Mahalaxmi Khabar

Mahalaxmi Khabar This is the official page of Mahalaxmi Khabar

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवज्यूले कार्यभार ग्रहण गर्नु भएकोमा उहाँलाई ह...
04/11/2025

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवज्यूले कार्यभार ग्रहण गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई एवं शुभका

रविलाई कारागारबाट छुटाउन नक्कली पत्र बनाइएको खुलासा !नख्खु कारागार प्रमुख सत्यराज जोशीले एउटा पत्र ल्याएर आफूलाई हस्ताक्...
04/11/2025

रविलाई कारागारबाट छुटाउन नक्कली पत्र बनाइएको खुलासा !

नख्खु कारागार प्रमुख सत्यराज जोशीले एउटा पत्र ल्याएर आफूलाई हस्ताक्षर गर्न दबाब दिइएको बयानमा भनेका छन् :- 'आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि' पत्रको व्यहोरा नै नहेरी हस्ताक्षर गरेको उनको दाबी छ !

फिदिममा हर्क साम्पाङको पार्टी (श्रम संस्कृति पार्टी)ले आयोजना गरेको  आम सभा कार्यक्रमका केही तस्बिरहरु।
04/11/2025

फिदिममा हर्क साम्पाङको पार्टी (श्रम संस्कृति पार्टी)ले आयोजना गरेको आम सभा कार्यक्रमका केही तस्बिरहरु।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिय...
04/11/2025

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गर्नुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बैठकमा महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव।  १५औ मह...
04/11/2025

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बैठकमा महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव। १५औ महाधिवेशन पुस १६देखि १९ सम्म गर्न प्रस्ताव।

‘नेपाल चिनौं, नेपाल घुमौं’ अभियानसहित तीन मोटरसाइकल यात्री देशभ्रमणमाझापा — राष्ट्रिय झण्डा सहित झापाका ध्रुव भण्डारी र ...
03/11/2025

‘नेपाल चिनौं, नेपाल घुमौं’ अभियानसहित तीन मोटरसाइकल यात्री देशभ्रमणमा

झापा — राष्ट्रिय झण्डा सहित झापाका ध्रुव भण्डारी र धनकुटाका पवन थापा र कुमार थापा ‘नेपाल चिनौं, नेपाल घुमौं’ अभियानअन्तर्गत देशभ्रमण यात्रामा निस्किएका छन्।

देशभक्तिको भावनासहित सुरु गरिएको उक्त अभियानको उद्देश्य नेपालको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक विविधता नजिकबाट अवलोकन गर्दै राष्ट्रिय एकता र पर्यटन प्रवर्द्धनको सन्देश फैलाउनु रहेको छ।

मोटरसाइकल यात्रुहरूले मनाङ–मुस्ताङ हुँदै देशका विभिन्न ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यले भरिएका स्थलहरूको भ्रमण गर्ने योजना बनाएका छन्। उनीहरूले प्रत्येक स्थानमा राष्ट्रिय झण्डा फहराउँदै “नेपाल चिनौं, नेपाल घुमौं” सन्देश आमजनमा पुर्‍याउने बताएका छन्।

यात्राको क्रममा उनीहरूले विभिन्न स्थानीय समुदायसँग भेटघाट, सांस्कृतिक आदान–प्रदान तथा सामाजिक सन्देशसमेत प्रवाह गर्ने तयारी गरेका छन्। कुमार थापाका अनुसार यस यात्राबाट देशभक्तिको भावना जागृत हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

बालेनले हटाए स्टाटस, सञ्जालमा बहस काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा...
02/11/2025

बालेनले हटाए स्टाटस, सञ्जालमा बहस
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे ।
अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो ।
पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको थियो ।

भाेजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्युभोजपुरकाे षडानन्द नगरपालिका-४ दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै ...
01/11/2025

भाेजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

भोजपुरकाे षडानन्द नगरपालिका-४ दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै गरेको प्रदेश न.१-०२-००३ त १२१३ नम्बरको लकडी बाेकेकाे ट्याकटर दुर्घटना हुँदा चालक षडानन्द नगरपालिका-४ केराबारीका २५ बर्षिय आईतबहादुर तामाङ र अरुण गाँउपालिका-४ चरम्बीका १७ वर्षिय नविन तामाङकाे मृत्यु भएकाे छ ।

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१४ गते १०:०० बजेसम्म)बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी:https://www.nepalpol...
31/10/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१४ गते १०:०० बजेसम्म)
बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी:
https://www.nepalpolice.gov.np/notices/1141/
#नेपालप्रहरी

धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा|सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोक...
31/10/2025

धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा
|
सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोकमार्गको १० मिटर सडक भासिएको हो
|
सडक भासिएपनि एकतर्फी सडक सुचारु रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरीको टोली पुगेको छ ।
कोशी पहाडी जिल्लाका विभिन्न स्थानका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छन् । अहिले पनि पानी पर्ने क्रम जारी छ ।

मिति २०८२।०७।१४ गते ०८:४५ बजेको समयमा जि धनकुटा धनकुटा नगरपालिका ९ तिनघुम्ति स्थित कोशी लोकमार्गमा दमकबाट दिक्तेल तर्फ ज...
31/10/2025

मिति २०८२।०७।१४ गते ०८:४५ बजेको समयमा जि धनकुटा धनकुटा नगरपालिका ९ तिनघुम्ति स्थित कोशी लोकमार्गमा दमकबाट दिक्तेल तर्फ जादै गरेको प्र १-०२-००१ ख ९५१९ नम्वरको बसको हावाको अचानक पाइप पड्किन गई अनियन्त्रित भई सडकमा दुर्घट्ना हुदा बसमा सवार २७ जना मध्ये १ जना जि मोरङ लेटाङ नगरपालिका ३ बस्ने बर्ष ५५ कि मिना गुरुङको ढाडमा चोट लागि सामान्य घाइते भएकोले उपचारको लागि धनकुटा जिल्ला अस्पताल पठाउने तयारी भई रहेको, अन्य यात्रु सबै सकुशल नै रहेका छन।
Source Bipin Dahal

https://mahalaxmikhabar.com/news/2025/10/31/89.html
31/10/2025

https://mahalaxmikhabar.com/news/2025/10/31/89.html

काठमाडौं, कार्तिक १४ –लगातारको वर्षा र बाढी–पहिरोका कारण शुक्रबार बिहानसम्म देशका विभिन्न ११ स्थानमा राजमार्ग .....

Address

Itahari

Telephone

+9779819050177

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share