Purbeli News

Purbeli News Purbeli News is a leading digital news platform from Eastern Nepal, established in 2014.

We deliver accurate, balanced & credible news covering local, national, and global affairs. Our aim is to connect Eastern Nepal with audiences across Nepal & world. Purbeli News is a leading digital news platform from Itahari, Eastern Nepal, established in 2014.

13/09/2026

जोगीले भाषण मात्र होइन, शासन पनि गर्ने जानेको छ, यही तिलक–चन्दन लगाएर मन्त्री बन्ने दिन अब छिट्टै आउँदैछ ! - धर्मगुरु श्रीनिबास

कक्षा ९ मा अध्यानरत विद्यार्थी समीर भुसालले बनाए तीनपाङ्ग्रे गाडीमोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित जुपिटर इङ्लिस स्क...
13/09/2026

कक्षा ९ मा अध्यानरत विद्यार्थी समीर भुसालले बनाए तीनपाङ्ग्रे गाडी

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित जुपिटर इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी समीर भुसालले तीनपाङ्ग्रे गाडी निर्माण गरेका छन्। विद्यालय तहमा अध्ययनरत भुसालले आफ्नै सिर्जनशीलता र प्राविधिक सीप प्रयोग गरी तीनपाङ्ग्रे गाडी निर्माण गरेका हुन्। उनको यो प्रयासले विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता र नयाँ प्रविधिप्रतिको रुचिलाई उजागर गरेको छ।

एउटै दुर्घटनामा ज्यान गुमाएका इलामका आमा–छोरीको एउटै घाटमा गरियाे अन्त्येष्टिइलाम  / एउटै दुर्घटनामा मृत्यू भएका इलाम नग...
13/09/2026

एउटै दुर्घटनामा ज्यान गुमाएका इलामका आमा–छोरीको एउटै घाटमा गरियाे अन्त्येष्टि

इलाम / एउटै दुर्घटनामा मृत्यू भएका इलाम नगरपालिका–८ तिल्केनीकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको आज एउटै घाटमा अन्त्येष्टि गरिएको छ। भदौ २६ गते फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा फरक–फरक समयमा मृत्यु भएको थियो। छोरी सुस्मिताको भदौ २६ गते राति र आमा कविताको भोलिपल्ट बिहान झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

माइतीघर हाङ्मासुली जाने क्रममा दुर्घटनामा परेका आमा–छोरीलाई आज इलामको बज्रदेवीघाटमा सामाजिक परम्पराअनुसार एकैसाथ अन्तिम बिदाइ गरिएको हो। शुक्रबार साँझ मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेपछि पेट्रोल चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ। एउटै दुर्घटनामा आमा–छोरीलाई गुमाएपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्। दुर्घटनामा घाइते अटो चालकसहित अन्य तीन जनाको उपचार भइरहेको छ।

हर्क साम्पाङ प्रधानमन्त्री भएको भए, सयौं हेलिकप्टर प्रयोग गरेर बाढी आउँदा आउँदै सबैको उद्दार गर्नुहुन्थियोः पिन्सा राई
13/09/2026

हर्क साम्पाङ प्रधानमन्त्री भएको भए, सयौं हेलिकप्टर प्रयोग गरेर बाढी आउँदा आउँदै सबैको उद्दार गर्नुहुन्थियोः पिन्सा राई

13/09/2026

तीजको खुसी बोकेर यात्रामा निस्किएका दिदी–भाइको बाटोमै मृत्यु, परिवारमा पर्यो ठूलो बज्रपात

13/09/2026

पानी तान्ने मोटरबाट करेन्ट लाग्दा भोजपुरका ४१ वर्षीय राजकुमार राईको मृत्यु

भोजपुर / विद्युत् सर्ट भएर करेन्ट लाग्दा भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भई महालक्ष्मी नगरपालिका–७ मा बस्दै आएका ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। निर्माणाधीन नगर अस्पतालमा पानी तान्ने मोटर चलाउने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा राई घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिए पनि बचाउन नसकिएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

कन्काई पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको भन्दै सरकारले निर्माण व्यवसायीलाई १९९ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय ग...
13/09/2026

कन्काई पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको भन्दै सरकारले निर्माण व्यवसायीलाई १९९ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।

बैंकिङ कसुरमा पक्राउ परेका पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिनपछि रिहासंखुवासभाका पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दि...
13/09/2026

बैंकिङ कसुरमा पक्राउ परेका पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिनपछि रिहा

संखुवासभाका पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन् । भदौ १८ मा पक्राउ परेका गुरुङ भदौ २६ मा छुटेका हुन् । बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालालाई बुझाउनुपर्ने रकम बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए । गुरुङ कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ तिरेर उनी रिहा भएका हुन् ।

तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित
13/09/2026

तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित

‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’
13/09/2026

‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’

Address

Itahari-6, Sunsari
Itahari
56703

Alerts

Be the first to know and let us send you an email when Purbeli News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purbeli News:

Shortcuts

Share