10/03/2026
म युद्ध भुमिमा जवान जस्तै
भाग्य सङ्ग लडिरहे
यो मन को घाउ ठिक पार्दा पार्दै
डक्टर भन्दा बडि भए
पिडा लुकाइ मनमा सधै
ओठमा हासो भरिरहे
यो ओस्कार पाउने हरुको भन्दा
राम्रो मेरो अभिनय
जो आउछ डु्ट्टो वजाउछ
म मादलुको खरि भए
म गुलेलिको चोट सहेर
उडिराको चरि भए
म जिन्दकिको सगर चड्न
पर्वत आरोहि सरि भय
तर जति अघि बढिरहे
म त्योति पछि झरिरहे
म ऋषिमुनिको सरापले
कुरुप भएको परि भए
जिन्दकिको एैना हेर्दा
हरेक पल्ट मरिरहे
म सहि छु कि गलत भन्दै
आत्माविवाद गरिरहे
तर आफ्नै मनको अदालत मा
साला वकिल सरि भय
म जिन्दगी को जहाज भित्र
पाइलट जस्तै बनिरहे
उडान भर्ने आसमा सधै
एकै ठाउमा अडिरहे
कहिले अरबौँ सपना बोकि
सन्सारकै धनि भए
कहिलै खल्तिमा सयको खुल्ला हुदा
हजार पल्ट गनिरहे llll
-- सुमन ढुंगाना