21/03/2025
बैंक तथा वित्तीय संस्थासँग ऋणीहरूले राखेका केही मागहरू
१.आपतकालीन छूट::-
क.कालो सूचीमा (blackl ist ):- आर्थिक संकटले गर्दा असमर्थ भएका कालो सूचीमा (blacklist ) राखिएका ऋणीहरूलाई विशेष छुट दिई वा विशेष नियम बनाई कालो सूचीबाट हटाउनुपर्ने।
ख.ऋण पुनर्स्थापना (Loan Restructuring) ऋण पुनर्स्थापना गर्नुपर्ने।
ग. चालु पुजी (working capital):- व्यापार व्यवसाय सञ्चालन गर्न चाहिने पर्याप्त चालु पुजी (working capital) उपलब्ध गराउनुपर्ने।
२.धितो (Collateral):- बैंकले ऋणीको धितोमा राखिएका सम्पत्तिहरूको न्यायपूर्ण मूल्यांकन गर्ने, जफत प्रक्रियामा अन्याय रोक्ने, र ऋणीलाई ग्राहक होइन आर्थिक साझेदारको रूपमा हेर्नु पर्ने।
३.भूकम्प, कोरोनाकाल, र आर्थिक मन्दीजस्ता संकटकालीन अवस्थामा बैंकले थपिएको अतिरिक्त ब्याज र शुल्क ऋणीलाई फिर्ता गर्नुपर्ने र मापदण्ड निर्धारण गरी ब्याज ५-६% मा स्थिर गर्ने।
४.स्टार्टअप, युवा, किसान, महिला, अशक्त नागरिकलाई दिइएको सहुलियत कर्जामा बैंकले वृद्धि गरेको अतिरिक्त ब्याज फिर्ता गर्नुपर्ने र पुन सहज ब्याजदर (concession loan) लागू गर्नुपर्ने।
५.बैंक,वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक/मालिकहरूले अन्य उद्योग-धन्धा सञ्चालन गर्न रोक लगाउने व्यवस्था गर्नुपर्छ।
६.बैंक तथा वित्तीय संस्थाका सिनियर कर्मचारीहरूको तलब भत्ता नेपाल सरकारले तोके बमोजिम नै हुनु पर्ने ।
७.बैंक र वित्तीय संस्थाहरूले ऋण दिँदा मुख्य ब्याजदर बाहेक थप्ने अतिरिक्त शुल्क (प्रोसेसिंग फी, सर्विस चार्ज, प्रिपेमेन्ट पेनाल्टी, लेट फी, इन्स्योरेन्स चार्ज, दृष्टिबन्धक खर्च आदि) सेवाग्राहीले बुझ्ने भाषामा स्पष्ट लेख्नुपर्ने। आदि
यी हाम्रा प्रारम्भिक मागहरू हुन्। यसमा थुप्रै सुधारको खाँचो छ। हामी बिस्तारै सुधारेर अगाडि बढ्दैछौँ। तपाईंहरूको थप सुझाव सल्लाह को हामीलाई आवश्यकता छ। हाम्रो आवश्यकतालाई मध्यनजर गरी थप सल्लाह सुझाव दिनहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौँ।