यवस्थापन समितिका सचिव हर्कबहादुर आङबोले गरेको थियो ।

दोस्रो चरणमा लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा माङहिम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन माङगेन्ना समितिका केन्द्रीय सदस्य कुसुम लिङ्देनले गरेको थियो।
२४ साउन २०८३, आइतबार ।

एलपीजी ग्याँसको ५५ डिपोमा प्रहरी परिचालन    साभार: nagariknews
10/08/2026

एलपीजी ग्याँसको ५५ डिपोमा प्रहरी परिचालन



साभार: nagariknews

 #किरात धर्मगुरुआमा ज्यु दीर्घायूको कामना
10/08/2026

#किरात धर्मगुरुआमा ज्यु दीर्घायूको कामना

 #बुद्धशान्तिमा हुने कार्यक्रममा उपस्थितिको लागि जानकारी किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिङगुम अङस...
10/08/2026

#बुद्धशान्तिमा हुने कार्यक्रममा उपस्थितिको लागि जानकारी

किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको संयोजनमा सञ्चालित माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट तथा धार्मिक प्रशिक्षण कार्यक्रम तपशील अनुसार हुने भएकोले सो कार्यक्रममा सम्पूर्ण महानुभावहरु उपस्थित भइदिनु हुन जानकारी सहित अनुरोध छ ।
कार्यक्रम : २०८३ साउन २५ गते सोमबार
पहिलो चरण : बुद्धशान्ति गाउँपालिका ४, जुनेली बस्ती अवस्थित किरात हाङसाम युमा माङहिम अनुगमन कार्यक्रम
दोस्रो चरण : बुद्धशान्ति गाउँपालिका ४, टिमाईमा रहेको किरात हाङसाम तुम्भेवा माङहिममा अनुगमन कार्यक्रम
तेस्रो चरण : बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा अवस्थित किरात हाङसाम थेबा माङहिममा तीनवटै माङहिमको संयुुक्त आयोजनामा धार्मिक प्रशिक्षण !

यो संसार आवातजावत गर्ने ठाउँ मात्रै  हो
10/08/2026

यो संसार आवातजावत गर्ने ठाउँ मात्रै हो

  यो खबर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, तर २२० करोड रुपैयाँ खर्च गरेको भन्ने दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र ...
09/08/2026


यो खबर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, तर २२० करोड रुपैयाँ खर्च गरेको भन्ने दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र हो। वास्तविकता यो भन्दा निकै फरक र सस्तो छ।

उनले जापानको एउटा प्रसिद्ध स्पेशल इफेक्ट्स कम्पनी Zeppet लाई अर्डर दिएर दुरुस्तै असली कुकुर (Border Collie जातको) जस्तो देखिने एउटा विशेष सूट बनाउन लगाएका हुन। साभार : समाजिक सन्जाल

Address

Mangsebung3ilam
Ilam

Alerts

Be the first to know and let us send you an email when Kirat Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kirat Awaj:

Shortcuts

Share