Nepal live report

Nepal live report Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal live report, Media/News Company, Jaleshwar.

“मेरो प्रिय भाइ मोहम्मद आदिल आलमलाई शीघ्र स्वास्थ्यलाभको कामना। अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारी मोटरसाइकल दु...
24/04/2026

“मेरो प्रिय भाइ मोहम्मद आदिल आलमलाई शीघ्र स्वास्थ्यलाभको कामना। अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घाइते भएको खबरले दुःखी बनायो। अल्लाहले उहाँलाई छिट्टै पूर्ण रूपमा निको पारुन् र शक्ति प्रदान गरुन्। आमिन 🤲
थप विवरण छिट्टै आउने अपेक्षा गरिएको छ।”

21/04/2026

मटिहानी नगरपालिकामा गुठीको कति जग्गा अतिक्रमण (कब्जा) भएको छ, त्यसको यथार्थ विवरण सार्वजनिक हुनुपर्छ।
सम्बन्धित निकायले पारदर्शी रूपमा तथ्यांक सार्वजनिक गरी, अतिक्रमित जग्गा तुरुन्त फिर्ता गराउने प्रक्रिया अघि बढाउन आवश्यक छ।

"आजको विश्वको अवस्था हेर्दा निकै चिन्ताजनक छ। इरान, अमेरिका र इजरायल बीच भइरहेको युद्धले विश्व शान्तिमा ठूलो असर पारेको ...
20/04/2026

"आजको विश्वको अवस्था हेर्दा निकै चिन्ताजनक छ। इरान, अमेरिका र इजरायल बीच भइरहेको युद्धले विश्व शान्तिमा ठूलो असर पारेको छ। यस्तो अवस्थामा यदि शक्तिशाली देशहरू मिलेर युद्ध रोक्ने पहल गर्थे भने सायद धेरै जनधनको क्षति रोक्न सकिन्थ्यो।
तर अन्तर्राष्ट्रिय राजनीतिमा हरेक देशको आफ्नै स्वार्थ हुन्छ, जसले गर्दा शान्ति स्थापना गर्न सजिलो हुँदैन। कुनै पनि देशले अरूलाई दोष दिनुभन्दा सबैले मिलेर समाधान खोज्नु अहिलेको आवश्यकता हो। युद्धले कसैलाई फाइदा गर्दैन, अन्ततः नोक्सान आम नागरिकलाई नै हुन्छ।"

जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न १ हजार ९७ जनाको प्रोफाइल तयार पारेको छ।प्रोफाइलमा फोटो, नाम, ठेगाना,...
17/04/2026

जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न १ हजार ९७ जनाको प्रोफाइल तयार पारेको छ।
प्रोफाइलमा फोटो, नाम, ठेगाना, पेसा, क्रिमिनल रेकर्ड सिस्टम, कनेक्शन र पारिवारिक पृष्ठभूमि समावेश छ।
सेफ्टी काठमाडौं अभियानअन्तर्गत १९५ जनालाई पक्राउ गरियो, जसमा २४ जना गुण्डागर्दी पृष्ठभूमिका थिए।
४ वैशाख, काठमाडौं । पछिल्लो समय गुण्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको प्रहरीले यसमा गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी दिँदै गुण्डाहरुको प्रोफाइलिङको काम भइरहेको बताएको छ । परिसरका काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमारर भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको छ ।

यो एक हजार ९७ जनामा गुण्डागर्दीमा संलग्नदेखि अन्य आपराधिक पृष्ठभूमिका व्यत्तिहरुको पनि समेटिएका छन् । विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार प्रसार गर्नेहरुसम्मको प्रोफाइल प्रहरीले तयार पारेको छ ।

यस्ता व्यक्तिको फोटो, नाम, ठेगाना, पेसा, सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम), उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री र अन्य रिलेटेड डकुमेन्टसहितको प्रोफाइल तयार पारिएको प्रहरीले बताएको छ ।

यसरी प्रोफाइल तयार पारेपछि उनीहरुको गतिविधि निगरानी गर्नेदेखि कुनै आपराधिक घटना गराइहालेमा तत्काल कानूनी दायरामा ल्याउन सहयोग पुग्ने प्रहरीले बताएको छ ।

गुण्डागर्दीसँगै लागु औषध, चोरी घटनाका पटेकहरु पनि प्रोफाइल तयार पार्ने काम भएको छ ।

यसअघि परिसर काठमाडौंले एकै दिन सेफ्टी काठमाडौं अभियान अन्तर्गत १९५ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि पक्राउ गरेको थियो । यसरी समातिएका मध्ये २४ जना भने गुण्डागर्दी पृष्ठभूमिका व्यक्ति थिए । उनीहरुविरुद्ध गुण्डागर्दीको आरोपमा मुद्दा समेत चलाइएको एसपी भट्टराईले बताए ।

ती मध्ये केही धरौटीमा छुटेका छन् । केही भने अझै पनि प्रहरी हिरासतमा छन् ।

Breaking News : एमाले सचिव महेश बस्नेतलाई पक्राउको मागसहित निवेदन दिएर जिल्ला प्रहरी परिसर काठमाडौंबाट शोभा पाठक सरकारी ...
29/03/2026

Breaking News : एमाले सचिव महेश बस्नेतलाई पक्राउको मागसहित निवेदन दिएर जिल्ला प्रहरी परिसर काठमाडौंबाट शोभा पाठक सरकारी वकिल कार्यालयमा पुगेकी छन् । 😲

BIG BREAKING>>ओली आजै पक्राउ पर्दै, गुण्डुबाटै उठाउने तयारी, तात्यो बालेन सरकार।>पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आजै र...
27/03/2026

BIG BREAKING>>ओली आजै पक्राउ पर्दै, गुण्डुबाटै उठाउने तयारी, तात्यो बालेन सरकार।
>पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आजै राति पक्राउ पर्दैछन्! प्रधानमन्त्री बालेनको ठाडो निर्देशनपछि प्रहरीले ओलीलाई गुन्डुबाटै उठाउने अन्तिम तयारी गरेको छ। बालेनको निर्देशनपछि गृहमन्त्री सुदन गुरुङ प्रहरीप्रमुख दान बहादुर कार्कीसंग छलफलमा छन् । मन्त्रिपरिषद्ले भर्खरै जेन-जी आन्दोलनबारे बनेको कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने कडा निर्णय गरेको हो। ओली र लेखकसहितलाई १० वर्ष जेल सजायको सिफारिस छ।

पुस्तक विक्री गर्दैगर्दा पोखरामा सांसद महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले विकास गुरूङलाई प*क्रा*उ गरेको ...
12/03/2026

पुस्तक विक्री गर्दैगर्दा पोखरामा सांसद महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले विकास गुरूङलाई प*क्रा*उ गरेको छ।

नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नं. १ की लोकप्रिय नेतृ  #शाहजहाँ  #खातुन प्रतिनिधि सभाको  #समानुपातिक सांसद बन्ने भएकी ...
12/03/2026

नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नं. १ की लोकप्रिय नेतृ #शाहजहाँ #खातुन प्रतिनिधि सभाको #समानुपातिक सांसद बन्ने भएकी छन्। उहाँको कार्यकाल सफल रहोस् र मधेस, मधेसी तथा रौतहटवासी निमुखा जनताको हकअधिकार र जिल्लाका समस्याको आवाज सशक्त रूपमा संसदमा उठाउन सकून् भन्ने अपेक्षा गरिएको छ
#हार्दीक_ बधाई_तथा_शुभकामना

05/03/2026

Sarlahi 4

Address

Jaleshwar

Website

Alerts

Be the first to know and let us send you an email when Nepal live report posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share