Itahari Now

Itahari Now Exploring the Surroundings of Itahari.

23/07/2025

इटहरी मुख्य चौकको सार्वजनिक शौचालय अत्यन्तै दुर्गन्धित, फोहोर र पूर्ण रूपमा अव्यवस्थित अवस्थामा रहेको छ। धारा टुटेको छ, शौचपछि हात धुने पानीसमेत छैन। यस प्रकारको लापरबाहीले नागरिकको स्वास्थ्यमा दैनिक गम्भीर र दीर्घकालीन असर पारिरहेको छ। इटहरी उपमहानगरको समयमै ध्यान जाओस् ।

हिन्दुपति उर्फ सेनकालीन दरबार टेक्दा ...चतरा नजिक छ ओैलिया बाबा मठ । र, छन् दर्जन बढी मन्दिर, मठ, धर्मशाला । चतराधाममा ह...
23/07/2025

हिन्दुपति उर्फ सेनकालीन दरबार टेक्दा ...

चतरा नजिक छ ओैलिया बाबा मठ । र, छन् दर्जन बढी मन्दिर, मठ, धर्मशाला । चतराधाममा हिन्दू मठ मन्दिरहरू स्थापना हुन थालेको सेनकाल सुरु भएपछि हाे । लिम्बुवानकाे राजकाजमा फेरबदल आएपछि सेनहरूकाे प्रवेश भयाे । खासगरी, विजयपुर राज्यमा संस्थापक राजा विजयनारान राय लिम्बु (साइलाइङ पुङलाइङ वंशी) र फेदापका राजा मुरेहाङ खेवाङबीच द्वन्द्व बढ्याे । मुरेहाङ विजयपुरका चाैतारिया पनि थिए । विजयनारानका छाेरी मैयाँले सतित्व लुटेको आराेप लगाएपछि मुरेहाङकाे हत्या भयाे । याे खबर सुनेपछि उनका छाेरा बाजु (बाजाहाङ) खेवाङले प्रतिशाेध लिने वाचा कसे । र, मकवानपुरका राजा लाेहाङ सेनलाई सहायताका लागि गुहारे ।

लाेहाङ सेनले आफ्नो वाचा पूरा गर्दै बजाहाङलाई सेनासहित सघाए महाेत्तरी, सप्तरी हत्याए । काेशी तरेर माेरङ राज्य लागे । तर, युद्ध र राज्य विस्तारका क्रममा बाजाहाङले खरसाङकाे गिद्दे पहाडमा प्राण त्यागे । लाेहाङ सेनले लेप्चा राजा तर्बे पुनुलाई परास्त गरे । फर्किँदा महानदीमा गढी बनाए । पूर्वबाट विजयपुर लागे । बाटोमा विजयनारानकाे मृत्युको खबर सुने । लाेहाङ सेन विजयपुर पुगेर आफूलाई महाराजधिराज घाेषणा गरे । बाजाहाङका छाेरा पानाेहाङलाई राजा बनाएर फिरे । उनलाई 'हाङ' पदवी कायम राख्ने शर्तमा हिन्दू मत ग्रहण गराए । पानाेहाङ विद्याचन्द्र राय भए ।

मकवानपुर फिर्ने क्रममा लाेहाङ सेन चतरा पुगे र विष्णुकाे नाममा बराह मन्दिर बनाए । र, हरेक साल मेला लगाउन आदेश दिए । जुन आज बराहक्षेत्र मन्दिरका नामले प्रसिद्ध छ । हुन त पाराह काेकाहमा थिन्दाेलुङ खाेयाहाङवंशी, खजुम वंशी, आठपहरियाहरूकाे इतिहास पनि जाेडिन्छ ।

लाेहाङ सेनका नाति हरिहर सेन (सन् १६५६ - १६८१/वि.सं. १७१३ - १७३८) ले मकवानपुरका महाराजा भएपछि विहार राज्यमाथि चढाइ गरे । र, पहिलोपटक 'हिन्दूपति' पदवी धारण गरे । उनले राजपूत घरानाका दुई रानीहरू विवाह गरे । उनका छाेरा शुभ सेनले पनि 'हिन्दूपति' धारण गरेर छत्रपति सेन भए । यसरी हेर्दा चतरामा रहेको हिन्दूपति दरबार सेनहरूले बनाएको देखिन्छ । तर, ठ्याक्कै कुन राजाको पालामा निर्माण भएको हाे । यकिन प्रमाण पाउन बाँकी छ । तर, हिन्दूपति भएको कारण हरिहर सेन या उनका उत्तराधिकारीले निर्माण गरेर चाैदण्डी र विजयपुरबीचमा दरबार बनाएको हुन सक्छ । दरबार परिसरमा अहिले पनि पुराना इट्टा र ढुंगाका गराका डाेबहरू देखिन्छन् । जुन वर्तमान बराहक्षेत्र नगरपालिकामा अवस्थित छ । याे खाेज, अनुसन्धानकाे विषय हुन सक्छ । साथै, पुरातात्त्विक विभागले पनि यसतर्फ चासाे दिनुपर्छ । चतराकाे धार्मिक मात्रै नभएर ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कुरामा पनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारकाे ध्यान पुग्नुपर्छ । समुदायले अझ बढी उत्सुकता दिएर यसको संरक्षणमा अग्रसर हुनुपर्छ ।

२२ जुलाई, २०२५

सेनकालीन दरबार, चतरा, लिम्बुवान Amit thebe ज्यूको facebook वाल्ल बाट 🙏

"डिप्रेसन" — शरीरभन्दा गहिरो, मनभन्दा पर, र आत्माभित्र गढेको एक मौन चिच्याहट...यो न कुनै चोट देखिन्छ, न कुनै रगत बग्छ,तर...
21/07/2025

"डिप्रेसन" — शरीरभन्दा गहिरो, मनभन्दा पर, र आत्माभित्र गढेको एक मौन चिच्याहट...

यो न कुनै चोट देखिन्छ, न कुनै रगत बग्छ,
तर भित्रभित्रै मान्छे टुक्रा–टुक्रा भएर बाँचिरहेको हुन्छ।

🖤 डिप्रेसनले कसैको अनुहार हेरेर भन्दैन —
यो धनीलाई पनि हुन्छ, गरिबलाई पनि,
हास्ने मान्छे पनि यसको सिकार हुन्छ,
अनि मौन रहने मान्छे त भित्रैबाट चिच्याइरहेको हुन्छ।

कहिले काँही डिप्रेसन कसैको
"तिमी त सधैं हाँसिरहन्छौ नि!" भन्ने भनाइभित्र लुकेको हुन्छ,
कसैको "सब ठीक छ" भन्ने उत्तरमा चिसो आँसु मिसिएको हुन्छ।

🕳️ डिप्रेसन भनेको के हो?
यो केवल मन खिन्न हुनु होइन,
यो त आफैसँगको लडाइँ हो,
जहाँ शत्रु बाहिर होइन, भित्रै लुकेको हुन्छ।

जसले हरेक बिहान उठ्दा सोच्दछ – 'म किन बाँचिरहेको छु?'
जसले हरेक रात बिछ्यौनामा निन्द्राको सट्टा आँसु खोज्दछ।
जसले अरूको हर्षमा आफ्नो पीडा लुकाउँछ।
त्यसले भोगिरहेको हुन्छ — डिप्रेसनको यात्रा।

🛤️ डिप्रेसनको यात्रामा कस्तो दुःख पाइन्छ?
– आत्मग्लानि,
– निरर्थकताको अनुभूति,
– कसैलाई केही भन्न नसक्ने मौन पीडा,
– सास त चलिरहेको हुन्छ तर जीवन हराएको हुन्छ।
– अनुहार हाँसिरहेको हुन्छ, तर भित्र एक युद्ध चलिरहेको हुन्छ।

डिप्रेसन कसरी हुन्छ?
– लगातारको अपमान, घृणा, अस्वीकृति,
– आफन्तबाट चोट, समाजबाट उपेक्षा,
– वा कुनै ठूलो झट्का – जस्तै: प्रेममा धोका, काम गुमाउनु, वा प्रियजन गुमाउनु।
तर कहिले काँही कुनै कारण नै नदेखिए पनि यो चुपचाप पस्छ हृदयभित्र।

🧠 डिप्रेसन कसलाई हुन्छ?
– जो धेरै सोच्दछ,
– जो अरूलाई खुसी राख्न आफूलाई थिच्दछ,
– जो भित्रभित्रै कमजोर छ तर बाहिर बलियो देखिन्छ।
– जसको जीवनमा धेरै सपना छन्, तर साथ दिने कोही छैन।

🌿 डिप्रेसन नहोस् भन्नको लागि के गर्ने?
– मनका कुरा लुकाउनु होइन, भन्न सिक्नुहोस्।
– आफ्नै खुसीका लागि समय निकाल्नुहोस्।
– फोन भन्दा साथीको काँध खोज्नुहोस्।
– "सबै ठीक छ" भन्ने बहानामा आँसु नछिपाउनुहोस्।
– प्रेम, प्रकृति, प्रार्थना र पाठमा समय दिनुहोस्।

👥 डिप्रेसन भए के गर्ने?
– डराउनु हुँदैन, यो रोग हो, अपराध होइन।
– विशेषज्ञको सल्लाह लिनुहोस्।
– लेख्नुस्, बोल्नुस्, कराउनुस्, रुुनुस् — तर मौन नबस्नुस्।
– आफूलाई दोष दिन छोड्नुस्।
– नजिकको साथीसँग, परिवारसँग साँचो कुरा खोल्नुस्।
– आत्मालाई समय दिनुहोस् — तिमी फेरि उज्यालो देख्नेछौ।

💛 र सम्झनुस् —
हामी सबैलाई कहिले न कहिले जीवनले पछार्छ,
तर हार मान्नु जीवनको अन्त्य होइन।
"जीवन दुखद छैन, केवल केही अध्यायहरू कठिन छन्।"
तिमी आज रुन्छौ, ठीकै हो —
तर पर्सि तिमी फेरि हाँस्नेछौ, उज्यालो देख्नेछौ।

🙏 यदि तपाईं वरिपरि कसैले चुपचाप बसिरहेछ भने — सोध्नुस्, "सबै ठिक छ?"
किनभने कहिलेकाहीँ एक प्रश्न, एउटा काँध, एक गला अँगालोले
कसैको आत्महत्या रोक्न सक्छ।

🕊️ डिप्रेसन कुनै लाजको कुरा होइन —
यो त सहानुभूति, समझदारी र प्रेमले निको पारिने एउटा पीडा हो।

– देवीलाल पाण्डे ✍️

पाँचथरको कुम्मायक स्थित तमोर किनारमा रहेको ऐतिहासिक धर्मशाला पाटी। गौतम परिवारले १९४० मा निर्माण गरेको पाटीको    जीर्णोद...
19/07/2025

पाँचथरको कुम्मायक स्थित तमोर किनारमा रहेको ऐतिहासिक धर्मशाला पाटी। गौतम परिवारले १९४० मा निर्माण गरेको पाटीको जीर्णोद्धार हुने भएको छ ।Amrit bastola

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।
17/07/2025

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।

17/07/2025

🐍

मनपरे share गरौँ । 😁
17/07/2025

मनपरे share गरौँ । 😁

यस्तो अनौठो चौक काे नामाकरण हुन मा केही ऐतिहासिक पृष्ठभूमि होला ! 🤔
14/07/2025

यस्तो अनौठो चौक काे नामाकरण हुन मा केही ऐतिहासिक पृष्ठभूमि होला ! 🤔

13/07/2025

चिन्नुहुन्छ ?

11/07/2025

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Now posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share