Fast Media Nepal

Fast Media Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fast Media Nepal, News & Media Website, Itahari-8, Sunsari, Itahari.

प्रधानमन्त्री सुशीला कार्कीले आज (असोज ९ गते) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् ।भदौ २७ गते अन्तरिम सरकार प्रमुखमा नियु...
25/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले आज (असोज ९ गते) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् ।
भदौ २७ गते अन्तरिम सरकार प्रमुखमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्।
उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।
प्रधानमन्त्रीको सम्बोधनअघि आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

जेनजी पनि यतिखेर सक्कली र नक्कली निस्किएका छन् । सत्ता र शक्तिको वरिपरि नक्कली जेनजीहरु घुमिरहँदा सक्कली जेनजी भने आफ्ना...
25/09/2025

जेनजी पनि यतिखेर सक्कली र नक्कली निस्किएका छन् । सत्ता र शक्तिको वरिपरि नक्कली जेनजीहरु घुमिरहँदा सक्कली जेनजी भने आफ्ना माग सम्बोधन गर्न माग गर्दै सडकमै छन् ।

धेरैले सोचे महावीर पुन मन्त्री भइसकेपछि अब किताब बेच्न बन्द गरेर आफ्नो पहलमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रमा बजेट ...
25/09/2025

धेरैले सोचे महावीर पुन मन्त्री भइसकेपछि अब किताब बेच्न बन्द गरेर आफ्नो पहलमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रमा बजेट पार्नेछन् । यस्तो सोच्नु स्वाभाविक पनि थियो तर महावीरले त्यसो गर्न मानेनन्, उनले भने — ‘आविष्कार केन्द्रका लागि बजेट छुट्याउँदिन, छुट्याएँ भने त्यो भ्रष्टाचार हुन्छ ।’
यसैबाट थाहा हुन्छ, महावीरको निष्ठा ।

15/02/2025

असाबधानीको परिणाम सिग्रस्वस्थलाभको कामना

कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ ।किङ्सका खेलाडीलाई मङ्गलवार राती बि...
28/11/2024

कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ ।

किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिएका छन् । बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरेका छन् । ‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’

विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने छ ।

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअ...
28/11/2024

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि सुरु हुने व्यवस्था छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।
निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।

28/11/2024
NPL koshi
28/11/2024

NPL koshi

22/11/2024

भोजपुरे खुकुरीको शान घट्दै, बजारमा बिक्नै छोडेको व्यवसायीको गुनासो

दाङ( पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही आइपुगेका छन् । शुक्रबार रुपन्देही आइपुगेका शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्र...
22/11/2024

दाङ( पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही आइपुगेका छन् । शुक्रबार रुपन्देही आइपुगेका शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताकार्यकर्ताका साथै राजाका समर्थकलगायतले स्वागत गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह यहाँ आएका हुन् । लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

Address

Itahari-8, Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Fast Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fast Media Nepal:

Share