27/09/2026
सिजन गुरुङद्वारा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाल तरुण दल, सुनसरीका अध्यक्ष तथा महासमिति सदस्य सिजन गुरुङले उम्मेदवारी घोषणा गरेका छन्।
सुनसरीमा युवा तथा तरुण संगठनलाई सक्रिय बनाउँदै आएका गुरुङले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्। उनले अग्रजको अनुभव र युवाको ऊर्जालाई समेट्दै पार्टी संगठनलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गुरुङले पार्टीभित्र युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता तथा जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।