FocuseNepal

FocuseNepal News/ website www.focusenepal.com

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका निर्वाचित सह-सचिव दीपक पाण्डे आजदेखि विधिवत रूपमा प्रेस जनमत संघमा आबद्ध हुनु भएको ...
24/07/2025

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका निर्वाचित सह-सचिव दीपक पाण्डे आजदेखि विधिवत रूपमा प्रेस जनमत संघमा आबद्ध हुनु भएको छ ।

रौतहट, साउन ८ गते ।रौतहटको मौलापुरमा सडक निर्माणको गुणस्तरबारे समाचार संकलन गर्न गएका पत्रकार राजकुमार यादवमाथि घातक आक्...
24/07/2025

रौतहट, साउन ८ गते ।रौतहटको मौलापुरमा सडक निर्माणको गुणस्तरबारे समाचार संकलन गर्न गएका पत्रकार राजकुमार यादवमाथि घातक आक्रमण भएको छ। घटनामा प्रतिनिधिसभा सदस्य प्रभु साहका छोरा विवेक साहको नामसमेत सार्वजनिक भएपछि यो विषयले थप राजनीतिक मोड लिएको छ। मौलापुर नगरपालिका–५ स्थित आइटी चौकमा बिहीबार दिउँसो सडक कालोपत्रे सम्बन्धी विवाद चुलिँदै गर्दा पत्रकार यादव स्थलगत तथ्य संकलनका लागि पुगेका थिए। त्यही क्रममा स्थानीय केही व्यक्तिहरूको समूहले उनलाई घेरेर कुटपिट गरेका थिए । पीडित पत्रकारका अनुसार कुटपिटमा विवेक साह, राजेश साह र अञ्जित साह सहितको टोली संलग्न रहेको छ। घटना प्रहरीको प्रत्यक्ष उपस्थितिमा भएको भन्दै उनले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।...

Nepali News Portal

लगातारको खडेरीले प्रभावित भएका नगर क्षेत्रका सम्पूर्ण किसानहरूलाई राहत प्रदान गर्ने उद्देश्यले, नगर प्रमुख  मोहन पाण्डेय...
24/07/2025

लगातारको खडेरीले प्रभावित भएका नगर क्षेत्रका सम्पूर्ण किसानहरूलाई राहत प्रदान गर्ने उद्देश्यले, नगर प्रमुख मोहन पाण्डेयज्यूको निर्देशनमा मिति २०८२।०४।०७ गते सम्पन्न नगर कार्यपालिकाको निर्णय अनुसार आ.व. २०८२/०८३ को मालपोत करमा शत प्रतिशत छुट दिने निर्णय गरिएको छ।

अब मनराशिसवा नगरपालिकाका सबै किसानहरूलाई मालपोत कर तिर्नु पर्ने छैन। मनराशिस्वा नगरपालिका Manarashiswa Municipality

मिर्चैया हिल पार्कमा साइकल दुर्घटना: एक बालकको मृत्यु, एक घाइते पूरा समाचार कमेन्टमा....
24/07/2025

मिर्चैया हिल पार्कमा साइकल दुर्घटना: एक बालकको मृत्यु, एक घाइते
पूरा समाचार कमेन्टमा....

विदेश सजिलो छैन : कोरियामा श्रमिक माथि अमानवीय व्यवहारhttps://focusenepal.com/8180
24/07/2025

विदेश सजिलो छैन : कोरियामा श्रमिक माथि अमानवीय व्यवहार

https://focusenepal.com/8180

पत्रकार रौनक यादवले राति ११ बजे प्रत्यक्ष प्रसारणमार्फत पाइप चोरीको घटना उजागर गरे, जसमा अरुण यादव प्रत्यक्ष संलग्न देखि...
24/07/2025

पत्रकार रौनक यादवले राति ११ बजे प्रत्यक्ष प्रसारणमार्फत पाइप चोरीको घटना उजागर गरे, जसमा अरुण यादव प्रत्यक्ष संलग्न देखिन्छन्।

घटना सार्वजनिक भएपछि दोषीमाथि कुनै प्रशासनिक कारबाही नभई उल्टै पत्रकार र उनको परिवारमाथि धम्की, दवाब र दुर्व्यवहार भइरहेको छ।

उग्नारायण यादवजस्ता स्थानिय प्रभावशाली व्यक्तिहरूले सार्वजनिक मञ्चबाट नै पत्रकारलाई धम्की दिएका छन्, जसको भिडियो प्रमाण समेत सार्वजनिक भइसकेको छ।

अरुण यादवले रौनक यादवका बुबालाई मजदुरीको क्रममा भेटेर गालीगलौज, अश्लील भाषा प्रयोग र ज्यान मार्ने धम्की दिएका छन्।

सबैभन्दा गम्भीर पक्ष भनेको प्रहरी चौकी इञ्चार्जको प्रत्यक्ष उपस्थितिमा पत्रकारका बुबालाई धम्की दिइनु हो, जसले कानुनी निष्क्रियता वा मिलेमतोको संकेत दिन्छ।

कोशीमा २६ हजार किलोग्राम गाँजा वरामद,१७ लाख गाँजाको बोट नष्टयोगेन्द्र योगीबिराटनगर : कोशीमा २६ हजार किलोग्राम लागूऔषध गा...
24/07/2025

कोशीमा २६ हजार किलोग्राम गाँजा वरामद,१७ लाख गाँजाको बोट नष्ट

योगेन्द्र योगी
बिराटनगर : कोशीमा २६ हजार किलोग्राम लागूऔषध गाँजा वरामद गरेको छ। आर्थिक बर्ष २०८१/०८२ मा २६ हजार ७०५ किलोग्राम भन्दा बढी लागूऔषध गाँजा वरामद गरेको जनाएको छ।

प्रहरीले चेकजाँचमा कडाई गरेकै कारण बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधन, तरकारी बोक्ने गाडी, मोटरसाईकल लगायत साना ठुला सवारी साधनमा लुकाएर र कोशी नदीमा पानीमा बगाएर तथा जमिन मुनी गाडेर लुकाई छिपाई गरिने लागू औषध गाँजाको ओसार पसार, कारोवार समेतलाई बिशेष सुचना तथा अनुसन्धानको आधारमा बरामद गर्न सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

बढ्दो लागू औषध गाँजाको ओसारपसार तथा वेचबिखनलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको प्रहरी टोलीले यस आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १२ हजार ३७५ किलो ९२९ ग्राम, जिल्ला प्रहरी कार्यालय मोरङले ६ हजार ६५० किलो ४०० ग्राम, जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ हजार १९४ किलो ३०० ग्राम, जिल्ला प्रहरी कार्यालय उदयपुरले १ हजार ८१० किलो ४८४ ग्राम वरामद गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए।

प्रवक्ता तथा प्रहरी उपरीक्षक पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालय झापाले १ हजार ६५१ किलो २८२ ग्राम सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मि.ग्राम गाँजा बरामद गरेको छ भने बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका १ सय ६५ जना पुरुष र २४ जना महिला सहित ओसार पसारमा प्रयोग भएको ३१ वटा चारपाङ्ग्रे सवारी साधन र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ ।

यस्तै,खेतबारीमा आफै उम्रेका तथा लगाएको गाँजाको बोट तथा बेर्नाहरु नष्ट गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले १२ लाख ५९ हजार बोट तथा बेर्ना, भोजपुरले २८ लाख ४६ हजार बोट तथा बेर्ना, उदयपुरले १६ लाख ८ हजार ५ सय बोट तथा बेर्ना, सोलुले २९ हजार ७ सय बोट तथा बेर्ना, खोटाङले २६ हजार २ सय बोट तथा बेर्ना सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट तथा बेर्नाहरु नष्ट गरेको प्रहरीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रहरीले कोशी प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन, ओसारपसारलाई नियन्त्रण गर्न तथा ओसारपसारमा संलग्न व्यक्तिहरुलाई कडाईका साथ कानूनी दायरामा ल्याउदै आएको छ । लागू औषध गाँजाको ओसार पसार,वेचविखन तथा गाँजाको बोट र बेर्ना नष्ट गर्ने कार्यमा प्रहरीलाई साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता कार्य भए गरेको थाहा पाएमा नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सूचना दिन पनि अनुरोध गरेको छ।

तनहुँको व्यास  नगरपालिकाको प्लाष्टिक झोला अनुगमनमा गएका टोलीलाई गाली गर्ने व्यापारी परिवार नियन्त्रणमा लिइएको छ । अभद्र ...
24/07/2025

तनहुँको व्यास नगरपालिकाको प्लाष्टिक झोला अनुगमनमा गएका टोलीलाई गाली गर्ने व्यापारी परिवार नियन्त्रणमा लिइएको छ । अभद्र व्यवहारको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।🙏

बरहथबा दुध डेरी चौकमा एउटा अज्ञात व्यक्तिको मृत्यु भएको छ। जो कोहीले चिन्नुहुन्छ उहाँको घरसम्म पुर्‍याइदिनुहोला।
24/07/2025

बरहथबा दुध डेरी चौकमा एउटा अज्ञात व्यक्तिको मृत्यु भएको छ। जो कोहीले चिन्नुहुन्छ उहाँको घरसम्म पुर्‍याइदिनुहोला।

24/07/2025

कृषि र भेटेरिनरी प्राविधिक पक्राउ: दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारी सरकारी कागजात किर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी नगर प्रमुखका छोरा समेत हुन् !😲

घटना बारे छानबिन गरि दोषीलाई कानुन बमोजिमको कार्वाही होस् ।
24/07/2025

घटना बारे छानबिन गरि दोषीलाई कानुन बमोजिमको कार्वाही होस् ।

Address

Jaleshwar
45700

Alerts

Be the first to know and let us send you an email when FocuseNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FocuseNepal:

Share