Pratikshan National Daily

Pratikshan National Daily A newspaper is a publication printed on paper and issued regularly, usually once a day or once a wee

21/02/2026

आज देशव्यापी रूपमा परिवर्तनको संकल्पका साथ शिक्षक, पत्रकार, चिकित्सक, इन्जिनियर लगायत विभिन्न पेशागत क्षेत्रका योग्य र प्रतिबद्ध उम्मेदवारहरू निर्वाचनमा होमिएका छन्।
यो केवल चुनाव होइन, यो हाम्रो भविष्य निर्माण गर्ने अवसर हो। त्यसैले विगतका अनुभवबाट पाठ सिक्दै, यसपटक आफ्नो अमूल्य मत सच्चा परिवर्तनतर्फ केन्द्रित गरौँ।

#इकबालअहमद लाई भोट किन?
#क्षेत्र२ #सुन्सरि #इनरुवा #स्वतन्त्र #बबिया

14/02/2026

यसपाली कैची छापमा मतदान गर्नु l

14/02/2026

नेपालकै होचा यूवा कृष्ण मेहताको भनाइ कैंची छापमा मतदान गर्नु l #

12/02/2026

गाउँघरमा मतदातासँग व्यस्त सुनसरी क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार इकवाल अहमद ‌!! # ramdhuni #

युवा को सान, कैँची मा मतदानजनता को बोली कैचि मा भोली!!
03/02/2026

युवा को सान, कैँची मा मतदान
जनता को बोली कैचि मा भोली!!

कमजोर आँकलनमा परेका तर दह्रो जग भएका सुनसरी–२ का स्वतन्त्र उम्मेदवार इकवाल अहमद lकोशी हटलाइन इनरुवा । तीन दशकदेखि सुनसरी...
31/01/2026

कमजोर आँकलनमा परेका तर दह्रो जग भएका सुनसरी–२ का स्वतन्त्र उम्मेदवार इकवाल अहमद l
कोशी हटलाइन इनरुवा । तीन दशकदेखि सुनसरीको सदरमुकाम इनरुवालाई केन्द्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका इकवाल अहमद अहिले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय समस्या उजागर गर्ने, जनताको आवाज राज्यसम्म पु¥याउने र समाधानका लागि पहल गर्ने भूमिकाका कारण उनी यो क्षेत्रका मतदातामाझ परिचित र विश्वसनीय अनुहारका रूपमा चिनिन्छन् ।
पत्रकारितामार्फत जनताको दुःख–सुखसँग जोडिँदै आएका अहमदले वर्षौँदेखि स्थानीय मुद्दा उठाउँदै आएका छन् । सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, सुकुम्बासी समस्या लगायतका विषयमा उनले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यही सक्रियता र निरन्तरताले उनलाई केवल पत्रकार मात्र नभई जनताको सरोकारवाला र विश्वासिलो प्रतिनिधिको रूपमा स्थापित गरेको छ ।
दलभन्दा बाहिर उभिएको दह्रो उम्मेदवारी
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भइसकेका अहमदको उम्मेदवारीलाई सुरुवातमा ठूला दलहरूले सामान्य आँकलन गरेका थिए । तर, अहिले उनको लोकप्रियता र जनसमर्थनले प्रमुख दलका उम्मेदवारहरूलाई समेत चुनौती दिने अवस्था सिर्जना हुँदै गएको देखिन्छ ।
अल्पसंख्यक मुस्लिम समुदायका एक्लो प्रतिनिधिको रूपमा उम्मेदवारी दिएका अहमदको बलियो आधार यही क्षेत्रको बाक्लो मुस्लिम जनसंख्या हो । सुनसरी–२ मा करिब २० हजारभन्दा बढी मुस्लिम मतदाता रहेको अनुमान छ, र उनी ती मतदाताका लागि आफ्नै समुदायको एकमात्र उम्मेदवार हुन् । यही कारण मुस्लिम समुदायमा उनको समर्थन उल्लेखनीय देखिएको छ ।
घरदैलोमा देखिएको जनसमर्थन
अहमदको चुनावी शैली अरु उम्मेदवारभन्दा फरक देखिन्छ । उनी एक्लै घरदैलो अभियानमा निस्कन्छन् । कुनै ठूलो प्रचार टोली बिना नै गाउँ–गाउँ पुग्ने उनको शैलीले मतदातामा थप विश्वास जगाएको छ ।
गाउँ पुगेपछि उनलाई चिन्ने स्थानीयहरूले आफैँ घर–घरमा निम्तो दिँदै जितको शुभकामना दिने गरेका छन् । कतिपय स्थानमा उनको घरदैलो अभियानलाई सघाउन सय–डेढ सय मानिसहरू स्वस्फूर्त रूपमा भेला हुने गरेका छन् ।
विशेषगरी मुस्लिम बस्तीहरूमा उनलाई आफ्नै समुदायको वास्तविक प्रतिनिधिजस्तो व्यवहार गरिन्छ । मतदाताहरूले उनलाई घर लैजाने, जितका लागि अल्लाहसँग प्रार्थना गर्ने र पूर्ण समर्थन जनाउने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।
इकवाल अहमदको बलियो पक्ष
इकवाल अहमदको उम्मेदवारीलाई बलियो बनाउने विभिन्न आधारहरू रहेका छन्, जसले उनलाई अन्य उम्मेदवारभन्दा फरक र प्रभावशाली बनाएको छ ।
सबै समुदायमा परिचित अनुहारका रुपमा देखिएका उनलाई तीन दशकको पत्रकारिता अनुभवले घर–घरमा चिनिने व्यक्तित्व बनाएको छ । मुस्लिम समुदायका एक्लो उम्मेदवारको रुपमारहेका उनी अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने बलियो आधार बनेका छन ।
त्यस्तै जेनजी आन्दोलनपछि युवा नेतृत्वको कुरा उठिरहँदा युवा र ऊर्जाशील उम्मेदवारको रुपमा उनले नयाँ सोच र सक्रियताले युवाहरूलाई आकर्षित गरिरहेका छन ।
सहज रुपमा उपलब्ध हुने उनको सरल, सहज र इमानदार छविसहित जनतासँग आत्मीय सम्बन्ध देखिन्छ ।
पत्रकारितामार्फत जनताको बोली बोल्दै आएका इकवाल वाक् कलामा निपुण मात्रै होइनन्, स्पष्ट र प्रभावकारी रूपमा कुरा राख्न सक्ने क्षमता भएका उम्मेदवार हुन ।
पत्रकारितामार्फत समाजका मुद्दाहरुलाई राम्ररी बुझेका उनी यथार्थ मुद्दा उठाउने क्षमतासहित भावनाभन्दा तथ्य र व्यवहारिक समाधानमा केन्द्रित गर्न सक्ने क्षमताका छन ।
पत्रकारिताका क्रममा गरेका पहलकदमीका कारण सरोकारवालाको ठूलो सञ्जाल उनीसँग आत्मीय रुपमा जोडिएको छ । सँगै सामाजिक चेतना र परिवर्तनको चाहनामा रहेका युवाको समर्थन उनको जितको आधार देखिएको छ ।
त्यसैगरी असन्तुष्ट मतदाताको रोजाइका विकल्पको रुपमा उनी देखिएका छन । कांग्रेस, एमाले, नेकपा र रास्वपाका असन्तुष्ट मतदाताको विकल्पका रूपमा उभिन सक्ने सम्भावना देखिएको छ ।
अझै कांग्रेस निकट पृष्ठभूमि भएका कारण पछिल्लो पार्टीभित्रको तिक्तताका कारण कांग्रेसप्रति नकारात्मक भएका र दलगत राजनीतिबाट असन्तुष्ट मतदातालाई आकर्षित गर्ने सम्भावना देखिएको छ ।
जनताको उम्मेदवार बन्दै इकवाल
राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्र, ठूला जुलुस र खर्चिला प्रचारमा केन्द्रित भइरहँदा इकवाल अहमद भने जनताको घर–घर पुगेर प्रत्यक्ष संवादमा केन्द्रित छन् । उनी आफ्नो उम्मेदवारीलाई पद र प्रतिष्ठाभन्दा पनि जनताको सेवाका रूपमा प्रस्तुत गरिरहेका छन् ।
उनको भनाइमा, “म पत्रकारितामार्फत जनताको पक्षमा उभिँदै आएको छु । अब संसद्मा पुगेर यही आवाजलाई अझ मजबुत बनाउने मेरो लक्ष्य हो ।”
निर्णायक बन्न सक्ने स्वतन्त्र उम्मेदवारी
सुनसरी–२ मा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा देखिए पनि इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी निर्णायक बन्न सक्ने संकेत देखिन थालेको छ । कमजोर आँकलनमा परे पनि उनको दह्रो सामाजिक जरा, समुदायको समर्थन, युवामाँझ लोकप्रियता र पत्रकारितामार्फत बनाएको विश्वासले उनलाई प्रभावशाली प्रतिस्पर्धीको रूपमा उभ्याएको छ ।
अब प्रश्न यो छ—पार्टीका ठूला संरचना र खर्चिला अभियान भारी पर्नेछन्, वा जनतासँगको लामो सम्बन्ध र विश्वासले स्वतन्त्र उम्मेदवारलाई जितको ढोका खोल्नेछ ?

31/01/2026

रामधुनीमा जनता सङ्ग भेटघाट गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनसरी २ नम्बर निर्वाचन क्षेत्र सुनसरी चुनाव चिन्ह कैंची छाप का स्वतन्त्र उम्मेदवार इफ्तखार हसन (इकवाल) अहमद l

31/01/2026

रामधुनी ८ का जनता सङ्ग भेटघाट गर्दै २ नम्बर निर्वाचन क्षेत्र सुनसरी का स्वतन्त्र उम्मेदवार अहमद l प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनसरी २ नम्बर निर्वाचन क्षेत्र सुनसरी चुनाव चिन्ह कैंची छाप का स्वतन्त्र उम्मेदवार इफ्तखार हसन (इकवाल) अहमद l

जनताको साथमा, विकासको बाटोमा: नेता कार्कीलौकही —नेपाली कांग्रेसका नेता पूर्व मन्त्री तथा सुनसरी क्षेत्र नं.४ का प्रतिनिध...
31/01/2026

जनताको साथमा, विकासको बाटोमा: नेता कार्की

लौकही —नेपाली कांग्रेसका नेता पूर्व मन्त्री तथा सुनसरी क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले समग्र क्षेत्रका जनताको साथमा र विकासको बाटोमा हिड्ने नेता हुन ज्ञानेन्द्र बहादुर कार्की ।
जनताको साथ र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ। उहाँले पहिलोपटक २०७४ सालमा निर्वाचित भएपछि सडक, खानेपानी, तथा
जनताको चाहना अनुसार योजना बनाई विकास गरेका थिए । उहाँका अनुसार यस क्षेत्रबाट अरु नेताले जनतालाई ठग्ने बाहेक अरु केही काम गरेको छैन।
सुनसरी क्षेत्र नं.४ का आम मतदाताहरु भन्नु हुन्छ
ज्ञानेन्द्र बहादुर कार्की विकासमुखी सोच राख्ने नेता हुन् र
राष्ट्रिय राजनैतिकमा पकड भएको नेताको रूपमा चिनिन्छ। राजनीतिक जीवनमा रहँदा उहाँले पूर्वाधार विस्तार, सेवाप्रवाह सुधार, र निजी–सरकारी सहकार्य मार्फत जनताको मन जितेर काम गरेका छन । समग्र रूपमा भन्ने हो भने ज्ञानेन्द्र बहादुर कार्की विकासलाई नारामा सीमित नगरी नीति, योजना र कार्यान्वयन तीनै तहमा अघि बढेर जनताको साथमा र विकासको बाटोमा काम गर्ने नेताको रुपमा लिईन्छ। त्यस कारण आगामी फागुन २१ गते रुख चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिएर मलाई जिताउन हुन आम मतदाता आमा,बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले हार्दिक अपिल गर्नु भएको छ।

29/01/2026

ज्ञानेन्द्र बहादुर कार्कीले गरेको बिकास हेरौं ।
सुनसरी क्षेत्र नं. ४ बाट थुप्रै नेताहरु जितेर गए तर बिकासको नाममा जिरो। यो कालो पत्रे सडक जुन कोशी गाउँपालिका-३ र ५ नं वडा जोड्ने बाटो निर्माणको काम
ज्ञानेन्द्र बहादुर कार्कीको बिशेश पहल र बजेटमा र कोशी गाउँपालिकाको सहकार्यमा यो सडक निर्माण भएको छ।

Address

Inarwa

Telephone

+9779819330091

Website

Alerts

Be the first to know and let us send you an email when Pratikshan National Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share