Sadak Sanchar.com

Sadak Sanchar.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sadak Sanchar.com, Digital creator, Ithari.
(3)

07/06/2026

भ्रस्टहरुका काउ न्ट डाउन सुरु, गृहमन्त्री बन्दै सुधन गुरुङ

'जनताले प्रश्न गर्दा बालेन शाहका मन्त्री चुपचाप टाप' , जवाफबिनै भागे काठमाडौं । करिब १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलग...
07/06/2026

'जनताले प्रश्न गर्दा बालेन शाहका मन्त्री चुपचाप टाप' , जवाफबिनै भागे

काठमाडौं । करिब १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ‘काम गरेर देखाउने’ प्रतिबद्धता जनाए पनि स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले नाराबाजी गरेका छन् ।

सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गमा पर्ने कमला पुलको स्थलगत निरीक्षण गर्न मन्त्री लम्साल शनिबार साँझ करिब ६ बजे पुगेका थिए । स्थानीय केही युवाहरु पनि त्यहाँ पुगेका थिए । उनीहरुले पुल कहिले बन्छ भनेर मन्त्री लम्साललाई प्रश्न गरेका थिए । तर जवाफ नदिई हिँडेको भन्त्री केही युवाहरुले नाराबाजी गरेका थिए ।

हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं,’ भनेका थिए । संघर्ष समितिका संयोजक यादवका अनुसार मन्त्रीबाट पुल निर्माणको भविष्यबारे कुनै स्पष्ट धारणा नआएपछि स्थानीयवासी आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए ।

तर स्थानीय नरेशचन्द्र बरबरियाका अनुसार मन्त्री लम्सालले पुल निर्माणमा संलग्न ठेकेदार तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका थिए ।

मन्त्री निरीक्षणका लागि आउने खबरले स्थानीयमा आशा जगाए पनि उनले कुनै सार्वजनिक धारणा वा प्रतिबद्धता व्यक्त नगरेको भन्दै केही स्थानीय आक्रोशमा आएका थिए

प्राप्त एक भिडियोमा केही युवाहरुले मन्त्रीतर्फ मोबाइल तेर्स्याउँदै पुल कहिले बन्छ भनेर प्रश्न गरेको सुनिन्छ । तर मन्त्री बोलेको आवाज सुनिँदैन । त्यसपछि पछाडिबाट केही युवाले हात माथि उठाँदै नाराबाजी गरेको आवाज सुनिन्छ ।

संघर्ष समितिका संयोजक यादवले भने, ‘कमला पुल कहिले बन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ कि नयाँ योजना ल्याइन्छ भन्ने विषयमा मन्त्रीले केही पनि स्पष्ट पार्नुभएन । त्यही भएर स्थानीय आक्रोशमा आए ।’

मन्त्रीको टोली फर्किने क्रममा स्थानीयले नाराबाजी गर्दै ‘फोटो खिचाउन मात्र होइन, जवाफ दिन पनि आउनुपर्छ,’ ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

लम्सालबाट सार्वजनिक रुपमा स्पष्ट प्रतिबद्धता नआउँदा पुलबारे जनतामा झन् अन्योल र निराशा बढाएको भन्दै आक्रोशमा आएका केहीले मन्त्री सवार गाडीको बाटो छेक्ने प्रयास समेत गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले भने मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको स्वीकार गरे तर गाडी नै अवरोध भने नभएको जानकारी दिए । मन्त्रीको सवारी फर्किने क्रममा बाटो व्यवस्थापनका लागि प्रहरीले सामान्य सहजीकरण मात्र गरेको उनले बताए ।

मन्त्री लम्सालसहित अहिलेसम्म १८ जना मन्त्री कमला पुल निरीक्षणका लागि आएको तर निर्माणको काम वर्षौंदेखि अधुरो रहेको भन्दै स्थानीय आक्रोशित छन् ।

'बालेन राज्यमा ट्या ट्या टु टु गर्दै सभामुखको यस्तो VIP सवारी' पुरा पढ्नुहोस-  काठमाडौं | सभामुख डिपि अर्यालको सवारीको भ...
06/06/2026

'बालेन राज्यमा ट्या ट्या टु टु गर्दै सभामुखको यस्तो VIP सवारी' पुरा पढ्नुहोस

-

काठमाडौं | सभामुख डिपि अर्यालको सवारीको भिडियो यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ । VIP सवारी नगर्ने भन्दै उदाएको पार्टि रास्वपाबाट निर्वाचित सभामुख डिपि अर्यालले नै यस्तो सवारि गरेको भन्दै आलोचना समेत भैरहेको छ ।

यो पनि पढ्नुहोस

सभामुख भनेको के हो र यो पद किन महत्त्वपूर्ण मानिन्छ

सभामुख भनेको प्रतिनिधिसभाको प्रमुख पदाधिकारी हो । अंग्रेजीमा यसलाई 'स्पिकर' भनिन्छ, अर्थात् सदनका तर्फबाट बोल्ने व्यक्ति । तर, सभामुख न त सरकारको प्रतिनिधि हो, न विपक्षको । उसले सम्पूर्ण सदनको प्रतिनिधित्व गर्छ । निष्पक्ष भएर संसद‍्को गरिमा र मर्यादा कायम राख्नु उसको मूल दायित्व हो ।

नेपालको संविधानले व्यवस्था गरेअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख र उपसभामुखको निर्वाचन सकिनुपर्छ । सभामुखको पद रिक्त रहँदासम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्छन्, ठीक जसरी अहिले अर्जुन नरसिंह केसीले गर्दै आएका छन् ।

सभामुख बनेपछि दलसँगको सम्बन्ध कस्तो हुन्छ

सभामुखको पदमा पुगेपछि त्यो व्यक्ति कुनै दलको सक्रिय सदस्य रहन पाउँदैन । सभामुखले निष्पक्ष रूपमा काम गर्न सकोस् भनेर उसलाई दलीय राजनीतिबाट माथि उठ्नुपर्छ भन्ने मान्यता राखिन्छ ।

यही कारण डीपी अर्यालले सभामुख बनेपछि रास्वपाको उपसभापति मात्र होइन, साधारण सदस्यसमेत रहन पाउँदैनन् । उनले पार्टी सदस्यता नै त्याग्नुपर्ने हुन्छ । यो व्यवस्था राम्रो परम्परा हो, किनकि संसदलाई दलीय स्वार्थभन्दा माथि राखेर सञ्चालन गर्न सभामुखको निष्पक्षता अनिवार्य शर्त हो ।

सभामुखसँग के-कस्ता अधिकार हुन्छन्

सभामुखको अधिकार हेर्दा यो पद किन शक्तिशाली मानिन्छ भन्ने स्पष्ट हुन्छ । पहिलो, संसद् सञ्चालनको सर्वोच्च अधिकार सभामुखसँग हुन्छ । हरेक बैठकको कार्यसूची अर्थात् कुन दिन कुन विषय बैठकको एजेन्डा बनाउने भन्ने कुरा सभामुखले नै तय गर्छन् । कुन विषय कहिले उठाउने, कुन प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय सभामुखकै हातमा हुन्छ ।

कुन सांसदले बोल्ने, कति समय बोल्ने भन्ने अन्तिम निर्णय पनि सभामुखकै हो । धेरै बेर बोल्न थाले रुलिङ गर्छन् । संघीय संसद् सचिवालयको व्यवस्थापन समितिको प्रमुख पनि सभामुख नै हुन्छन् । जसले संसदको प्रशासनिक संरचना र कर्मचारी व्यवस्थापनमा उनको प्रत्यक्ष निगरानी हुन्छ ।

दोस्रो महत्वपूर्ण अधिकार भनेको सभामुख संवैधानिक परिषद्को पदेन सदस्य हुनु हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानवअधिकार आयोग, प्रधानन्यायाधीशसम्मको नियुक्ति सिफारिस गर्ने यो परिषद्मा सभामुखको प्रत्यक्ष भूमिका हुन्छ । यसले न्यायपालिकादेखि स्वतन्त्र आयोगसम्मका महत्वपूर्ण नियुक्तिमा उनको हात पुग्छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको सिफारिस समितिको नेतृत्व पनि सभामुखले गर्छन् । विशेष परिस्थितिमा राष्ट्रपति र उपराष्ट्रपति दुवै पद एकसाथ रिक्त भएमा सभामुखले राष्ट्रपतिको कार्यभार समेत सम्हाल्न सक्छन् ।

सभामुखको मर्यादाक्रम र सेवासुविधा कस्तो छ ?

मर्यादाक्रममा हेर्ने हो भने, सभामुख मुलुकको पाँचौँ स्थानमा पर्छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि सभामुखको बरियताक्रममा आउँछ । यो क्रमले नै यो पदको संवैधानिक गरिमा कतिको छ भन्ने बुझ्न सकिन्छ

सेवासुविधाको हिसाबमा, सभामुखलाई मासिक पारिश्रमिक ६७,३२० रुपैयाँ तोकिएको छ भने विभिन्न शीर्षकमा प्रतिमहिना थप ३७,००० रुपैयाँ खर्च पाउने व्यवस्था छ । सरकारले लैनचौरमा सरकारी आवास उपलब्ध गराउँछ । यसका साथै सुरक्षाकर्मी, सरकारी सवारी साधन र अन्य राज्य प्रोटोकलहरू पनि सभामुखले पाउछन् ।

रबिलाई रास्वपाको चिन्ता, संजालमै लेखे 'आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन' - काठमाडौं । राष्ट्रिय ...
06/06/2026

रबिलाई रास्वपाको चिन्ता, संजालमै लेखे 'आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन'

-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति मात्रै नभई मुलुको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताएका छन्।

शनिबारदेखि रास्वपाको जिल्ला अधिवेशन सुरू हुँदै गर्दा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फ सन्देश जारी गर्दै सक्षम राजनीतिक शक्ति बन्नका लागि पार्टीलाई अझै फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने बताएका हुन्।

'संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,' उनले लेखेका छन्।

युगले दिएको अभिभारा पूरा गर्न पछिल्लो जनमतलाई अझै विस्तार गर्न राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउन उनले आग्रह गरेका छन्।

'अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ,' उनले भनेका छन्।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको र संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु पार्टीको संस्कार रहेको उनले स्मरण गराएका छन्।

रविले आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको लेखेका छन् ।

रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने पार्टीको लक्ष्य रहेको पनि उनले बताएका छन्।

'त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं,' उनले भनेका छन्।

सभापति लामिछानेले स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब नखोज्न पनि भनेका छन्।

यस्तो प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उनले बताएका छन्।

पार्टी स्थापनाको चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोजेको पनि उनले बताएका छन्। 'यो चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ,' उनले भनेका छन्।

जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि पार्टीभित्र कहिलेकाहीँ देखिएको छ।

यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताएका छन्।

'आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो,' उनले लेखेका छन्।

कोशीका ८ जिल्लाहरू;झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेसका दुई जिल्लाहरू महोत्तरी र रौतहट, बागमतीका ९ जिल्लाहरू; दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकीका ५ जिल्लाहरू; स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी,लुम्बिनी प्रदेशका ८ जिल्लाहरू; गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका २ जिल्लाहरू; कालिकोट र सल्यान, सुदुरपश्चिमका तीन जिल्लाहरू; बैतडी, बझाङ र दार्चुलामा अधिवेशन हुन लागेको हो।

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। महाधिवेशन कार्यतालिका अनुसार आज र भोलि जिल्ला अधिवेशन हुनेछ।

रविले लेखेको स्टाटस पुरा पढ्नुस:

प्रिय रास्वपा परिवारजन
नमस्कार, जय घण्टी।

रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। आज र भोलि अर्थात् (जेठ २३ र २४ गते) जिल्ला अधिवेशनहरू हुँदैछन्। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो। यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो। यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ।

हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं।

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ।

पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।
आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो।

अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।

युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ। अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ।
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जय घण्टी।

06/06/2026

प्रतिस्पर्धा का नु न बनाउन गरौ भनेपछि रमेश प्रशाईले ठो के ताली

04/06/2026

03/06/2026

बालेनलाई असहयोग: बिधेयक रास्ट्रिय सभाबाट जस्ताको तस्तै फिर्ता

03/06/2026

बालेन शाह शहरिया निर्दयि शाशक हुन: सरल सहयात्री

03/06/2026

बालेनले आफ्नो खा ल्डो आफै ख नि रहेका छन: सरल सहयात्री

03/06/2026

रास्ट्रिय सभामा सबैले बालेनको बि रो ध गरेपछी छ क्क परे अध्यक्ष

Address

Ithari

Website

Alerts

Be the first to know and let us send you an email when Sadak Sanchar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share