GOKYO Television

GOKYO Television We are online Based Infotainment TV Channel Nepal.

नेपालले जित्यो यूएईसँगको एकदीवसीय श्रृंखला
18/11/2022

नेपालले जित्यो यूएईसँगको एकदीवसीय श्रृंखला

स्वीस सिंगापुरले पायो ५ अर्बको मल आयात ठेक्का
18/11/2022

स्वीस सिंगापुरले पायो ५ अर्बको मल आयात ठेक्का

वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना पक्राउ
18/11/2022

वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना पक्राउ

JAYCEES MANN - EP 05 | SEN JCI SHIVARAJ DAHAL
27/09/2022

JAYCEES MANN - EP 05 | SEN JCI SHIVARAJ DAHAL

"Jaycees Mann " [history to present] program shares the experiences learning and messages of senior distinguished personalities form JCI and JCI Itahari to y...

भारतलाई हराउँदै नेपाल फाइनलमासाफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंग...
16/09/2022

भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

नेपाल टी–२० लिगको मिति सर्यो नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा ...
15/09/2022

नेपाल टी–२० लिगको मिति सर्यो

नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण देखाउँदै लिगकाे मिति सारिएकाे हाे । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकाे थियाे । लिगकाे नयाँ मिति भने सार्वजनिक भएकाे छैन ।

युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्...
15/09/2022

युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेकाे छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ । रुसले पछिल्लो क्षेप्यास्त्र आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । अझै पनि रुसले युक्रेनको पाँच भागको एक भागमा नियन्त्रण गरिरहेको छ ।

म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन सुरुप्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय...
15/09/2022

म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन सुरु

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
छनोट भएका म्यादी पुलिसको कार्यअवधि ४० दिनको हुनेछ ।

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज न...
14/09/2022

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो । १७ वर्षमुनिको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन् ।

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ताको तयारीरुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख ...
14/09/2022

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ताको तयारी

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो । चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ ।

निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दै  निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधि सभ...
14/09/2022

निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दै

निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव आउन अब ६७ दिन बाँकी छ ।

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैआज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यस वर...
14/09/2022

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यस वर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

Address

Itahari, Sunsari
Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when GOKYO Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GOKYO Television:

Share

Category