02/09/2024
सत्य घटना मा आधारित:
Part-1
सुविना र संयोग को करिब ३ बर्ष अघि भेट भएको थियो।फेसबुक मार्फत चिनजान भएपछी उनिहरुले भेटेरै सम्बध अघि बढाउने निर्णय गरका थिए।त्यसपछी उनिहरुको भेट एक खाजा घर मा भयो।त्यसपछि उनिहरुको प्रेम ले गति लिन थाल्यो।सम्बन्ध ठिकठाकै चलिरहेको थियो।३ बर्ष सम्म एक-अर्का संग बाच्नै नसक्ने भएर बसेका थिए।सुविना भर्खरै कक्षा १२ को परिक्षा उतिर्ण गरेर इटहरी को एक प्रतिष्ठित क्याम्पस मा ब्याचलर पढ्न भर्ना भएकी थिइन।संयोग ले ब्याचलर सकेर नेपाल मै भौतारीरहेको थियो।देश मा कुनै अवसर नदेखेपछी विदेश जाने योजना बनायो।अनि आफ्नो योजना सुविना लाई सुनायो।उनले पनि जाने सल्लाह दिइन।एकातिर भविस्य को चिन्ता अर्कोतिर आफुले ३ बर्ष सम्म मन मुटु दिएर माया गरेकी प्रेमिका को चिन्ता।उस्लाइ धेरै पिरोलिरहेको थियो।यत्तिकै मा प्रेमिकाले भनेअनुरुप नै विदेश जाने निर्णय गर्यो र सबै प्रक्रिया मिलाउन थाल्यो।भाषा कक्षा लिन थाल्यो ।भविस्य उज्वल बनाउने सपना त छ्दैथियो अर्को तिर सुविना को नि तेति नै चिन्ता लाग्न थालेको थियो।जसोतसो उस्ले भाषा परिक्षा उत्तीर्ण गर्यो र अन्तिम मा उस्को भिसा लाग्यो ।उस्ले गहभरी आँसु खसाल्दै आफ्नी सुविना सङ अन्तिम पटक भेट्यो।उस्ले नि विदेश गएसी -माया नमार्नु है भनिन।विदेश गएसी त मान्छेहरु टाढा टाढा हुन्छन।तपाईं चै नहुनु।म सधै तपाइकै पर्खाइ मा हुनेछु भन्दै अन्तिम पटक अङालो मा बाधिन।उनिहरु मुस्किल ले छुट्टिए।सुविना को नि गहभरी आँसु आयो।तेत्तिकै मा संयोग परदेशी भुमी पुग्यो र काम गर्न थाल्यो।समय बित्दै थियो।सधै कुरा भैराख्यो उनिहरुको।एकदिन सुविना ले मलाइ तपाइप्रती कुनै मायाको भावना नै आउदैन अचेल भनेर भनिन।संयोग को मन रोयो।३ बर्ष सम्म को तेति चोखो माया गर्ने मान्छेले अचानक तेस्तो भनेपछी छानाबाट गर्लाम्म खसे जस्तो भयो।संयोग ले कति सम्झायो।तर सुविना ले माया को फिलिङ आउन छोडेको कुरा बताइ रहिन.......सम्योग र सुविना नै आधा रात मा रुन थाले......😭😭😭
बाकी : Part -2 मा आउदैछ.......