इनरुवा भित्रकाे खबर

इनरुवा भित्रकाे खबर Knowledge is power. Information is liberating. Education is the premise of progress, in every society

29/08/2025

याे काण्ड कहाँ पुगेर टुङ्गो लाग्याे हाेला ?
इनरुवाका वडाध्यक्ष सुमन थापाले भारतीय महिलालाई अविवाहित बनाएर नागरिकता दिलाए

थापाले आफै सुचक बसेर अविवाहित महिलाको छोरीको १० दिन अगाडी जन्मदर्ता गराए

थापाले आफै सुचक बसेर अविवाहित महिलाको छोरीको १० दिन अगाडी जन्मदर्ता गराए

इनरुवा । इनरुवा नगरपालिका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाले एकजना भारतीय महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिससहितको सहयोग गरेको भन्दै उजुरी परेको छ ।

वडाअध्यक्ष थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायतमा २०६७ सालमा बिवाह भएकी एक महिलालाई अविवाहित युवती बनाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको उजुरीमा दावी गरिएको छ ।

थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायत घर भएकी भागवन्ती मोची नाम गरेकी महिलालाई २०८० असार १४ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता बनाउनका लागि अबिवाहित भनी सिफारिस गरेको दावी छ ।

नागकिरता प्रमाणपत्र लिने अनुसूची १ नियम ३ को उपनियम (१) र (३), नियम ४ को उपनियम (१) र नियम १६ को उपनियम (१) सँग सम्बन्धित फारममा वडाअध्यक्ष सुमन थापाले २०८० असार १३ गते सिफारिस गरेका छन ।

अध्यक्ष थापाको सिफारिसका आधारमा भागवन्ती मोचीले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०८० असार १४ गते २०५१ साल जेठ ९ गते जन्म मिति राखी ०६–०१–८०–०३८३१ नम्बर रहेको नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन
अनुसूची फारममा भागवन्ती मोचीको नागरिकतामा सनाखत उनका बाबु श्रीप्रसाद मोचीले गरेका छन ।

इनरुवा ६ मधेशामा बसोबास गर्दै आएका भागवन्तीका बाबु श्रीप्रसाद मोचीले जन्मसिद्धका आधारमा ०६३०२२÷१५१ नम्बरको नेपाली नागरिकता टोलीबाट २०६५ सालमा लिएका थिए।

६ नम्बर वडा कार्यालयबाट वडाअध्यक्ष थापाले श्रीमानको महल खाली राखेर अविवाहित देखाईइ नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिस गरेकामा उनैले भागवन्तीकै छोरीको जन्मदर्ता गरिदिएको र त्यसमा भारतीय नागरिक राजकुमार मोचीको नाम बाबुको महलमा राखिएको छ ।

भारतीय नागरिकसँग बिवाह गरेकी भागवन्ती मोचीको गर्भबाट जन्मिएकी एक बालिकाको जन्मदर्तासमेत आफै सूचक भएर गरेको उजुरीकर्ताहरुले दावी गरेका छन ।

२०८० असार ५ गतेको मितिमा बाबु राजकुमार मोची आमा भागवन्ती मोचीको गर्भबाट जन्मिएकी निशा मोची नाम गरेकी छोरीको २०६९ असोज २७ गते जन्ममिती राखी जन्मदर्ता गरेको पाइएको छ ।

जन्मदर्ता प्रमाणपत्रमा सूचक बसेका वडाअध्यक्ष सुमन थापाको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ५११७÷६११७ उल्लेख गरिएको छ ।

जन्मको सूचना फारममा समेत वडाअध्यक्ष थापाले २०८० असार ४ गतेको मितिमा आफै रातो मसिले तोक आदेश दिएर जन्मदर्ता गराएको छ ।

निशा मोचीको २०६९०६२७०४६५८ दर्ता नम्बर रहेको जन्मदर्ता प्र्रमाणपत्र २०८० असार ५ गते जारी भएको पाइएको छ ।

जन्मदर्ता प्रमाणपत्रमा निशा मोचीको बाबुको नाम राजकुमार मोची आमाको नाम भागवन्ती मोची उल्लेख गरि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र नभएको उल्लेख गरिएको छ ।

वडाअध्यक्ष थापाको तोकआदेश अनुसार पञ्जिकाधिकारी दिगम्बर यादवले हस्ताक्षर गरि अनलाइन प्रमाणपत्र प्रिन्ट गरि दिएको पाइएको छ ।

वडाअध्यक्ष सुमन थापाले रकम लिएर भारतीय महिलालाई अबिवाहित भनी नेपाली नागरिकता दिलाएको भन्दै गृह मन्त्रालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिकता बदर गरि कानुनी कारवाही गर्न उजुरी दर्ता भएको छ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौले इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयलाई सक्कल प्रमाण बुझी पठाउनु भन्ने व्यहोराको पत्र पठाएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले टंगालले २०८० भदौ १८ गते पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीलाई उजुरीको व्यहोरा उल्लेख गरि पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानविनका लागि रायसहित सक्कल कागजपत्र उपलब्ध गराईदिन इनरुवा नगरपालिका कार्यालयलाई २०८० असोज ७ गतेको मितिमा पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा वडाअध्यक्ष थापा र अबिवाहित छोरी बनेर नेपाली नागरिकता लिने भागवन्ती मोचीलाई प्रहरीमार्फत झिकाई बयान लिनु भन्ने व्यहोराको पत्र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पठाएको स्रोतले जनाएको छ ।

वडाअध्यक्ष सुमन थापाले नागरिकता लिएकी भागवन्ती मोची आफ्नै गाँउ समाजकी छोरी रहेकी उनी स्वस्तिक भेनियर नाम गरेको प्लाई उधोगमा काम गर्न जाँदा भारतीय नागरिकले यौन सम्बन्ध कायम राखी गर्भ रहन जाँदा एक सन्तानको जन्म भएको बताए ।

थापाले भारतीय नागरिक राजकुमारले भागवन्तीलाई छाडेर हिडेकाले एक सन्तानको जन्म दिएकी भागवन्तीलाई नागरिकता अभावमा कुनै कामकाज गर्न कठिनाई भएपछि नागरिकताको सिफारिस नियमअनुसार गरेको बताए ।

वडाअध्यक्ष थापाले भने, ‘भागवन्तीका बाबुको जन्मसिद्ध नागरिकता रहेकाले सोही आधारमा गाँउ सर्जमिन मुचुल्का अनुसार साक्षी प्रमाणका आधारमा आफुले नागरिकताको सिफारिस गरेको बताए ।

गलत मनसायले नागरिकता बनाउन सहयोग नगरेको दावी गरेका छन । यसैगरि मोचीको छोरी निशाको जन्मदर्ता आफैले सूचक भएर सहयोग गर्ने मनसायले बनाएको बताए ।

Source Barnamala National Daily Inaruwa

21/04/2025

इनरूवामा राम्रो नेता भएको भए ।
निर्वाचित जनप्रतिनिधिहरुले राम्रो काम गर्दिएको भए ।
इनरूवा नगरपालिकाका कर्मचारीहरू जनताप्रति इमानदार र राज्यप्रति जवाफदेही भएको भए ।
इनरूवाका जनप्रतिनिधि र कर्मचारी कमिसन घुसखाेर, भ्रष्टाचारी नभएको भए ।
सरकारी बजेटबाट गुणस्तरीय काम भएको भए ।
काम गर्ने ठेकेदार र कामको मुल्यांकन गर्ने इन्जिनियर पेसा प्रति इमान्दार भएको भए ।
इनरूवाबासिहरुले जहिल्यै विकासमा पछि पर्नु पर्दैन थियाे हाेला ।
इनरूवामा शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको बिकृतीले गर्दा यस्तो दु:ख खेप्नु पर्दैन्थ्यो कि ???
मेयर, वडाअध्यक्षले शासक नभएर सेवक भएको भए ।
कर्मचारीले भ्रष्टाचारी र कामचाेर नभएर राष्ट्र सेवक भएको भए ।
इनरूवामा धेरै क्षेत्रमा विकास हुने थियोे हाेला ?
इनरूवासीहरू के भन्नू हुन्छ ?

Address

Inaruwa Sunsari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when इनरुवा भित्रकाे खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share