Barnamala Daily inaruwa

Barnamala Daily inaruwa मोफसलको आवाज

18/06/2025

सप्तकोशी नदीमा बनेको पानीको भुमरी

Send a message to learn more

16/06/2025

बराहक्षेत्रमा मृत अवस्थामा फेला परेको जंगली हात्ती । बराहक्षेत्र जंगली हात्ती प्रभावित क्षेत्र हो । हात्ती मृत फेला परेको विषयमा बन कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्यामेनमा नयाँ शैक्षिक सत्रका लागी विशेष अफर सहित भर्ना खुल्यो ।
27/03/2025

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्यामेनमा नयाँ शैक्षिक सत्रका लागी विशेष अफर सहित भर्ना खुल्यो ।

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्याभेनमा रोजगारीको अवसर इन्छुक र योग्यले तत्कालै सम्पर्क गरौ है ।
17/03/2025

इनरुवाको लोकप्रिय विद्यालय स्मल ह्याभेनमा रोजगारीको अवसर
इन्छुक र योग्यले तत्कालै सम्पर्क गरौ है ।

इनरुवा नगरपालिकाले व्यक्तिको निजी जग्गामा ५० लाख बजेट खर्च गरेर भवन बनाएको फेलाइनरुवा । इनरुवा नगरपालिका कार्यालयले २ नम...
24/10/2024

इनरुवा नगरपालिकाले व्यक्तिको निजी जग्गामा ५० लाख बजेट खर्च गरेर भवन बनाएको फेला

इनरुवा । इनरुवा नगरपालिका कार्यालयले २ नम्बर वडामा रहेको दुईजना किसानको नाममा दर्ता रहेको धानखेत भएको जग्गामा आधुनिक डिजाइनमा तीनकोठे भवन बनाएको फेला परेको छ ।

इनरुवा नगरपालिकाले २ नम्बर वडाका गणेश मेहता र शिवनारायण मेहता दाजुभाईको नाममा दर्ता रहेको जग्गामा ५० लाख मुल्यको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको हो ।

भवन निर्माण गरिएको स्थान नजिक स्थानीयको घर बसोबास रहेको छैन भने उक्त भवन निर्माण भएको स्थानमा जाने सडक बाटोसमेत छैन । फिल्डमा बाटो देखिएपनि जग्गाधनी दाजुभाई विचको विवादले बाटोसमेत कायम हुने सकेको छैन ।

चारैतर्फ धानखेती रहेको जग्गामा शहरी स्वास्थ्य केन्द्र निर्माण भएको भवनको जग्गा मेहता परिवारका दाजुभाईका नाममा मालपोत कार्यालय इनरुवामा दर्ता कायम भएको निजी जग्गा हो ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ को ठेक्का नम्बर ५३ अन्र्तगत अधुरो भवन निर्माण कार्य पुरा गर्न २० लाख ३ हजार २ सय ९० रुपैयाँको लागत इष्टिमेट तयार पारी जय माँ काली कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको हो ।

यस अगाडि नगरपालिकाले सोही भवन निमार्णका लागि करिब ३० लाखको लागत इष्टिमेटको मुल्यमा छत ढलानसहित तीनकोठा, शौचालय र सिढीको भाग निर्माण गरेको थियो ।

नगरपालिकाले भवन निर्माण कार्यमा कुनै कानुनी आधार तथा मापदण्डसमेत पालना नगरेको फेला परेको छ ।

भवन निर्माण ऐन, भवन निर्माण आचारसंहिता तथा भवन निर्माण सम्बन्धी मापदण्ड अनुसार कुनै पनि सरकारी निकाय, संस्थान, कम्पनी, समुदायमा आधारित संस्था तथा व्यक्तिले भवन निर्माण गर्नुपूर्व जग्गाको धनीपुर्जा, जग्गाको चारकिल्ला नक्शासहित आर्किटेक्चर इन्जिनियरले तयार पारेको भवन निर्माणको नक्शा डिजाइन नगरपालिकाको घर नक्शा शाखामा पेश गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

भवन निर्माणका लागि निर्माण कार्य इजाजत लिनका लागि नगरपालिकाले शहरी स्वास्थ्य भवन निर्माण कार्यको कुनै पनि नक्शा, जग्गाको धनी पुर्जा र नापी कार्यालयको चारकिल्ला प्रमाणित नक्शा कार्यालयको घर नक्शा शाखामा पेश गरेको पाइदैन भने ठेक्का सम्झौता फायलमा समेत उक्त आवश्यक कागजात समावेश भएको छैन ।

पछिल्लो ठेक्का सम्झौता अनुसार नगरपालिकाले प्लाष्टर, रङरोगन, आलमुनियमको झयाल ढोका, ग्रिल, विद्युतिय वाइरिङ, शौचालयको पेन सेनेटरी तथा कम्पाउड वाल बनाउने कार्य गरिएको थियो । सम्झौता अनुसार कम्पाउड वाल भने लगाइएको छैन । निर्माण भएका कतिपय संरचना भत्किदै गरेको अवश्थामा छ ।

नगरपालिकाको नगरसभाबाट पारित नीति कार्यक्रम, योजना तथा बजेट अनुसार दुई आर्थिक वर्षमा बजेट विनियोजन गरि भवन निर्माण कार्य गरिएको शहरी स्वास्थ्य केन्द्रको अघिल्लो आर्थिक वर्षको योजनासँग सम्बन्धित फायलसमेत नगरपालिकाको योजना फाँटमा नरहेको पाइएको छ ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले शहरी स्वास्थ्य केन्द्रको भवन बन्दै गरेको जग्गा गणेश मेहता र शिवनारायण मेहताका नाममा दर्ता कायम रहेको भन्ने जानकारी पाएपछि निर्माण कार्य रोक्का गरेको दावी गरेका छन ।

मेयर भण्डारीले निर्माण कार्य जारी भएको अवश्थामा मात्रै उक्त भवन व्यक्तिको निजी स्वामित्वमा रहेको भन्ने जानकारी पाएको दावी गरे । जग्गाधनीलाई नगरपालिकाका नाममा जग्गा रजिष्ट्रेशन पारित गरि हकभोग हस्तान्तरण गर्न आग्रह गर्दा नमानेले अहिले कम्पाउण्ड वाल लगाउने कार्य रोकिएको भण्डारीले बताए ।

वडा नम्बर २ का वडाध्यक्ष विश्वनाथ ठाकुर आफ्नो कार्यकालमा सो काम नभएको दावी गर्छन । उनी भन्छन, ‘अघिल्लो जनप्रतिनिधिको कार्यकालमा ढलानसम्म काम भएको रहेछ ।

हाम्रो पालामा नगरपालिकाले सो घरलाई पूर्णता दिने काम गरेको हो तर कम्पाउण्ड वाल लगाउने बेलामा जग्गाधनीले अवरोध गरेपछि मात्रै ब्यक्तिको जग्गामा घर बनेको भन्ने थाहा भयो ।’

उनले कम्पाउण्ड वाल लगाएर स्वास्थ्य केन्द्र सार्ने तयारी गर्दा जग्गाधनीले आफूले जग्गा नदिने बताएपछि काम रोकिएको जानकारी दिए ।
योजना फाँटका इन्जिनियर उमेश्वर मेहताले दुई आर्थिक वर्षको नगरसभाबाट पारित भएको योजना तथा बजेट अनुसार दुईपटक अलग–अलग लगत इष्टिमेट तयार पारेको बताए ।

मेहताले प्राविधिकले योजनाको बजेट अनुसार भवनको नाप नक्शा, लगत इष्टिमेट बनाएर पेश गर्ने मात्र काम भएकाले अन्य कानुनी प्रक्रियाका बिषयमा आफुलाई जिम्मेवारी नभएको बताए ।

इन्जिनियर मेहताले भवन निर्माण हुने स्थान जग्गाको लालपुर्जा, नापी कार्यालयको नक्शा अनुसार भवन निर्माणको नक्शा अनुसार तयार भएको नक्शा अनुसार घर नक्शा फाँटबाट इजाजत लिनुपर्ने जिम्मेवारी प्रशासन फाँट र जिन्सी फाँटको भएको बताए ।

कोशी टप्पुका बन्य जन्तुले सिमावर्ती भारतीय गाउँमा आतंकभाण्टावारी । कोशी टप्पु बन्यजन्तु आरक्षमा संरक्षण गरिएका बन्यजन्तु...
24/10/2024

कोशी टप्पुका बन्य जन्तुले सिमावर्ती भारतीय गाउँमा आतंक

भाण्टावारी । कोशी टप्पु बन्यजन्तु आरक्षमा संरक्षण गरिएका बन्यजन्तुले सुनसरीसँग सिमाना जोडिएको भारतीय गाँउ वस्तीमा हुलका हुल चहलपहल गर्न थालेपछि भारतीय नागरिकहरु आतंकित बनेका छन ।

सप्तकोशी नदीमा आएको बाढीसँगै कोशी टप्पुबाट सुरक्षित स्थानको खोजीमा नजिकैको भारतीय भूमीमा गएका बन्यजन्तुमा अर्ना, निलगाई, बँदेल, बाँदर, मृग, हरिण, गोही, अजिङगरलगायतका बन्य जन्तुहरु रहेका छन ।

दैनिक रुपमा भारतीय नागरिकको खेतबारीमा आहाराको खोजीमा निस्किने बन्यजन्तुको हुलले बालीनाली हानी नोक्सानी गर्नुका साथै मानिसलाई पनि आक्रमण गर्न थालेपछि उनीहरु आतंकित बनेका हुन ।

अर्नाको आक्रमणबाट दुईसाता अगाडि दुईजना भारतीयको मृत्यु भएको थियो भने सातजना घाइते बनेका थिए । बाँदरको आक्रमणबाट सो क्षेत्रमा दुईदर्जन बढी भारतीयहरु घाइते बनेका छन ।

२०८१ कार्तिक ६ गते मंगलबार सुनसरीको सीमा जोडिएको भारतको भिमनगरमा एक स्थानीयको घरसँगै जोडिएको पोखरीमा ४ वटा आठ फिट भन्दा लामो २ सय केजी बराबरका मगरमछ गोही फेला परेका छन । ति गोहीलाई भारतीय सुरक्षाकर्मीले उद्धार गरि लगेका छन ।

घर आसपास बन्यजन्तु आउन थालेपछि भारतीय नागरिकहरु घरभित्र बसेर खेतबारीमा काम गर्न जान छाडेका छन ।

कोशी बाढीका कारण भारतीय भूमीमा गएका आरक्षका बन्यजन्तुका कारण सो क्षेत्रका स्थानीयहरु बालीनालीमा हानी नोक्सानी गर्नुका साथै मानिसलाई आक्रमण गर्ने क्रम बढेको भन्दै सवै बन्यजन्तुलाई नेपालतर्फ लखेटन माग गर्दै दैनिक आन्दोलितसमेत बन्ने गरेका छन ।

सप्तकोशी नदीमा २०८१ असोज १२ गते साँझमा आएको बाढीका कारण कोशी बन्यजन्तु आरक्षभित्र रहेका विभिन्न प्रकारका जिवजन्तुहरु आफ्नो बासस्थान छाडेर सप्तकोशी नदीको पूर्वी तटबन्ध हुँदै नजिकैको भारतीय गाँउमा पुगेका थिए ।

आरक्षबाट सुरक्षित स्थानमा पुगेका बन्यजन्तु भारतको बिहार राज्य सुपौल जिल्लाको बसन्तपुर प्रखण्ड अन्र्तगत रहेको भिमनगर, रानीगञ्ज र कटैया पावर हाउस आसपासका गाउँ बस्तीको खेतबारी झाडीमा आश्रय लिएर बसिरहेका छन।

कोशी टप्पु क्षेत्रको संरक्षणमा समुदायका युवा क्लबमार्फत सक्रिय इनरुवा । कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका स...
23/10/2024

कोशी टप्पु क्षेत्रको संरक्षणमा समुदायका युवा क्लबमार्फत सक्रिय

इनरुवा । कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका साथै समुदायको हक हितका लागि सो क्षेत्रका युवाहरुले समुदायमा आधारित क्लब मार्फत काम गर्न सक्रिय भएका छन ।

कोशी समुदाय युवा क्लब नामक सस्थाँ गठन गरि समुदायमा आधारित युवाहरुले कोशी टप्पु क्षेत्रको बन्यजन्तु र जैविक विविधताको संरक्षणका साथै समुदायको हकहितका लागि योजना बनाएर काम गर्न अग्रसर भएका हुन ।

क्लबका अध्यक्ष जेनिथ साहले परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने उदेश्यले समुदायमा आधारित सेवामुलक तथा सचेतनामुलक कार्यहरु गर्दै कोशी टप्पु प्रदेशकै पहिलो पर्यटनको क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने राम्रो बातावरण बनाउन विविध कार्यहरु थालिएको बताए ।

क्लबका सचिव रितेश यादवले कोशी नदिको पुर्वी तटबन्धतर्फ रहेको आरक्ष क्षेत्रसग जोडिएका समुदायका हकहित, स्वरोजगार, आयआर्जन र सचेतना अभिबृद्धीका लागि युवाहरुले विभिन्न क्षेत्रसँग हातेमातो गर्दै काम गर्न थालिएको बताए ।
क्लबकी कोषाध्यक्ष जागृती यादव बातावरण संरक्षणसगसगै बन्यजन्तु तथा जैविक विविधताको क्षेत्रमा समुदाय तहबाट संरक्षणको काम गर्न थालिएकाले कोशी समुदायमा जागरण आउनुका साथै स्थानिय साधन स्रोतको पहिचान र परिचालनमा लागिएको बताउछीन ।

यसैगरि क्लबको कार्यालयको एक कार्यक्रमका बिच संचालनमा ल्याइएको छ । उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्की, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सासंद इसराइल मन्सुरी, कोशी गाउँपालिकका अध्यक्ष ऐयुव अन्सारी, वडा नं. ३ का वडाअध्यक्ष सुलेमान मन्सुरी, कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्रीमान रामदेव चौधरी, बिरेन्द्र गौतम, देव कृष्ण यादव, राज कुमार यादवलगायतको सहभागिता रहेको थियो ।

कोशी ब्यारेजलाई नयाँ रुपमा विकास गर्न भारतले थाल्यो कामपुल मर्मत, ढोका मर्मत, रिमोट प्रविधि जडान र दुबै तर्फको बालुवा हट...
23/10/2024

कोशी ब्यारेजलाई नयाँ रुपमा विकास गर्न भारतले थाल्यो काम
पुल मर्मत, ढोका मर्मत, रिमोट प्रविधि जडान र दुबै तर्फको बालुवा हटाउने
इनरुवा । भारतको विहारको दुःख भनेर चिनिने कोशी नदीको वहाव नियन्त्रणमा मुख्य चासो राख्दै आएको भारत सरकारले नेपालमा रहेको कोशी ब्यारेजको ढोकाको नियन्त्रणका लागि डिजिटलाईज गर्ने गरी अध्ययनसँगै काम थालेको छ।
कोशी ब्यारेजको ढोकालाई मर्मत गर्दै रिमोटबाटै खुल्ने गरी काम सुरु भएको र आगामि पाँच छ महिनाभित्र काम सम्पन्न भएपछि ब्यारेजको ढोका रिमोटबाटै सहज रुपमा कुनै अवरोध विना खुल्ने र बन्न हुने कोशी क्षेत्रको भ्रमणमा आएका भारत विहारका प्रधान सचिव सन्तोषकुमार मलनले बताए ।
कोशी क्षेत्रको अनुगमनमा आएका विहार सरकारका प्रधान सचिव सन्तोषकुमार मलनले कोशी ब्यारेजबाट ६ लाख ६१ ह्जार क्यूसेक पानी बगेपछि आफूहरु गंभिर भएको बताउँदै ब्यारेजको पुरानो संरचना र पानीको बहावको विषयमा आफूहरुले समिक्षा गरिरहेको जानकारी दिए ।
उनले भने, ‘ ६७ हजार क्यूसेक पानी सप्तकोशी नदीमा सामान्य अवस्थामा जहिले पनि रहिरहन्छ । त्यो क्षमताको मात्रै ब्यारेज अहिले रहिरहेको छ । अब यसलाई मर्मत गरेर आधुनिक प्रविधि यूक्त र बलियो बनाउनु पर्ने आवश्यकता टड्कारो रुपमा देखियो ।’
प्रधानसचिव मलनले ६ लाख ६१ ह्जार क्यूसेक पानी हुँदा ब्यारेजका धेरै ढोकाका लकहरु खुल्न नसकेको र एक आपसमा ढोकिएको जानकारी दिदै ब्यारेजको ढोकाका अधिकांश लकहरु ड्यामेज भइसकेकोले अब यसलाई यथास्थितिमा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।
कोशी क्षेत्रको अनुगमनपछि उनले ब्यारेजको चार–पाँच किलोमिटर दुई तर्फ बालुवा ठूलो हिस्सा जम्मा भएकोले गर्दा ब्यारेजबाट सहज रुपमा पानी बग्न सक्ने स्थिति नरहेकोले यसको प्रत्यक्ष असर ढोकालाई पारिरहेको भन्दै यो क्षेत्रको बालुवा हटाउनु पर्ने आवश्यकता टड्कारो बनेको उनले बताए ।
उनले भने, ‘ कोशी ब्यारेजको दुबै तर्फ चार–पाँच किलोमिटरसम्म बालुवाका थुप्रो छ । बालुवको थुप्रो कारण पानीको सहज बहवलाई असर पारिरहेको छ । पटनामा बसेर यो समस्याको विषयमा हामीलाई थाहा हुन सकेको थिएन । यहाँ आएपछि यो कुरा हामीले प्रत्यक्ष महसुस ग¥यौ । ब्यारेजको क्षमता कमजोर बन्दै गईरहेको छ । चार–पाँच किलोमिटर दुबै तर्फको बालुवा सफा गर्नु पर्ने आवश्यकता छ । नक्सामा यो हेरिसक्यो, प्रत्यक्ष पनि अनुगमन गरेका छौ ।’
प्रधान सचिवले दुबै तर्फको बालुवा हटाएर कोशीमा आफ्नो क्षमताअनुसारको पानी बग्ने वातावरण निर्माण गर्न तत्काल योजनासहित काम थाल्ने जानकारी दिदै भने, ‘बाढीका कारण कोशी ब्यारोज पुलमा भएको क्षतिलाई ममर्त गर्ने र बालुवा हटाउन विशेष योजना बनाउँछौ । १९६० को दशकमा निर्माण भएको ब्यारेजले अहिलेको बाढी त थेग्यो तर आउने दिनमा थेग्न सक्दैन त्यसले हामी पाँच–छ महिनामा अपडेट गर्छौ । रिमोटबाट खुल्ने र बन्द गर्ने गरी काम सुरु गर्दैछौ । बालुवा हटाउने बाहेकको काम आधुनिक बनाएर लैजान्छौ । पाँच छ महिनामा ब्यारेज नयाँ रुपमा देख्न सक्नु हुन्छ ।’
उनले भारत सरकारको संघीय बजेट २०२४ बजेटमा समेत कोशी नदीमा अर्को ब्यारेज बनाउने घोषणा भएकोले त्यसको पनि अध्ययन भइरहेको जानकारी दिए । यद्यपि उनले नयाँ ब्यारेज नेपाल वा भारत कहाँ बन्छ भनेर खुलासा भने गरेनन ।

इनरुवा अस्पतालका मेसुमाथि वडाध्यक्षका भाइले गरे अस्पतालभित्रै हातपातधनाढ्य परिवारको उपचारमा गरीब तथा विपन्न नागरिकको सूव...
21/10/2024

इनरुवा अस्पतालका मेसुमाथि वडाध्यक्षका भाइले गरे अस्पतालभित्रै हातपात
धनाढ्य परिवारको उपचारमा गरीब तथा विपन्न नागरिकको सूविधा
इनरुवा । जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष राई माथि हातपात भएको छ ।
एउटा बिरामीको रिपोर्टमा अर्को बिरामीको औषधी सिफारिस गरेको भन्दै इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ डा. राईमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार जानकारी दिए ।
आफ्नी आमाको उपचारका लागि अस्पताल लिएर गएका थापाले चिकित्सकले गम्भीर लापर्वाही गरेको भन्दै मेसु राईमाथि हातपात गरेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
थापाकी आमाको उपचार गरिरहेको बेडको रिर्पोर्ट सिटमा ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्ट परेको आधारमा मेसु राईले औषधी सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापा पक्षको दाबी छ ।
बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यमा गम्भीर लापर्वाही गरेको भन्दै मेसु राईमाथि कुटपिट गरेको प्रहरीलाई थापाले बताएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
तिम्सिनाले इनरुवा अस्पतालको उजुरीपछि आरोपीलाई नियन्त्रणमा लिएर मुद्दा अगाडि बढाएको जानकारी दिए । उनले आइतवार घटनाको थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर प्रक्रिया अगाडि बढाएको बताए ।
धनाढ्य परिवारलाई विपन्नको सुविधा
डा. राईमाथि कुटपीट गर्ने खेमराज थापा इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष एवम इनरुवा नगरपालिकाका प्रवक्ता सुमन थापाका भाई हुन । उनी इनरुवाका चलेका ठेकेदार हुन । इनरुवा नगरपालिकाको अधिकांश निर्माण कामको ठेक्का उनैले सञ्चालन गर्दै आएका छन । खेमराज इनरुवा जेसिजका अध्यक्ष एवम नेपाली कांग्रेस इनरुवा कार्य समितिको सचिव समेत हुन । पुस्तैनी रुपमै यो परिवार धनाढ्य हो । त्यसैले गाउँमा थापा परिवारलाई काजी परिवार भन्ने गरिन्छ ।
तर तिनै धनाढ्य परिवारले आमाको उपचारको लागि भने अति विपन्न तथा गरीब नागरिकले पाउने सुविधाको दुरुपयोग गरेर उपचार गराएको देखिएको छ । वडाध्यक्ष छोरा आफैले आफ्नी आमालाई अति गरीब तथा बिपन्न नागरिकले पाउने उपचार सुविधाका लागि सिफारिस गरेर अस्पतालमा सत प्रतिसत छुटमा उपचार गराएका छन ।
कार्तिक १ गते साँझ इमरजेन्सीमा उपचार गर्न ल्याएकोमा पछि उनीहरुले गरीब तथा विपन्नको सिफारिस लिएर आएका थिए । गरीब तथा विपन्न नागरिकले उपचारमा पाउने सुविधा बाहेक उनीहरुले विरामी राख्न अलग्गै कोठा र क्याविनको लागि समेत अस्पताललाई सुरु देखि नै दवाव दिदै आएका थिए । तर अस्पताल प्रशासनले त्यसलाई अस्विकार गरेपछि उनीहरु प्रारम्भदेखि नै अस्पताल प्रशासनसँग रुष्ट थिए ।
के भएको थियो घटना ?
कार्तिक १ गते विरामीलाई अस्पतालको एमरजेन्सीमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई बेडमा राखेर निगरानी गरिएको थियो । अस्पतालमा बेडमा विरामीसँगै उनको रिपोर्ट चिकित्सकले देख्ने गरी राखिएको हुन्छ । यो राख्ने काम त्यहाँका कर्मचारीहरुले गर्ने गर्दछन ।
शुक्रवार डा. राई राउण्डमा चेक गर्न आउँदा थापकै बेडमा राखिएको रिपोर्टका आधारमा उनले थप रगत परिक्षणको सिफारिस गरेर गए । त्यसपछि अस्पतालकी अर्की डा. पूर्व मेसु श्रेया पंगेनी राउण्डमा आइन । उनले रिपोर्ट गलत भएको बताईन र परिवारलाई समेत जानकारी दिइन । रिपोर्ट गलत भएको थाहा पाएपछि डा. राईले थप उपचार र परिक्षण रोके । थापालाई फेरि निमुनियाकै उपचार गराइयो र उनी अहिले सन्चो भएर घर फर्किसकेकी छिन । उनलाई शनिवार डिस्चार्ज गरेर लगिएको छ ।
त्यही दिन साँझ सो विषयलाई लिएर खेमराजसहितको टोलीले उनको कार्यकक्षमै गएर डा. राईमाथि आक्रमण गरेको थियो । कुटपीटको सीसीटीभी फुटेजसमेत अस्पतालसँग सुरक्षित रहेको बताइएको छ ।
चिकित्सकमाथिको घटनाको श्रृंखला
इनरुवा अस्पताल हरेक मेडिकल सुप्रिटेण्डेन्ट नयाँ आएपछि केही न केही घटना हुँदै आएको छ । कुनै समय त सञ्चार माध्यमहरुमा ‘इनरुवा अस्पतालमा कुटाई खान आउन डा.को खाचो’ जस्ता शिर्षकमा समाचारहरु आउने गरेका थिए ।
इनरुवा अस्पतालमा मेसु नियूक्ती विषय लामो समयदेखि राजनीतिको विषय बन्दै आएको छ । इनरुवा अस्पतालको सुधार गरेका डा. देबराज घिमिरेलाई रातारात हटाएर श्रेया पंगेनीलाई मेसुको रुपमा ल्याइएको थियो । पंगेनीलाई हटाएर अहिले राईलाई ल्याईएको थियो । अस्पतालमा स्वार्थ समूहहरुको स्वार्थ बाँझदा मेसु बारम्बार परिवर्तन हुँदै आएका छन । आफू अनुकुलको अस्पताल नेतृत्व नआउँदा अर्को पक्षले सधै आक्रमण र गलत प्रचारबाजीहरु विगतदेखि नै गर्दै आएको छ । जानकारहरु यो घटना पनि त्यसैको एक कडिको रुपमा लिन्छन ।
रेफर अस्पतालको रुपमा पहिचान बनाएको इनरुवा अस्पताललाई विरामीको उपचार गराउने विश्वास आर्जन गराएका देवराज घिमिरेलाई कर्मचारी भर्नादेखि विभिन्न विषयहरुमा आरोप लगाएर जवरजस्ती हटाएर श्रेया पंगेनीलाई ल्याइएको थियो । डा. घिमिरेलाई हटाउन अस्पतालकै अन्य चिकित्सक र कर्मचारीलाई परिचालन गरिएको स्थानीयहरु अझै स्मरण गर्छन । उनको पालामा पनि चिकित्सकमाथि अभद्र ब्यवहार गरेको विषयमा प्रहरीमा उजुरी परेको थियो भने डा. घिमिरेलाई बद्नाम गरेर उनलाई उत्कृष्ट प्रमाणित गराउन एउटा समूह खुलेर लागेको थियो । अहिले डा. राईमाथि आक्रमण भएको छ । डा. राई पनि डा. पंगेनीसँगको संघर्षपछि मेसु बन्न सफल भएका हुन । जसका कारण उनीहरुबीच सम्बन्ध त्यती सुमधुर छैन । पछिल्लो घटनामा पनि मानिसहरु मेसु परिवर्तनका लागि डा. राईलाई बदनाम र विवादित बनाउने गरी रिपोर्ट परिवर्तनदेखि त्यस विषयको हल्लाखल्ला अस्पतालबाट चलेको आशंका गर्दछन । अस्पतालका एक चिकित्सक र विकास समितिका पदाधिकारी डा. राईसँग असन्तुष्ट रहेकोले उनीहरूको उक्साहटमा वडाध्यक्ष परेको अस्पतालकै कर्मचारीहरु आशंका ब्यक्त गर्छन । एक कर्मचारीले भने, ‘डा. राई मेसु भएको यहाँ केहीलाई मन परिरहेको थिएन । त्यसैको परिणाम यो घटना हुनुसक्छ ।’
मेसु डा. राई के भन्छन ?
डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६ वडाध्यक्ष सुमन थापाले बिहीबार आमालाई उपचारका लागि अस्पताल ल्याएका थिए । दुई दिनदेखि अस्पताल भर्ना गरिएको आमाको उपचारमा ढिलाइ भएको बहाना बनाउँदै छ नम्बर वडाध्यक्ष सुमन थापाका भाइसमेत रहेका ठेकेदार खेमराज थापाले कुटपिट गरेको उनले आरोप लगाएका छन् ।
उनले निमुनिया भएर भर्ना भएकी विरामीलाई आफैले एमरजेन्सीबाट बेडमा भर्ना गराएर उपचार गराएकोमा रिपोर्ट मिसप्लेसका कारण थप परिक्षणका लागि सिफारिस गरेको जानकारी दिदै तर रिपोर्ट मिसप्लेसको जानकारी पाउना साथ थप उपचार बन्द गरेर अहिले उहाँ सन्चो भएर डिस्चार्ज भएर घर गईसकेको अवस्थामा उनका छोराले अस्पतालमा आएर आक्रमण गरेको बताए ।
के हुँदै छ घटनामा ?
घटना लगत्तै शनिवार डा. राईले आफूविरुद्धको आक्रमणमा आक्रमणकारीमाथि कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेका थिए । तर प्रहरीले डा.को उजुरी तत्काल दर्ता गर्न मानेनन । डा. राईलाई घटनामा मिलापत्र गर्नु पर्ने र यसलाई अगाडि चर्काउन नहुने सन्देशसहित फिर्ता ग¥यो । तर डा. राई आक्रमणकारीमाथि कारवाहीको आफ्नो अडान कायम राखे ।
डा. राईको कारवाहीको अडानपछि नेपाली कांग्रेस र तिनका नेताहरु एकाएक सक्रिय भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिब कोइराला, इनरुवा नगरपालिकाका मेयर एवम सुनसरी कांग्रेस सभापति केदार भण्डारी, जिसस प्रमुख एवम अस्पताल विकास समिति अध्यक्ष राजन मेहतासहित कांग्रेसका स्थानीय नेताहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ कर्मचारी संगठनका नेताहरु र डा. राई पनि थिए । त्यहाँ लामै छलफल भयो प्रहरी र कांग्रेसका नेताहरुले घटनामा मेलमिलाप गराउन निरन्तर दवाव दिएपछि कर्मचारी नेता र डा. राईले अन्तिम समयसम्म नमानेपछि छलफल अबेर राती सकिएको थियो ।
त्यसको भोली पल्ट अर्थात आइतवार डा. राईले पुनः आक्रमणकारीमाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गराए ।
आक्रमणकारीमाथि कारवाहीको माग
यसैबीच इनरुवा अस्पतालका मेसु डा. राईमाथिको आक्रमणमा संलग्नमाथि तत्काल कानूनी कारवाही अगाडि बढाउने विभिन्न संघ संस्थाहरुले माग गरेका छन ।
नेपाल चिकित्सक संघ कोशी प्रदेश समितिले विज्ञप्ति निकालेर चिकित्सकमाथि आक्रमण गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । संघको सुनसरी शाखाले पनि विज्ञप्ति सहित सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको छ ।
त्यस्तै नेकपा एमाले इनरुवा नगर कमिटी, नेकपा एकीकृत समाजवादी, इनरुवा अस्पताल सुधार संघर्ष समिति, खेलकुद महासंघलगायतका संघ संस्थाहरुले ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेका छन ।
के छ कानूनमा
कानुनी रूपमा अस्पताल परिसरमा कुनै पनि स्वास्थ्यकर्मी माथि हातपात, कुटपिट गर्नु गम्भीर अपराध हो । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थाको सुरक्षामा प्रतिकुल हुने गरी स्वास्थ्य संस्थामा घटना घटेमा नेपाल सरकार स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६६ र मलुकी ऐनले दण्डनीय मानेको छ ।

09/10/2024

कोशी टप्पुका अर्नासँगै बन्यजन्तु बाढीमा बगेर भारतका गाँउमा पसेपछि भारतिय आतंकित
दुईजना भारतीयको मृत्युपछि चार अर्नाको हत्या

इनरुवा । सप्तकोशी नदीमा आएको भिषण बाढीले कोशी टप्पु बन्यजन्तु आरक्षमा संरक्षित गरिएका बन्यजन्तु भारतीय भुमिमा बगेर गएपछि सुनसरीको सीमापारी रहेको भारतिय भुमिमा आतंक मच्चिएको छ ।
सुनसरीसँग सीमा जोडिएको भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको भिमनगर पञ्चायत, भगवानपुर पञ्चायत, रानिगञ्ज पञ्चायत, कटैया पावर हाउस, पुर्नबास क्षेत्रसहितका गाउँ वस्तीमा बन्यजन्तुको आतंक नियन्त्रण गर्न भारत सरकारले बन विभागको टोलीसहित सुरक्षाकर्मी परिचालन गरेको छ ।
भारतीय नागरिकहरु गाउँमा वन्यजन्तु पसेपछि घरभित्र र छत माथी बसेर ज्यान जोगाउँदै आएका छन ।
उक्त क्षेत्रमा असुरक्षा बढदै गएपछि भारतीय नागरिकले आन्दोलन स्वरुप सडकमा यातायात आवतजावतमा रोक लगाउँदै ठाउँ ठाउँमा बिरोध कार्यक्रम गरि सुरक्षा माग गर्दै आएका छन ।
भारतीय नागरिक वन्यजन्तुबाट आक्रमणको शिकार भई ज्यान गुमाउनुका साथै दर्जन बढी घाइते भएपछि भारतीय पक्षले विभिन्न निकायका भारतीय सुरक्षाकर्मीलाई परिचालन गरेपछि स्थानीयवासीहरुलाई बन्यजन्तु नियन्त्रणमा नलिएसम्म घरबाट ननिस्किन र खेतबारीमा काम गर्न नजान माइकिङ गरेर सचेत गरिएको छ ।
कोशी प्रदेशसहित अन्य प्रदेशमा असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षासँगै सप्तकोशी नदीमा आएको भिषण बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षबाट बन्यजन्तु बगाएर भारततर्फ पु¥याएको हो ।
भारतमा पुगेका आरक्षका बन्यजन्तु मध्ये बबुल जातिको अर्नाले दुई जना भारतीय नागरिकलाई आक्रमण गर्दा उनीहरुको मृत्यु भएपछि बिहार राज्यको सुपौल जिल्ला अन्र्तगतका विभिन्न पञ्चायतमा बसोबास गर्ने भारतीय नागरिक आतंकित बनेका हुन । अर्नाको आक्रमणबाट स्थानीय २२ बर्षिय मुकेश यादव र नारायण यादवको मृत्यू भएको हो ।
भारतीय संचारमाध्यमहरुले नेपालको कोशी नदीमा रहेको आरक्ष क्षेत्रसहित बाढीमा बगेर आएका अर्नासहितका बन्यजन्तुले गाउँ पसेर मानिसलाई आक्रमण गरि ज्यान मार्ने र घाइते बनाउन थालेपछि आतंक मच्चिएको जनाएका छन ।
भारतीय पत्रकार राजिवकुमारका अनुसार सप्तकोशी नदीमा बगेर गएका कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाहरु हाल सु्पौल जिल्लाको बसन्तपुर, भगवानपुर र रानिगञ्ज क्षेत्रमा झुण्ड झुण्डमा स्थानीयको बाँसघारी, बगैचा र खेतीपातीमा शरण लिएर बस्दै आएका छन ।
भारतीय संचारमाध्यमहरुले खेतवारी र गाउँमा पसेर मानिसलाई आक्रमण गर्ने चार वटा अर्नालाई सुरक्षाकर्मीको सहयोगमा मारिएको जनाएका छन ।
भारतीय संचारमाध्यमले अर्ना मारेपछि स्थानीयले मरेको अर्नालाई कुटपिट गरेको भिडियो फुटेजहरु सार्वजनिक गरेका छन ।
सप्तकोशी नदीमा आरक्षसहितका क्षेत्रबाट बगेर भारतीय क्षेत्रमा पुगेका अर्नासहित बँदेल, हरिण मृग, निलगाई, बाँदर, अजिङगर कोशी नदी किनार तथा गाउँका खेतबारीमा बसिरहेकाले हिंस्रक वन्यजन्तुको नियन्त्रण गर्न प्रयास थालिएको बताइन्छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले भारतीय पक्षसँग अनौपचारिक रुपमा भद्र सहमति गरेर अर्ना फर्काएर ल्याउने पहल थालिएको बताए ।
आरक्षका संरक्षण अधिकृतले बाढीमा बगेर गएका वन्यजन्तु मध्ये अर्ना सुधेर आफ्नो बासस्थान रहेको क्षेत्रमा पुनः आउने जन्तु भएकाले केही समयपछि फर्केर आउने सम्भावना रहेको बताए ।
भारतमा रहेका आरक्षका बन्यजन्तुको अवश्था बुझनका लागि आरक्षका केही कर्मचारीसहित सुरक्षाकर्मीले अनौपचारिक रुपमा भारतीय भुमि पुगेर फर्किएर आएको आरक्ष प्रशासनले जनाएको छ ।
यसैगरि कोशी ब्यारेज पुलको पूर्व सुनसरीको भुभाग र पश्चिम सप्तरीको भुभागमा रहेका अर्नासहितका केही वन्यजन्तु आरक्षको टोली सुरक्षित रुपमा फर्काएर आरक्ष क्षेत्रसम्म पु¥याएका छन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बन्यजन्तुहरु बाढीले बगाएर केही बासस्थान विथोलिएपछि भारतीय क्षेत्रमा प्रवेश गरेको अनौपचारिक जानकारी भएपनि बन्य जन्तु फर्काउने विषयमा आफूहरुसँग त्यस्तो प्रयास गर्ने विधी नभएको बताए । उनले भारतबाट प्रवेश गरेका हात्ती फर्काउन भारतले कुनै पहल नगरेको उदाहरण दिदै भारत पसेका अर्ना फर्काउने विषयमा आफूहरु अनभिज्ञ रहेको बताए ।

09/10/2024

सुनसरीमा तालिम प्राप्त कुकुरसहित चेकजाँच
सुनसरी । चाडपर्वलाई लक्षित गर्दै नयाँ सुरक्षा योजनासहित सुरक्षा ब्यवस्था कायम गर्न लागिपरेको सुनसरी प्रहरीले सुरक्षा चेकजाँचमा तालिम प्राप्त कुकुरसमेत परिचालित गरेको छ ।
सुरक्षाको हिसावमा संवेदनशिल नाकाहरुमा सुनसरी प्रहरीले तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरुगरेको हो । यसक्रममा धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।
उपरीक्षक तिमल्सिनाले भने– “कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।”
सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए ।

09/10/2024

सुनसरी जिल्लामा लागुऔषधको तस्करी रोक्न तालिम प्राप्त कुकुर परिचालन प्रभावकारी
सुनसरी । लागुऔषध कारोवारको मुख्य जिल्ला र प्रमुख ट्रान्जिटको रुपमा रहेको सुनसरी जिल्लामा लागुऔषधको कारोवार र तस्करी नियन्त्रणमा परिचालन गरिएको तालिम प्राप्त कुकुर प्रभावकारी देखिएको छ ।
पहाडि क्षेत्रबाट गाँजा आउने र भारतीय सीमाबाट लागुऔषध र ब्राउन सुगर निर्यात हुने मुख्य नाकाको रुपमा रहेको सुनसरी जिल्लाको धरान प्रवेश नाकामा तालिम प्राप्त कुकुरमार्फत सुरु गरिएको चेकजाँच प्रभावकारी बनेको पाइएको छ।
तालिम प्राप्त कुकुरका कारण लागुऔषध, विस्फोटक पदार्थ, पटाका लगायतका वस्तुहरूको कारोवार तस्करीलाई पहिचान गरी नियन्त्रणमा लिन सहज देखिएको छ ।
चेकजाँचमा कुकुर प्रयोग गरे लगत्तै प्रहरीले प्रतिबन्धित लागुऔषधि ट्रामाडोल १५ हजार ट्याब्लेट सहित २ जना युवा र एउटा मोटरसाईकल पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगुले धरानमा सम्भावित असुरक्षा र दुर्व्यसन, लागूपदार्थ ओसारपसारलाई नियन्त्रण गर्न चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गर्न थालिएको बताए ।
उनले भने ‘चाडपर्वको समयमा हुन सक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको हो ।’
उनका अनुसार चाडपर्वमा सवारी साधनहरूमा लुकाइ छिपाइ विस्फोटक पदार्थ, लागूऔषध तथा अवैध हातहतियार समेत ओसारपसार हुनसक्ने सम्भावना भएकोले यात्रुहरूको सुरक्षा समेतलाई ध्यानमा राखी चेकजाँच कडा गरिएको छ ।
धरान दुव्र्यसनीको सहर बनेकाले ओसारपसारमा कडाइ गर्न पनि कुकुर परिचालन गरिएको उनले बताए ।
चाडपर्वलाई लक्षित गरी गत मङ्गलवारदेखि सुरु भएको चेकजाँचमा सवारी धनीले बढी भाडा अशुल्ने, गाडी प्रयोग गरी चोरी डकैती गर्ने, खुल्ला लागूपदार्थ ओसार पोसार नियन्त्रण गर्न शङ्कास्पद स्थानमा कुकुर प्रयोग गर्न थालिएको हो ।
डिएसपी जवेगुले तीव्र गरिएको चेकजाँचमा अहिले सम्म प्रतिबन्धित लागुऔषध ट्रामाडोल १५ हजार बरामद गरिएको बताए । लागुऔषध सहित २ जना मानिस र एउटा मोटरसाईकल पक्राउ गरिएको उनले जानकारी दिए ।
चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलङ्घन हुने गरेको छ ।
त्यस्ता क्रियाकलापका साथै सर्वसाधारणको बढी भिडभाड हुने स्थानहरू, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, बैङ्क तथा सुन पसलमा उच्च निगरानी राखिने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरानबाट ईन्सपेक्टर कोमल ठाकुरको कमाण्डमा १० जना प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालय संघीय शाखा धरानबाट सई यम बहादुर श्रेष्ठको कमाण्डमा ५ जना सहित २ वटा तालिम प्राप्त कुकुर र ट्राफिक प्रहरी १ जना सहित १६ जनाको संयुक्त टोली खटिएको डिएसपी जवेगुले जानकारी दिए ।
संयुक्त टोलीले धरानको सीमा नाकाको स्थानहरूमा साना तथा ठुला सवारी साधनहरूमा कडाइका साथ नियमित चेकजाँच गरिरहेको छ । उनले भने ‘चेकजाँच नियमित भए पनि चाडपर्वमा सुरक्षाको हिसाबले बढी सक्रियता बढाइएको छ ।’
धरानमा लागुऔषध र विष्फोटक पदार्थको कारोवार र तस्करी नियन्त्रणमा तालिम प्राप्त कुकुर परिचालन प्रभावकारी देखिएपनि कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशकै प्रमुख नाकाहरुमा कुकुर परिचालन गरेर चेकजाँच गर्ने योजनामा छलफल गरिरहेको बताइएको छ ।

Address

Inarwa

Alerts

Be the first to know and let us send you an email when Barnamala Daily inaruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barnamala Daily inaruwa:

Share