08/06/2026
फिलिपिन्समा शक्तिशाली भूकम्प.......
फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण केही भवनहरूमा क्षति पुगेको, सयौँ व्यक्ति घाइते भएको तथा मानवीय क्षतिको विवरण समेत सार्वजनिक भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। साथै, भूकम्पपछि केही तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो।
अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, सम्भावित पराकम्पन (Aftershocks) बाट जोगिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।
📻 रेडियो रुद्राक्ष — समुदायको आवाज