
19/02/2024
मधेसमा मुख्यमन्त्री यदवले पाए तेस्रोपटक विस्वासको मत ,सत्तारुढ दलहरु मुख्यमन्त्रीसँग असन्तुष्ट ।
७ फाल्गुन २०८० #खयरमारा_न्युजडटकम
Khayarmaranews.com Khayarmaranews.com
मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छ।
जनमत पार्टीले ९ माघमा आफ्ना २ मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत मागेका हुन् । प्रदेशसभा बैठकमा भएको मतदानमा १०४ मध्ये ६९ सांसदले मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा मत दिए । विपक्षमा ३५ मत परेको छ ।
नेकपा एमाले र जनमत बाहेकका सबै दल र स्वतन्त्र सांसदले मुख्यमन्त्री यादवलाई मत दिएका छन् । सभामुख रामचन्द्र मण्डलले मतदान गरेनन् भने जनमतबाट उपसभामुख भएकी बबिता राउत इसर र लोसपा संसदीय दलका नेता अभिराम शर्मा अनुपस्थित थिए ।
मधेश आन्दोलनका क्रममा मारिएका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले दोषी करार गर्दै जन्मकैदको साजय सुनाएपछि शर्मा फरार छन् ।
एमालेसहितका दलको समर्थनमा २७ पुस २०७९ मा मुख्यमन्त्री बनेका यादवले दुई पटक सिंगो सदनकै मत पाए । पहिलो पटक ४ माघ २०७९ मा सदनमा उपस्थित १०२ सांसदको समर्थन पाएका थिए ।
दोस्रो पटक १ जेठमा एमालेले सरकार छाडेपछि मुख्यमन्त्री यादवले ३० जेठमा विश्वासको मत लिए, जसमा सरकार छाडेको एमालेले पनि मत दिएपछि उनको पक्षमा १०३ मत आयो ।
यसपटक सरकार छाडेको जनमत र एमाले दुबै पार्टीले बिश्वासको मत दिएनन् ।