Barnamala Daily inaruwa

Barnamala Daily inaruwa मोफसलको आवाज

07/01/2026

राजाजी रामजी महतो दास भावी इनरुवा १ का कर्मचारी सुरेश कुमार मेहता को विद्यालय मा भएको घटना सम्बन्धमा स्पष्टीकरण जस्ताको त्यस्तै

16/11/2025

इनरुवा निवासी उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस राजनप्रसाद भट्टराई ' प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले र पूर्वाञ्चल विश्वविद्यालय का दिन कोमल दुलाल लाई गृहनगर इनरुवा नगरपालिका द्वारा सम्मान

30/10/2025

Sunsari custom

30/10/2025

पत्रकारमाथी धाक धम्कीको आरोप

यस्तो पनि आयो है ।
03/09/2025

यस्तो पनि आयो है ।

इनरुवा । नेपाली कांग्रेसको जातीय भातृ संगठन नेपाल उराँव संघको आयोजनामा आगामि भदौ २२ गते सुनसरीक

18/06/2025

सप्तकोशी नदीमा बनेको पानीको भुमरी

16/06/2025

बराहक्षेत्रमा मृत अवस्थामा फेला परेको जंगली हात्ती । बराहक्षेत्र जंगली हात्ती प्रभावित क्षेत्र हो । हात्ती मृत फेला परेको विषयमा बन कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्यामेनमा नयाँ शैक्षिक सत्रका लागी विशेष अफर सहित भर्ना खुल्यो ।
27/03/2025

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्यामेनमा नयाँ शैक्षिक सत्रका लागी विशेष अफर सहित भर्ना खुल्यो ।

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्याभेनमा रोजगारीको अवसर इन्छुक र योग्यले तत्कालै सम्पर्क गरौ है ।
17/03/2025

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्याभेनमा रोजगारीको अवसर
इन्छुक र योग्यले तत्कालै सम्पर्क गरौ है ।

इनरुवा नगरपालिकाले व्यक्तिको निजी जग्गामा ५० लाख बजेट खर्च गरेर भवन बनाएको फेलाइनरुवा । इनरुवा नगरपालिका कार्यालयले २ नम...
24/10/2024

इनरुवा नगरपालिकाले व्यक्तिको निजी जग्गामा ५० लाख बजेट खर्च गरेर भवन बनाएको फेला

इनरुवा । इनरुवा नगरपालिका कार्यालयले २ नम्बर वडामा रहेको दुईजना किसानको नाममा दर्ता रहेको धानखेत भएको जग्गामा आधुनिक डिजाइनमा तीनकोठे भवन बनाएको फेला परेको छ ।

इनरुवा नगरपालिकाले २ नम्बर वडाका गणेश मेहता र शिवनारायण मेहता दाजुभाईको नाममा दर्ता रहेको जग्गामा ५० लाख मुल्यको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको हो ।

भवन निर्माण गरिएको स्थान नजिक स्थानीयको घर बसोबास रहेको छैन भने उक्त भवन निर्माण भएको स्थानमा जाने सडक बाटोसमेत छैन । फिल्डमा बाटो देखिएपनि जग्गाधनी दाजुभाई विचको विवादले बाटोसमेत कायम हुने सकेको छैन ।

चारैतर्फ धानखेती रहेको जग्गामा शहरी स्वास्थ्य केन्द्र निर्माण भएको भवनको जग्गा मेहता परिवारका दाजुभाईका नाममा मालपोत कार्यालय इनरुवामा दर्ता कायम भएको निजी जग्गा हो ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ को ठेक्का नम्बर ५३ अन्र्तगत अधुरो भवन निर्माण कार्य पुरा गर्न २० लाख ३ हजार २ सय ९० रुपैयाँको लागत इष्टिमेट तयार पारी जय माँ काली कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको हो ।

यस अगाडि नगरपालिकाले सोही भवन निमार्णका लागि करिब ३० लाखको लागत इष्टिमेटको मुल्यमा छत ढलानसहित तीनकोठा, शौचालय र सिढीको भाग निर्माण गरेको थियो ।

नगरपालिकाले भवन निर्माण कार्यमा कुनै कानुनी आधार तथा मापदण्डसमेत पालना नगरेको फेला परेको छ ।

भवन निर्माण ऐन, भवन निर्माण आचारसंहिता तथा भवन निर्माण सम्बन्धी मापदण्ड अनुसार कुनै पनि सरकारी निकाय, संस्थान, कम्पनी, समुदायमा आधारित संस्था तथा व्यक्तिले भवन निर्माण गर्नुपूर्व जग्गाको धनीपुर्जा, जग्गाको चारकिल्ला नक्शासहित आर्किटेक्चर इन्जिनियरले तयार पारेको भवन निर्माणको नक्शा डिजाइन नगरपालिकाको घर नक्शा शाखामा पेश गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

भवन निर्माणका लागि निर्माण कार्य इजाजत लिनका लागि नगरपालिकाले शहरी स्वास्थ्य भवन निर्माण कार्यको कुनै पनि नक्शा, जग्गाको धनी पुर्जा र नापी कार्यालयको चारकिल्ला प्रमाणित नक्शा कार्यालयको घर नक्शा शाखामा पेश गरेको पाइदैन भने ठेक्का सम्झौता फायलमा समेत उक्त आवश्यक कागजात समावेश भएको छैन ।

पछिल्लो ठेक्का सम्झौता अनुसार नगरपालिकाले प्लाष्टर, रङरोगन, आलमुनियमको झयाल ढोका, ग्रिल, विद्युतिय वाइरिङ, शौचालयको पेन सेनेटरी तथा कम्पाउड वाल बनाउने कार्य गरिएको थियो । सम्झौता अनुसार कम्पाउड वाल भने लगाइएको छैन । निर्माण भएका कतिपय संरचना भत्किदै गरेको अवश्थामा छ ।

नगरपालिकाको नगरसभाबाट पारित नीति कार्यक्रम, योजना तथा बजेट अनुसार दुई आर्थिक वर्षमा बजेट विनियोजन गरि भवन निर्माण कार्य गरिएको शहरी स्वास्थ्य केन्द्रको अघिल्लो आर्थिक वर्षको योजनासँग सम्बन्धित फायलसमेत नगरपालिकाको योजना फाँटमा नरहेको पाइएको छ ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले शहरी स्वास्थ्य केन्द्रको भवन बन्दै गरेको जग्गा गणेश मेहता र शिवनारायण मेहताका नाममा दर्ता कायम रहेको भन्ने जानकारी पाएपछि निर्माण कार्य रोक्का गरेको दावी गरेका छन ।

मेयर भण्डारीले निर्माण कार्य जारी भएको अवश्थामा मात्रै उक्त भवन व्यक्तिको निजी स्वामित्वमा रहेको भन्ने जानकारी पाएको दावी गरे । जग्गाधनीलाई नगरपालिकाका नाममा जग्गा रजिष्ट्रेशन पारित गरि हकभोग हस्तान्तरण गर्न आग्रह गर्दा नमानेले अहिले कम्पाउण्ड वाल लगाउने कार्य रोकिएको भण्डारीले बताए ।

वडा नम्बर २ का वडाध्यक्ष विश्वनाथ ठाकुर आफ्नो कार्यकालमा सो काम नभएको दावी गर्छन । उनी भन्छन, ‘अघिल्लो जनप्रतिनिधिको कार्यकालमा ढलानसम्म काम भएको रहेछ ।

हाम्रो पालामा नगरपालिकाले सो घरलाई पूर्णता दिने काम गरेको हो तर कम्पाउण्ड वाल लगाउने बेलामा जग्गाधनीले अवरोध गरेपछि मात्रै ब्यक्तिको जग्गामा घर बनेको भन्ने थाहा भयो ।’

उनले कम्पाउण्ड वाल लगाएर स्वास्थ्य केन्द्र सार्ने तयारी गर्दा जग्गाधनीले आफूले जग्गा नदिने बताएपछि काम रोकिएको जानकारी दिए ।
योजना फाँटका इन्जिनियर उमेश्वर मेहताले दुई आर्थिक वर्षको नगरसभाबाट पारित भएको योजना तथा बजेट अनुसार दुईपटक अलग–अलग लगत इष्टिमेट तयार पारेको बताए ।

मेहताले प्राविधिकले योजनाको बजेट अनुसार भवनको नाप नक्शा, लगत इष्टिमेट बनाएर पेश गर्ने मात्र काम भएकाले अन्य कानुनी प्रक्रियाका बिषयमा आफुलाई जिम्मेवारी नभएको बताए ।

इन्जिनियर मेहताले भवन निर्माण हुने स्थान जग्गाको लालपुर्जा, नापी कार्यालयको नक्शा अनुसार भवन निर्माणको नक्शा अनुसार तयार भएको नक्शा अनुसार घर नक्शा फाँटबाट इजाजत लिनुपर्ने जिम्मेवारी प्रशासन फाँट र जिन्सी फाँटको भएको बताए ।

Address

Sunsari
Inarwa
56710

Alerts

Be the first to know and let us send you an email when Barnamala Daily inaruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barnamala Daily inaruwa:

Share