Mithilanchal FM

Call Directions Website Contact the business

Mithilanchal FM This page belongs to Mithilanchal FM 105 MHz

निर्वाचन प्रहरीको पोसाकमा अनियमितता छानबिन गर्न समिति गठन, मनीष झा संयोजककाठमाडौं — निर्वाचन प्रहरीका लागि खरिद गरिएको प...
03/10/2026

निर्वाचन प्रहरीको पोसाकमा अनियमितता छानबिन गर्न समिति गठन, मनीष झा संयोजक
काठमाडौं — निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोसाकमा अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। समितिको संयोजकमा मनीष झा रहेका छन् भने खगेन्द्र सुनारसहित ९ जना सदस्य रहेका छन्।
निर्वाचन प्रहरीको पोसाक खरिद तथा व्यवस्थापनमा देखिएको भनिएको अनियमितताबारे खगेन्द्र सुनारले निरन्तर आवाज उठाउँदै आएपछि सरकारले विषयलाई गम्भीरतापूर्वक लिँदै छानबिन समिति गठन गरेको बताइएको छ।
पोसाक खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको वास्तविकता छानबिनबाट बाहिर आउने अपेक्षा गरिएको छ। समितिले खरिद प्रक्रिया, सम्बन्धित कागजात, गुणस्तर तथा वितरणलगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
यस घटनाको निष्पक्ष छानबिन र आवश्यक सुधारका कदम अघि बढेमा नेपाल प्रहरीको कार्यप्रणालीमा सुधार आउने र प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।
खगेन्द्र सुनारले उठाउँदै आएको विषयमा सरकारद्वारा छानबिन समिति गठन हुनुलाई प्रहरी प्रशासनमा जवाफदेहिता र पारदर्शिता बढाउने कदमका रूपमा हेरिएको छ।

02/10/2026

मधेश प्रदेशको राजधानीमा टिपरको दादागिरी!

ट्राफिक नियमको खुलेआम धज्जी उडाउँदै बिना नम्बर प्लेटका टिपर सडकमा गुडिरहेका छन्। त्यसमाथि क्षमताभन्दा बढी ओभरलोड बालुवा बोकेर हिँड्दा सडकभरि बालुवा झर्ने र पानी चुहिने अवस्था देखिएको छ।

यस्ता टिपरका कारण सडकमा हिँड्ने अन्य सवारीसाधन तथा पैदलयात्रीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
ट्राफिक नियम कसका लागि? सडकमा नियम उल्लंघन गर्ने टिपरमाथि कारबाही कहिले?

सडक सुरक्षा कि टिपरवालाको मनपरी?

゚viralシ

30/09/2026

जनकपुरधाम उपमहानगरपालिका–१३ मा सडकसम्बन्धी विवाद दिनप्रतिदिन बढ्दै

जनकपुरधाम उपमहानगरपालिका–१३ मा सडकसम्बन्धी विवाद दिनप्रतिदिन चर्किँदै गएको देखिएको छ। लामो समयदेखि विभिन्न सञ्चारमाध्यममार्फत यो समस्या सार्वजनिक हुँदै आए पनि हालसम्म ठोस समाधान हुन नसकेको स्थानीयवासीको गुनासो छ।

समस्या पटक–पटक उठ्दा पनि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन नसकेको भन्दै स्थानीयवासी प्रश्न गर्न थालेका छन्। अझै नगरप्रमुखको मौनताका कारण समस्या समाधानतर्फ ठोस कदम चाल्न नसकिएको स्थानीयको आरोप छ।

सडक विवादको समाधान कहिले? स्थानीयवासीले अझै कहिलेसम्म सास्ती भोग्नुपर्ने?

सम्बन्धित निकायले विवादको वास्तविकता छानबिन गरी तत्काल समाधानतर्फ पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।

28/09/2026

आफ्नै कार्यकक्षमा नगरप्रमुख असुरक्षित, कार्यालयभित्रै सुरक्षा चुनौती
:-नेपाल नगरपालिका संघ
मधेश प्रदेश समिति

27/09/2026

भदौ १० गतेको प्रलयकारी रसुवा बाढी पश्चात नेपालको जलविद्युत आयोजनाहरुमा पुगेको क्षतिले नेपालमा विद्युत आपुर्तिमा सहजता प्रदान गर्न भारतले नेपाललाई विद्युत निर्यात गर्ने स्वीकृति दिएको छ ।
१३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टासम्म विद्युत निर्यात गर्ने स्वीकृति प्रदान गरेको छ । भारतबाट दैनिक मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म निर्वाध विद्यूत निर्यात गरिनेछ । अधिकतर ६५४ मेगावाट मध्ये मुज्फ्फरपुर—ढल्केवर लाइनबाट ६०० मेगावाट र टनकपुर—महेन्द्रनगर लाइनबाट ५४ मेगावाट विद्युत प्रशारण गराई निर्यात भइरहेको छ ।
भदौ ३० गते सम्पन्न यस सहमतिले बाढी प्रभावित अवधिमा नेपालको विद्युत माग व्यवस्थापनमा सहयोग पुग्नुको साथै दुई देशबीचको उर्जा सहकार्यलाई थप मजबुत बन्ने विश्वास गरिएको छ ।

27/09/2026

"भारतमण्डपम बाट BRICS को अग्र छलाङ्ग"

27/09/2026

सुनो–सोदसहित भारतका विभिन्न संघ–संस्थाको बाढी प्रभावित क्षेत्रमा सहयोग, पीडितलाई राहत वितरण

27/09/2026

🇳🇵🤝🇮🇳
रसुवा बाढी पीडितका लागि भारतबाट मानवीय सहायताको निरन्तरता....

27/09/2026

नेपालमा भिसा दुरुपयोगमा गिरफ्तार हुँदै चिनियाँ नागरिकहरु
📍 विराटनगर
📍 सिन्धुली

26/09/2026

प्रशासनको आँखाअगाडि कति धाँधली भइरहेको छ?

क्यामेराको अगाडि नै यति धेरै अनियमितता देखिन्छ भने, क्यामेराको पछाडि सेवाग्राहीले कति सास्ती भोग्नुपरेको होला?

जनकपुर प्रादेशिक अस्पतालमा निःशुल्क औषधि तथा स्वास्थ्य सेवासम्बन्धी गुनासाहरू नयाँ होइनन्। यसअघि पनि औषधिको अभाव, सेवामा ढिलाइ र सेवाग्राहीका गुनासाबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका छन्।

के मेडिकल माफियाको जरा यति बलियो छ?
यदि होइन भने—जनताको उपचार पाउने ठाउँमा सेवाग्राहीले ताल्चा लगाउनुपर्ने अवस्था किन आयो?

आफ्नो समस्या समाधान गराउन सेवाग्राहीले अस्पताल प्रशासन होइन, पत्रकारलाई गुहार्नुपर्ने अवस्था किन सिर्जना भयो?

अब प्रश्न केवल एउटा सेवाग्राहीको होइन—
जनताको स्वास्थ्य अधिकार, अस्पतालको पारदर्शिता र जिम्मेवारीको हो।

आखिर अस्पतालमा उपचार पाइन्छ कि आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्छ?

Nirbhay Mishra

Address

Janakpur, Dhanusha
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Mithilanchal FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mithilanchal FM:

Shortcuts

Share