Filmywood Nepal

Filmywood Nepal हरेक जानकारी यतै पाइन्छ ।

फिल्म आशाको इन्ड क्ल्याप अभिनेत्री अञ्जना बराइली।
20/08/2026

फिल्म आशाको इन्ड क्ल्याप अभिनेत्री अञ्जना बराइली।

आकाशले खुलाए प्रेमका कुरा । ५ वर्षदेखि एक अर्काको प्रेममा छ अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ ।
19/08/2026

आकाशले खुलाए प्रेमका कुरा ।
५ वर्षदेखि एक अर्काको प्रेममा छ अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ ।

23/07/2026

फिल्म हली यही साउन २२ गतेदेखि देशभरका फिल्म हलहरूमा प्रदर्शनमा आउँदैछ ।

निर्देशक चन्द्र पन्तले तेश्रो पटक अभिनेता पल शाहलाई निर्देशन गर्ने पक्का ।
21/06/2026

निर्देशक चन्द्र पन्तले तेश्रो पटक अभिनेता पल शाहलाई निर्देशन गर्ने पक्का ।

21/05/2026

फोटो खिच्न व्यस्त अभिनेत्री स्वस्तिमा खड्का ।

नाबालिग मोनालिसाको अन्तरधार्मिक विवाह वि'वा'दमा, पतिलाई मु'द्धा:महाकुम्भ मेलाबाट रातारात भाइरल बनेकी किशोरी मोनालिसाका प...
11/04/2026

नाबालिग मोनालिसाको अन्तरधार्मिक विवाह वि'वा'दमा, पतिलाई मु'द्धा:
महाकुम्भ मेलाबाट रातारात भाइरल बनेकी किशोरी मोनालिसाका पति फरमानविरुद्ध मध्य प्रदेश प्रहरीले पोक्सो लगायतका गम्भीर अ'प'राधमा मु'द्दा दर्ता गरेको छ । अनुसन्धानबाट गत मार्चमा विवाह हुँदा मोनालिसा जम्मा १६ वर्षकी (नाबालिग) मात्र रहेको र विवाह दर्ताका लागि नक्कली कागजात प्रयोग गरिएको खुलासा भएको छ । कानुनी कारबाहीबाट बच्न वास्तविक उमेरभन्दा २ वर्ष जेठो देखिने फर्जी जन्मदर्ता बनाएर पञ्चायतमा विवाह दर्ता गरिएको थियो । पति फरमानमाथि पोक्सोका साथै आ'प'राधि'क षड्यन्त्र र अनुसूचित जाति/जनजाति अत्याचार निवारण ऐनअन्तर्गत मु'द्दा चलाइएको छ । यस विवाहलाई 'लभ जिहाद' को काउन्टर - न्यारेटिभ बनाउन केरलाका केही राजनीतिक दल र संस्था (PFI) को संलग्नता रहेको आ'रो'प लगाइएको छ । राष्ट्रिय अनुसूचित जनजाति आयोगले मध्य प्रदेश र केरलाका प्रहरी प्रमुख (DGP) लाई दिल्ली बोलाएको छ र अनुसन्धान नसकिन्जेल हरेक ३/३ दिनमा रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।

विराज भट्टको खुलासा: 'राम नाम सत्य २' को केही दृश्य छायांकन भइसक्योआजबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले स...
10/04/2026

विराज भट्टको खुलासा: 'राम नाम सत्य २' को केही दृश्य छायांकन भइसक्यो
आजबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले सुखद ओपनिङ गर्दै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हलमा दर्शकको उत्साहजनक साथ पाएपछि प्रमुख अभिनेता विराज भट्टले यसको सिक्वेल 'राम नाम सत्य २' निर्माण हुने र त्यसका केही दृश्यहरूको छायांकन समेत भइसकेको 'सरप्राइज' खुलासा गरेका छन् । माइकल चन्दको निर्देशन तथा लेखन रहेको यस फिल्ममा एक्सन, लभस्टोरी र पारिवारिक कथाको मिश्रण छ । फिल्ममा विराज भट्ट र नव-नायिका खुशी कार्कीका साथै सुनिल थापा, प्रशान्त ताम्राकार, सुशील श्रेष्ठ लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको छ । पहिलो दिनको सुखद सुरुवातसँगै फिल्मले बक्स अफिसमा सानदार व्यापार गर्ने निर्माण पक्षको विश्वास छ ।

रित्तो पहाडको व्यथासँगै वैशाख १ गते प्रदर्शनमा आउँदै पहाड:दिग्गज निर्देशक तुलसी घिमिरेको बहुप्रतीक्षित फिल्म ‘पहाड’ नयाँ...
10/04/2026

रित्तो पहाडको व्यथासँगै वैशाख १ गते प्रदर्शनमा आउँदै पहाड:
दिग्गज निर्देशक तुलसी घिमिरेको बहुप्रतीक्षित फिल्म ‘पहाड’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गते रिलिज हुँदैछ । यस फिल्मले युवा पलायन, चरम बेरोजगारी र खानेपानीको अभावले रित्तिँदै गएका नेपाली पहाडी गाउँहरूको कारुणिक कथालाई उठान गरेको छ । "सहरभन्दा गाउँ नै उपयुक्त छ" भन्ने गम्भीर सामाजिक यथार्थ यो फिल्मले उठान गरेको छ । मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, स्वर्गीय सुनिल थापा जस्ता पुराना हस्तीहरूसँगै विपिन कार्की र रविन्द्र सिंह बानियाँ जस्ता वर्तमानका सशक्त कलाकारहरूको अभिनय यसमा देख्न सकिन्छ । यही फिल्मबाट निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले डेब्यु गर्दैछिन् ।

पुर्खाको गल्तीमा मदनकृष्ण श्रष्ठले मागे माफी:वरिष्ठ हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत दलित स...
09/04/2026

पुर्खाको गल्तीमा मदनकृष्ण श्रष्ठले मागे माफी:
वरिष्ठ हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत दलित समुदायमाथि विगतमा भएको जातीय भेदभावप्रति सार्वजनिक रूपमा माफी मागेका छन् । श्रेष्ठले समाजमा जरो गाडेर बसेको छुवाछुतप्रति खेद प्रकट गर्दै आफ्नो र पुर्खाको तर्फबाट दुवै कान समातेर माफी मागेका छन् । रास्वपा सभापति रवि लामिछानेले संसद्‌मा देखाएको परिपक्वता र उनले दलित समुदायप्रति मागेको माफीबाट प्रेरित भएर श्रेष्ठले यो कदम चालेका हुन् । समाजलाई साच्चिकै सभ्य बनाउन विभेदकारी 'दलित' र 'अछुत' जस्ता शब्दहरू शब्दकोशबाटै हटाउनुपर्ने उनको सुझाव छ । सबै मिलेर यो असभ्य चलनबाट माथि उठ्नुपर्ने भन्दै उनले एकअर्काको पीडा महसुस गर्न सक्ने 'जातीय एकता' नै देशको साँचो राष्ट्रियता भएको प्रस्ट पारेका छन् ।

चिनियाँ डकुमेन्ट्रीमा मिस पवि, काठमाण्डौमा प्रदर्शन:निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको उपस्थितिमा नेपाल अ...
08/04/2026

चिनियाँ डकुमेन्ट्रीमा मिस पवि, काठमाण्डौमा प्रदर्शन:
निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको उपस्थितिमा नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) अन्तर्गत नक्सालमा चिनियाँ डकुमेन्ट्री 'डिस्कभरिङ सिजाङ २०२६' प्रदर्शन गरिएको छ । वाङ लिन्जीद्वारा निर्देशित यस डकुमेन्ट्रीमा नेपालका मिस पबी र बुद्धि तामाङ सहित ६ देशका (नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडिया) ९ युवाहरूको चिनियाँ अनुभव र गतिविधिलाई प्रस्तुत गरिएको छ ।

Address

Sunsari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Filmywood Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share