Hindus Tv

Hindus Tv we collect information and distribute according to need of society for prosperity,harmony and love among them.
(4)

भूमिगत जलको दोहन कि भावी पुस्तामाथि ड*कैती? डिप ट्युबवेलको अल्पकालीन मोह छाडौँ, कुलो-नहर ब्युँझाऔँ
01/09/2026

भूमिगत जलको दोहन कि भावी पुस्तामाथि ड*कैती? डिप ट्युबवेलको अल्पकालीन मोह छाडौँ, कुलो-नहर ब्युँझाऔँ

प्रेम चन्द्र झा नगराईन,भाद्र १६।​स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाझ आजकल एउटा सजिलो लोकप्रिय मन्त्र छाए...

01/09/2026

भूमिगत जलको दोहन कि भावी पुस्तामाथि ड*कैती? डिप ट्युबवेलको अल्पकालीन मोह छाडौँ, कुलो-नहर ब्युँझाऔँ

01/09/2026

नुवाकोटको वेत्रावतीको एउटै घरमा २४ वटा ला*स भेटिएका छन्।

01/09/2026

आजको पात्रो (क्यालेन्डर)
​ईस्वी संवत्: १ सेप्टेम्बर २०२६ (सेप्टेम्बर १, मंगलबार)
​नेपाली मिति: भाद्र १६, २०८३ मंगलबार
​तिथि: भाद्र कृष्ण पक्ष चतुर्थी
​नक्षत्र: अश्विनी
​आजका दिवसहरू
​राष्ट्रिय/स्थानीय: आज कुनै ठूलो राष्ट्रिय वा सार्वजनिक चाडपर्व/दिवस परेको छैन।
​अन्तर्राष्ट्रिय: अन्तर्राष्ट्रिय सेतो ब्याज दिवस (International White Ribbon Day) / विभिन्न देशहरूमा जनचेतनामूलक कार्यक्रमहरू।
​हिजो (३१ अगस्ट २०२६ / १५ भाद्र २०८३) का ५ प्रमुख समाचारहरू
​उत्तरी नेपाल र सीमाक्षेत्रमा बाढी-पहिरोको वितण्डा: रसुवा, नुवाकोट लगायतका उत्तरी जिल्लाहरूमा आएको भीषण बाढी र लेदोसहितको पहिरोका कारण मृतकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। सयौँ बेपत्ता नागरिक तथा विदेशी पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ।
​बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता र युनिसेफको टोली परिचालन: रसुवा र नुवाकोटका सडक सम्पर्क विच्छेद भएका बस्तीहरूमा नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न, औषधि र राहत सामग्री पुर्‍याउनुका साथै युनिसेफले आपत्कालीन उद्धार टोली परिचालन गरेको छ।
​नेपालद्वारा विदेशी नियोगहरूसँग डिएनए टेस्ट किट र उपकरण माग: पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समुदाय र साझेदार निकायहरूसँग 'मोबाइल फ्रिजर' र 'डिएनए टेस्ट किट' सहायताका लागि अपिल गरेको छ।
​भारतीय र वैदेशिक पर्यटकहरूको उद्धार प्रयास: तिब्बत र मानसरोवर यात्राका क्रममा सीमावर्ती क्षेत्रमा रोकिएका तथा अलपत्र परेका विदेशी पर्यटकहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउने कामलाई तीव्रता दिइएको छ।
​विश्वव्यापी रूपमा एससीओ (SCO) शिखर सम्मेलन सुरु: किर्गिजस्तानमा 'शाङ्घाई सहयोग सङ्गठन' (SCO) को शिखर सम्मेलन सुरु भएको छ, जसमा क्षेत्रीय सुरक्षा, व्यापार र जलवायु परिवर्तनका असरहरूबारे प्रमुख राष्ट्रप्रमुखहरूबीच छलफल भइरहेको छ।

31/08/2026

२० करोडको अलपत्र योजनाको निकासको पहल गर्दै मेयर र वडाअध्यक्ष पुगे सिचाई कार्यालय ,के अब बन्छ जमुनि कटहा सिचाई आयोजना । पुरै भिडियो हेर्नुस र निर्णय गर्नुस।

कोशी नदिमा पानीको स्तर बढेको छ ,अहिले २२ वोटा फाटक खोलिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह छ।
30/08/2026

कोशी नदिमा पानीको स्तर बढेको छ ,अहिले २२ वोटा फाटक खोलिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह छ।

30/08/2026

Trishuli 3A Ground Update:

* आज रातभर Excavation को काम निरन्तर सञ्चालन हुनेछ।
* Excavation सँगसँगै Ventilation को व्यवस्था र अक्सिजन टनेलभित्र पठाउने काम समानान्तर रूपमा गरिनेछ।
* घस्रिएर जान सक्ने (Crawl-through) Passage बनाइनेछ।
* उक्त Passage हुँदै Slab को माथिबाट Crawl गरेर Duct को Top सम्म पुग्ने र त्यहाँबाट टनेलको अवस्था निरीक्षण गर्ने योजना छ।
* यदि यसरी उद्धारका लागि पहुँच बनाउन सम्भव भएन भने, भोलि बिहान सबेरै Army ले Controlled Blasting गर्ने वैकल्पिक योजना रहेको छ।

30/08/2026

जनता म*रेको बेला कराको बेला पूर्व प्रधानमन्त्री हासेको, ठट्टा गरको देख्दा के शब्द आउँछ तपाइको मुखमा ?
यो भिडियो सेभ गर्नुहोस् र सेयर गर्नुहोस् ताकि अर्को पटक उनले चुनाव नजितेपछि उनको हाँसो र उनको पार्टीलाई सम्झियोस् कि नेपाली जनता रोइरहेको बेला यी सबै राजनीतिज्ञ हाँसिरहेका थिए।

30/08/2026

बिहान ७:२० बजे: रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउनु हुन अनुरोध छ।

Address

Hospital Road
Janakpur

Alerts

Be the first to know and let us send you an email when Hindus Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hindus Tv:

Shortcuts

Share